खबर
»
नेपाल सरकारले प्राथमिक स्तरसम्मको शिक्षा निशुल्क र अनिवार्य उपलव्ध गराउने प्रतिवद्धता जाहेर गरे
नेपाल सरकारले प्राथमिक स्तरसम्मको शिक्षा निशुल्क र अनिवार्य उपलव्ध गराउने प्रतिवद्धता जाहेर गरे
आज देखि सुर्खेत सहित देशैभर विगत वर्ष झै विद्यालय भर्ना अभियान कार्यक्रम विशेष रुपमा शुरु भएको छ
। सवै वालवालीकाहरुलाई
नेपाल सरकारले प्राथमिक स्तरसम्मको शिक्षा निशुल्क र अनिवार्य उपलव्ध गराउने प्रतिवद्धता जाहेर गरे अनुसार शैक्षिक शत्र २०७
१ संगै देश व्यापी रुपमा यो अभियान शुरु भएको हो । भर्ना कार्यक्रम अन्तर्गत पहिलो चरणमा वैशाख २ गते देखि १४ गते सम्म भर्ना हुन आउने विद्यार्थीहरुको लागि मुस्कान सहितको फुल अविर तथा स्थानीय संस्कृती अनुसार स्वागत गर्ने र दोश्रोत चरणमा वैशाख १५ देखि ३० गते सम्म सम्वन्धीत विद्यालयका प्रधानाध्यापक, शिक्षक, विद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावक समिति, स्थानीय आमा, युवा, वाल समूह, अभिभावक गरि घरदैलो, सचेतना र परामर्श गर्ने खालका कार्यक्रमहरु संचालन गरिने छ । जिल्ला शिक्षा कार्यालय सुर्खेतले पनि विभिन्न कार्यक्रमको आयोजना गरि यस वर्षको भर्ना अभियान संचालन गर्ने जनाएको छ । जसको लागि जिल्लामा शिक्षाको क्षेत्रमा काम गर्ने संघ सस्था, सरोकारवाला निकाय, शिक्षकका पेशागत संग संगठन, सामुदायिक अध्ययन् केन्द्र, साक्षरता कक्षा केन्द्र, संचारकर्मि, स्थानीय युवा क्लव, आमा समूहसंग सहकार्य तथा समन्वयमा कार्यक्रम संचालन गरिएको उपसचिव दिपा हमालले वताउनु भयो । शिक्षा कार्यालयले यस अघि भर्ना भएका वालवालीकाहरुलाई टिकाई राख्नको लागि समाहित शिक्षा पद्धतिमा आधारीत वालमैत्री, लैगिक मैत्री विद्यालय वातावरण विकासका लागि अभिभावक अन्तरकृया, समिक्षा, योजना तर्जुमा लगातका कार्यक्रमहरु समेत संचालन गर्ने जनाएको छ
0 comments
तपाईको प्रतिक्रिया फेसबूक कमेन्ट गर्नुहोस् अथवा यहाँ Click गर्नुहोस्
धेरै धेरै धन्यबाद छ हजुर लाइ यो पोस्ट पढी दिनु भएकोमा आगामी दिन मा आउदै गर्नु होला हजुर को पनि कथा कबिता मुक्कत छन् भने हामीलाई पठाउन नभुल्नु होला धन्यबाद म सबिता