विश्व नेपाली साहित्य महासंघ शाखा इजरायलमा “मतना” नामक मुक्तक संग्रहको विमोचन -

“नेपाल राजदुतावास इजरायलका महामहिमलाई बिनेसास बाट अभिनन्दन ““-
इजरायल फाल्गुन  २०७२  ३० प्रवासमा रहेर पनि नेपाली भाषा र नेपाली साहित्यको जगेर्ना गर्दै साहित्य सम्बन्धी फरकफरक कार्यक्रम गर्दै आएको विश्व नेपाली साहित्य महासंघ शाखा इजरायलले यस पटक भने निक्कै फरक किसिमको साहित्यिक कार्यक्रमको आयोजना सम्पन्न गरेको छ यहि शुक्रवार इजरायलको तेलअविवमा ।
“संस्थाको चौथो वार्षिक उत्सव इजरायल स्थित नेपाली महामहिम राजदुतलाई विशेस सम्मान “तथा विदेशमा रहेर साहित्य क्षेत्रमा कलम चलाउनुहुने विभिन्न ३६ स्रस्टाहरुको रचनालाई समावेश गरी प्रकाशन गरेको “मतना” उपहार  नामक मुक्तक संग्रहको विमोचन कार्यक्रम एकै पटक आयोजना गरेर कार्यक्रमलाई भब्य र सभ्य बनाइएको थियो ।“मतना” उपहार  नामक मुक्तक संग्रहमा सहभागीको  नाम हरु
1.सुलोचना दाहाल , २.सुभद्रा घिमिरे , ३.सुनिता राई ,४.साबि पाठक, 5.सावित्रा लुइटेल ६.सानु भवानी पौडेल, ७सानु गुरुङ , ८सानु खतिवडा , ९.शान्ति राई , १०.शान्ता खवास , ११.विमला शर्मा ढुंगाना , १२. लिला रिजाल सुवेदी , १३.रेखा पन्त , १४.राधा भट्टराई , १५.राजकुमारी श्रेष्ठ , १६.रजनी शर्मा , १७.मुना सिग्देल, १८.भवानी अधिकारी १९.भगवती वस्नेत, २०.बसु श्रेष्ठ , २१. बबिता श्रेष्ठ “A” २२.निशा कटुवाल . २३.निर्मला खड्का , २४. देबी सुबेदी , २५.दिया चापागाईं, २६.केशु पोख्रेल खनाल २७.कृष्णकला बनेम , २८.कल्पना पौडेल , २९.अम्बिका याम्फु राई . 30 लक्ष्मी अनुरागी ३१ सिमा सुबेदी ३२,सविता अधिकारी घिमिरे ३३. निर्मला गुरुङ . ३४.माया खनाल ३५. भीमा थापा ३६.निलम भूसाल.
कार्यक्रम शुरुहुनु भन्दा पहिला सस्थाकी सक्रिय सदस्य रजनी शर्माले कार्यक्रमको कार्यतालिका प्रस्तुत गर्दै कार्यक्रम प्रस्तोता दिपेन्द्र थापाले कार्यक्रम संचालन गर्नु भएको थियो ।
GFNL PROGRAM3
संस्थाकी अध्यक्ष सावित्रा लुईटेल घिमिरेको सभापतित्वमा सन्चालन भएको कार्यक्रममा प्रमुख अतिथिमा इजरायल स्थित नेपाली राजदुतावासका महामहिम राजदुत प्रल्हाद कुमार प्रसाई रहनु भएको थियो । औपचारीक रुपमा शुरुभएको कार्यक्रममा संस्थाकी महासचिब सानु गुरुङ र ससचिब  कल्पना पौडेलले स्वागत मन्तव्य राख्दै उपस्थिति सबैलाई स्वागत गर्नु भएको थियो भने प्रमुख अतिथि महामहिम राजदुत प्रल्हाद कुमार प्रसाईबाट पानसमा बत्तिबालेर कार्यक्रमको उद्घाटन गर्नुभएको थियो ।
