टनकपुर भारतकै भूमि हो : प्रधानमन्त्री

टनकपुर भारतकै भूमि हो : प्रधानमन्त्रीhttp://janmvuminepal.blogspot.com/
बाँके, १७ फागुन । प्रधानमन्त्री सुशील कोइरालाले बहुचर्चित टनकपुर नेपालको नभई भारतकै भूमि भएको ठोकुवा गरेका छन् । विगतमा टनकपुर भूमिलाई लिएर नेपालीले राष्ट्रियताको आन्दोलन चर्काएको विषयलाई लिएर कांग्रेस सभापतिसमेत रहेका प्रधानमन्त्री कोइरालाले टकनपुर भारतीय भूमि नै भएको ठोकुवा गरेका हुन् ।
प्रधामन्त्रीमा निर्वाचित भएको तीन सातापछि शुक्रबार गृहनगर नेपालगञ्जमा आयोजित एक कार्यक्रममा कोइरालाले टनकपुर क्षेत्रलाई लिएर कांग्रेसमाथि पटकपटक आक्षेप लगाएको भन्दै आक्रोशसमेत पोखे । गिरिजाबाबु पीएम (प्रधानमन्त्री) हुँदा त्यसबेला विपक्षीहरुले उहाँमाथि टनकपुर बेच्यो भनेर आरोप लगाए, वास्वतवमा टनकपुर भारतकै भूमि हो, भारतीय भूमि उहाँले कसरी भारतलाई नै बेच्नु भयो ? कांग्रेस निकट कानून व्यवसायीहरुको संस्था डेमोक्रेटिक लयर्स एसोसिएसन (डीएलए) को नवौं महाधिवेशन तथा २३ औं साधारण सभाको उद्घाटनमा प्रधानमन्त्री कोइरालाले भने । उनले टनकपुर सन्धि गरेको बेला विपक्षीहरुले यो विषयलाई ठूलो विवाद बनाएको भन्दै त्यसलाई अनावश्यक हल्ला र विवादका रुपमा चित्रित गरे । उनले लोकतन्त्रमा कोही पनि हल्लाको पछाडि लाग्न नहुनेमा पनि जोड दिए ।
Photo: टनकपुर भारतकै भूमि हो : प्रधानमन्त्री

0 comments

तपाईको प्रतिक्रिया फेसबूक कमेन्ट गर्नुहोस् अथवा यहाँ Click गर्नुहोस्

धेरै धेरै धन्यबाद छ हजुर लाइ यो पोस्ट पढी दिनु भएकोमा आगामी दिन मा आउदै गर्नु होला हजुर को पनि कथा कबिता मुक्कत छन् भने हामीलाई पठाउन नभुल्नु होला धन्यबाद म सबिता