क.प्रचण्डलाई खुल्ला पत्र

क.प्रचण्डलाई खुल्ला पत्र

प्रिय कमरेड ,
मानवताको नाताले अभिभादन ।
छोरी ग्यानुको मृत्युको दुखद घटनाले म भावुक भए ..... ग्यानुको अन्तिम दाहा संस्कार गर्ने बेला तपाईँको गह भरि आँसु देख्दा म झन मर्माहित भएँ । कमरेड सन्तान गुमाउँदाको पिडा बल्ल थाहा पाउनुभयो । काल गतिले थलिएर मरेकी छोरीको लाश देख्दा तपाईँ त्यति सार्हो मुर्च्छा पर्नु पर्ने थिएन किनकी जन्मे पछि एक दिन मर्नै छ झन तपाईँ त मान्छे मारि मारि रगतमा पौडिन जानेको एउटा सिकारी न.१ खेलाडी त पर्नुभयो होइन र ?
एउटा काल गतिले मरेको छोरीको लागि तपाईँ र तपाईँको परिवार यति सोकमा डुबेको छ भने प्रिय कमरेड फरक मत राखेकै भरमा , ब्यक्तिगत रिसिविका कारण तपाईँका कार्यकर्ताले त्यो परिवारकै अगाडि त्यो निर्दोषलाई तड्पाई तड्पाई मार्दा त्यो परिवारको मन के भएको होला ...एक चोटी सोच्नुस् त ? द्वन्द्व परिवर्तनको उद्धेश्य राखि गरिएको थियो त्यसैले आज त्यो शहीद परिवारले मार्न र मर्न हिँडेको सन्तानको हत्यारालाई कार्वाही मागेका होइनन् महोदय ..... फरक मत राखेकै भरमा मारिएका , ब्यक्तिगत रिसिविका कारण मारिएका र अन्तरजातिय बिबाह गरेकै भरमा मारिएका आफन्तहरूले दोषीलाई किटानीका साथ मुद्धा हालेका थिए र केही अपराधीलाई सर्वोच्च अदालतले जन्म कैदको फैसला गर्दा सम्म सरकार अपराधीको सम्रछेक बनेको छ भने कति पय मुद्धालाई पेन्डिङ्गमा राखिएको छ हो त्यस्ता अपराधमा समलंग्न अपराधीलाई कारबाहीको माग गर्दा तपाईँ र तपाईँको पार्टीले सडक र सदनमा बिरोध गर्नु लज्जास्पद कुरा हो । द्वन्द्वको उद्धेश्य फरक भए पनि मर्न र मार्नकै निम्ति लडिन्छ लडाईँ तर लडाईँको मतलब यो होइन कि ब्यक्तिगत रिसिवि भएका ब्यक्ति द्वन्द्वमा सामेल भइ ति निर्दोषलाई मार्न पाउनु । त्यसैले कमरेड हत्यारालाई सम्रछेण गर्ने तिर नलाग्दै तपाईँ र माओवादीको कल्याण होला । भनिन्छ नि १२ बर्षमा त खोलामा बगेको पानी पनि फर्किन्छ रे कमरेड । तपाईँको परिवारमाथि बिस्तारै पाप देखा पर्दैछ कमरेड । १७हजार निर्दोष नेपालीको रगतमा होली खेल्न पल्केको कुख्यात सिकारी खेलाडी तपाईँ , एउटा नारी भएर नारीलाई सम्मान गर्न नजान्ने तपाईँको श्रीमती सिता र नारीको जिन्दगीलाई चाईनिज खेलौना सम्झने तपाईँको कु-पुत्र प्रकाश मर्ने बेलामा किरा परि कुहिएर सास जानेछ यसमा दुई मत छैन ।
अन्तिममा तपाईँको छोरी ग्यानु क्यान्सरले थलिएर मरेकोमा बढो दुखि हुँदै उनको बैकुण्ठमा बास होस् यहि कामना गर्दछु ॥
धन्यबाद ! बाँकी अर्को भेटमा ॥

क.अनमोल

0 comments

तपाईको प्रतिक्रिया फेसबूक कमेन्ट गर्नुहोस् अथवा यहाँ Click गर्नुहोस्

धेरै धेरै धन्यबाद छ हजुर लाइ यो पोस्ट पढी दिनु भएकोमा आगामी दिन मा आउदै गर्नु होला हजुर को पनि कथा कबिता मुक्कत छन् भने हामीलाई पठाउन नभुल्नु होला धन्यबाद म सबिता