शरीरको स्वतन्त्रता चाहिन्छ : मोमिला
आजसम्मको आन्दोलनबाट नेपाली महिलाले के पाए र के पाउन बाँकी छ?
कागज र कानुनमा हेर्दा पाउन बाँकी चीज अब निकै थोरै छन् तर व्यवहारमा भने धेरै ठाउँमा अड्चनहरू छन्। कानुनले दिएका कुराहरू उनीहरूको हातमा परेका छैनन्।
केकेमा रहेछ त्यस्तो समस्या?
उदाहरणका लागि आमाको नामबाट नागरिकता पाउने सन्दर्भ। एउटी महिला त्यसका लागि सम्बन्धित कार्यालयमा जाँदा 'कानुनले दिएको कुरा हो, सजिलै दिऊँ' भन्ने हुँदैन। उनलाई अनेक अप्ठ्यारा प्रश्न र व्यंग्य गरेर निरुत्साहित पार्न खोजिन्छ।
पुरुषले सम्बन्धविच्छेद गर्न धेरै गाह्रो हुने हाम्रो कानुन छ। यसले पनि महिला नै पीडित भएका छन्। कानुनी रूपमा एकजना पुरुष उनको पति हुन्छ तर उसले पतिको व्यवहार गरिरहेको हुँदैन। सम्बन्धविच्छेद हुन कठिनाइ भएपछि आपराधिक कार्यद्वारा पत्नीलाई जीवनबाट पन्छाउन खोज्ने घटनासमेत सुनिन थालेको छ।
महिलालाई 'कमजोर' भन्दै दया देखाउने र सधैं 'दया, आरक्षण वा सहयोग' कै आश गरेर बसून् भन्ने भावना देखिन्छ। वास्तवमा उनीहरूलाई दया होइन माया चाहिन्छ। यो कुरा उहिले नै गोपालप्रसाद रिमालले भनेका थिए। समाजले अहिलेसम्म सुनेको छैन। महिलाको कुरा सुनेपछि सुरुमा 'अँ, हो त' भन्ने र पछि अनेक प्रश्न उठाउने र चरित्रसँग जोड्ने गरिएको छ।
महिलाको शारीरिक स्वतन्त्रताको कुरा पनि बेलाबेलामा उठ्छ। के भन्न खोजिएको हो?
यो कुरालाई देहव्यापारमा जोडेर हेरिन्छ। मैलेचाहिँ महिला आफ्नो शरीरका विषयमा निर्णय लिन स्वतन्त्र हुनुपर्छ भनेकी हुँ। त्यसका लागि रेडलाइट एरिया नै तोके हुन्छ। नभए, हामीकहाँ दिउँसो ठूलठूला कुरा गर्ने र रात परेपछि लुकिछिपी यौनकर्मी महिला खोज्ने पुरुष थुप्रै छन्।
यसले गर्दा उल्टो महिला नै लाञ्छित भएका छन्। घोषित रूपमा रेडलाइट एरिया भए पर्दाबाहिर एउटा र भित्र अर्कै कुरा हुने थिएन। यौन इच्छा मेटाउनकै लागि बलात्कार र अन्य खालका हिंसाबाट महिलापीडित हुँदैनथे।
हाम्रो समाजले यति खुला देहव्यापार हुन देला?
कुनै विदेशी च्यानलमा हेरेको थिएँ- एउटा सबै हिसाबले राम्रो तर अपांग छोरो शारीरिक आवश्यकता पूरा नहुँदाको तनाउका कारण सधैं दु:खी हुन्छ। निकै समयको अध्ययनपछि बाबुले बोकेर रेडलाइट एरियामा लगिदिन्छ। त्यहाँबाट फर्केपछि छोरो खुसी भएको देख्दा बाबुका आँखा रसाउँछन्। त्यो अपांग छोराको जस्तो मनस्थिति हामीकहाँ धेरैको हुन सक्छ।
यो खुला रूपमा व्यक्त हुन नपाउँदा यहाँ अपराध हुन्छ। हामीकहाँ पनि आन्दोलनरत वादी महिलाले 'हामीकहाँ को को आउँछन्, सबै भनिदिन्छौं' भनेका थिए । त्यसैले समाजलाई आडम्बरहीन बनाउनुपर्छ भनेकी हुँ आडम्बरयुक्त समाजले प्रगति गर्न सक्दैन।
त्यसको अर्थ यौन स्वच्छन्दताको वकालत भन्ने लाग्दैन र?
मैले भन्न खोजेको जसलाई शारीरिक इच्छा पूर्ति गर्नु छ, ऊ मर्यादासाथ सम्बन्धित ठाउँमा जाओस्। जसलाई आवश्यकता छैन ऊ पनि मर्यादित रूपले रहोस् भन्ने हो। यसको अर्थ आफ्नो सामाजिक र सांस्कृतिक मर्यादा बिर्सेर चल्नुपर्छ भन्ने कदापि होइन।
सामान्य जीवनमा शारीरिक स्वतन्त्रताले के अर्थ राख्छ?
महिलाको आफ्नो शरीरमाथि स्व-नियन्त्रण। सम्बन्ध चाहे त्यो दम्पतीबीच नै कि नहोस् बन्धन वा बाध्यताको होइन प्रेममय हुनुपर्छ। त्यो हुँदैन भने चाहेको बेला छुट्टिनसक्ने अधिकार दुवैलाई बराबरी हुनुपर्छ। सम्बन्धविच्छेदको यही कुरा उठाउँदा मलाई कतिपयले पुरुषवादी भईसमेत भने।
छोटा लुगा लगाउनुलाई पनि शारीरिक स्वतन्त्रता भन्न मिल्छ? छोटा लुगा लगाएर हिँड्दैमा राम्रो देखिने किन ठान्छन्? म बुझ्दिनँ। दुलहीको मुहार घुम्टोले छोपिएकै कारण त्यो नछोपिएको बेलाभन्दा सुन्दर हुन्छ। त्यसैले अंग प्रदर्शन गर्नुलाई राम्रो मान्न सकिन्न। तर, त्यसमा पनि पुरुष वर्ग आडम्बरी नै छ। गफ वा भाषण गर्दा मर्यादित पहिरनको कुरा गर्ने तर चलचित्रमा अंग प्रदर्शनका दृश्य हेर्न मन पराउने प्रवृत्ति छ।

0 comments
तपाईको प्रतिक्रिया फेसबूक कमेन्ट गर्नुहोस् अथवा यहाँ Click गर्नुहोस्
धेरै धेरै धन्यबाद छ हजुर लाइ यो पोस्ट पढी दिनु भएकोमा आगामी दिन मा आउदै गर्नु होला हजुर को पनि कथा कबिता मुक्कत छन् भने हामीलाई पठाउन नभुल्नु होला धन्यबाद म सबिता