नारीका लागी नारी '' परोपकारी अक्षयकोषको औपचारिक रूपमा समुद्घाटन कार्यक्रमको आयोजना
''नारीका लागी नारी '' परोपकारी अक्षयकोषको औपचारिक रूपमा समुद्घाटन कार्यक्रमको आयोजना गरिएको छ । आगामी जुन १३ शुक्रवार वेलुका इजरायलको तेलअभिवस्थित एक हलमा सांगितिक फाँटमा फड्को मार्दै गरेका कलाकारहरूद्वारा विशेष सांस्कृतीक कार्यक्रमका साथ विधिवत् रूपमा ''नारीका लागी नारी '' परोपकारी अक्षयकोषको समुद्घाटन गरिने “नारीका लागी नारी” परोपकारी अक्षय कोषका अभियन्ताहरूले जनाएका छन् । कार्यक्रमको समुद्घाटन इजरायलका लागी नेपाली राजदुत महामहिम प्रल्हाद कुमार प्रसाई ,राजदुत पत्नी सिता प्रसाई , द्वतितिय सचिव रोशन खनाल लगायत नारीहरूले संयुक्तरूपमा गरिने जनाईएको छ । दिनहुँजसो आउने नारी शोषण दमनका समाचारहरूले नेपालमा वस्ने नारीहरूलाई मात्र होईन प्रवासिएका नारीहरूको पनि मन भत्भती पोलेको हुन्छ , यस्तै विविध कुराहरूलाई मध्यनजर गर्दै देश तथा विदेशमा रहेका सकृय तथा परोपकारी मन भएका नारीहरूको पहलमा ''राष्ट्रिय सम्वृद्धिका लागी नारी एकता '' भन्ने मूल नाराका साथ “नारीका लागी नारी” नामक एक करोड एक रूपैयाको अक्षय कोष स्थापना गरिएको छ । सो कोषको घोषणा गत मार्च ८ मा १०४ औ अन्तराष्ट्रिय नारी दिवशको उपलक्ष्यमा इजरायलमा भएको नारी दिवश विशेष एक कार्यक्रममा गरिएको थियो । आखिर नारीका लागी नारीले नगरे कसले गर्ने र अहिले नगरे कहिले गर्ने भन्दै परोपकारी मनहरूद्वारा शिक्षावाट वन्चित हुन पुगेका छोरीहरूलाई शिक्षामा लगानी गर्ने , शिपमुलक कार्यहरूमा सहभागी गराउने जस्ता नारी वेदनाहरूलाई समेटेर समाजलाई केही उज्यालो प्रदान गर्ने उद्धेश्यले उक्त कोष स्थापना गरिएको संस्थापकहरूले जनाएका छन् । उक्त परोपकारी अक्षय कोषमा हालसम्म नेपाल , इजरायल , जापान, थाइल्याण्ड र दक्षिण कोरियामा गरी १९ जना संस्थापकहरु रहेको र बाँकी ३ जना यूरोप तथा अमेरिकाबाट समाबेश गरी औपचारिक घोषणा गर्नु भन्दा अगाडि २१ जनाको संस्थापक समिती बन्ने जानकारी संस्थापकहरु बाट प्राप्त भएको छ । यस अक्षय कोषको घोषणा तथा औपचारिक समुद्घाटन इजरायलबाट गरिएतापनि संसारभर छरिएर रहेका नारीहरुलाई समेट्ने जनाइएको छ । संस्थापकहरूले जनही ५०,००० रूपैया कोषमा राखेर कोषलाई मजवुत वनाएका छन् । सो कार्यक्रममा इजरायलमा रहेका स्थानिय नेपाली कलाकारको कलालाई विशेष महत्व दिईने हुदा मातृभुमी विषेश झल्किने खालका गित . कविता , नाटक तथा साहित्यीक विधाहरूमा आफ्नो कला प्रश्तूत गरी आफुभित्र लुकेको कलालाई आम समुदायमाँझ प्रश्तूत गरी मनोरन्जन दिलाउन चाहनेहरू कलाप्रेमीहरूले समयमा नै सो कोषका अभियन्ताहरू या निम्न व्यक्तीहरूसंग सम्पर्क गर्न अनुरोध गरिएको छ ।
सम्पर्क व्यक्तीहरू
सावी पाठक:-- 0548720254, 0544673404 (0548720252 )viber
काजल घिमिरे : --0587878806
नितु खतिवडा : --0536274207
कार्यक्रम निम्न मिती स्थान र समयमा निर्धारण गरिएको जनाईएको छ ।
मिती :---जुन १३ शुक्रवार २०१४
स्थान : यथासक्य छिटो अपडेट गरिनेछ
समय :- वेलुका ८ वजेवाट शुरू
हालसम्मका संस्थापकहरुको नामावली निम्नानुसार रहेको छ
, 1,सिता तिवारी ,
2,नितु खतिवडा,
3,साबी पाठक ,
4,काजल घिमिरे “ नानु “
5,बिष्णु माया पाण्डे 6, संगिता अधिकारि
7, स्वेता बास्कोटा 8,सुलोचन दाहाल
9, दिपा सिम्खडा
10,सबिता अधिकारि
11,शान्ता पाण्डे
12, एलिसा रायमाझी
13,राधिका सुबेदी
14, रुबी कार्की
15,राज्यवती त्रिपाठी
16,निता खड्का
17,श्रीजना पाण्डे
18,अनिता सापकोटा
19 जस्मिन श्रेष्ठ
एन आई न्युज ईजरायल ,शुभद्रा भण्डारी
नारीका लागी नारी '' परोपकारी अक्षयकोषको औपचारिक रूपमा समुद्घाटन कार्यक्रमको आयोजना
0 comments
तपाईको प्रतिक्रिया फेसबूक कमेन्ट गर्नुहोस् अथवा यहाँ Click गर्नुहोस्
धेरै धेरै धन्यबाद छ हजुर लाइ यो पोस्ट पढी दिनु भएकोमा आगामी दिन मा आउदै गर्नु होला हजुर को पनि कथा कबिता मुक्कत छन् भने हामीलाई पठाउन नभुल्नु होला धन्यबाद म सबिता