इजरायलमा रहेका प्राय सबै संघ संस्थाका प्रतिनिधिहरुलाई अतिथिमा निम्त्याईएको कार्यक्रममा अतिथिहरु एनआरएन इजरायल अध्यक्ष दिपक ओली, नविन प्रतिभा साझका अध्यक्ष कृष्ण रायमाझी, झापाली समाज इजरायल अध्यक्ष भोला थापा, चितवन समाज इजरायलका महासचिव नयन सापकोटा, रेडियो स्वतन्त्रकी सिमा सुवेदि, स्वतन्त्र खबर डटकमका प्रधान सम्पादक खेमराज कट्टेल लगायत अन्य संघ संस्था तथा साहित्य अनुरागीहरुको बाक्लो उपस्थितिले कार्यक्रम स्थल खचाखच भरिएको थियो ।
कार्यक्रममा शुभकामना मन्तब्य राख्दै एनआरएन इजरायल अध्यक्ष दिपक ओलीले संस्थाको यस वार्षीक उत्सव तथा सयुक्त मुक्तक प्रकाशनको प्रसंसागर्दै आयोजकलाई धन्यवाद तथा शुभकामना दिनु भएको थियो भने, नविन प्रतिभा सॉझका अध्यक्ष तथा विश्व नेपाली साहित्य महासंघ इजरायलका सल्लाहकार कृष्ण रायमाझीले स्थापनाको यति छोटो समयमा इजरायलमा रहेका साहित्यक सर्जकहरुलाई समेटेर संस्थालाई यो उचाई सम्म ल्याइ पुर्योउनु भएकोमा खुसी ब्यक्त गर्नु भएको थियो ।
कार्यक्रममा संस्थाकी सकृय सदस्य तथा कवि समा श्रीले संस्थाले हाल सम्म गरेका कार्यहरु र संस्थाको सम्पुर्ण गतिविधिहरु प्रस्तुत गर्दै प्रवासमा रहेर पनि यस महाशाखाले नेपाली भाषा साहित्यको उत्थानका विशेष योगदान दिएको र यो अभियानलाई निरन्तरता दिने संकल्प गर्दै आजको पावन दिनमा हामीलाई हर समय साथ दिएर आफ्नो अमुल्य साथ् सहयोग पुराउनु हुने इजरायलका लागि नेपाली राजदूत महामहिम प्रल्हाद कुमार प्रसाई ज्यूलाई संस्थाको तर्फबाट सम्मान गर्न पाउँदा निक्कै गौरवान्वित भएको महसुस पनि यस संस्थाले गरेकाको कुरा बताउनु भएको थियो भने उपस्थिति सबैलाई स्वागत गर्दै संस्थाका सचिव गणेश गौतम “सागर” र सदस्यहरु केशु पोख्रेल, तारा कट्टेल, अम्बिका याम्फु लगायतले निकै नै मिठो गित प्रस्तुत गरेर सबैलाई स्वागत गर्दै कार्यक्रमको माहोल केहि समयको लागि संगितमय बनाउनु भएको थियो ।
GFNL PROGRAM2
महामहिम ज्युको हातबाट संस्थाले प्रकाशन गरेको सयुक्त मुक्तक संग्रह मतनाको बिमोचन गर्दै ।
कार्यक्रमको बिचमा नेपाल राजदुतावास इजरायलका राजदुत महामहिम प्रल्हाद कुमार प्रसाईलाई संस्थाको तर्फबाट अभिनन्दन गर्दै प्रमाण पत्र प्रदान र दोसल्ला ओडाएर संस्थाका अध्यक्ष सावित्रा घिमिरे, एनआरएन इजरायल अध्यक्ष दिपक ओली लगायतले अभिनन्दन गर्नु भएको थियो भने सस्थाका सचिब गणेश गौतम सागरले प्रदान गरिएको प्रमाण पत्र पढेर सबैलाई सुनाउनु भएको थियो ।
महामहिम ज्युको हातबाट संस्थाले प्रकाशन गरेको सयुक्त मुक्तक संग्रह मतनाको बिमोचन गर्दै यस वार्षिक उत्सवबाट संस्थामा आबद्ध हुनु हुने नयॉ सदस्यहरुलाई महामहिम र वहाकी धर्म पत्नी सीता प्रसाईको हातबाट दोस्ल्ला र अबिर टिका लगाएर संस्थामा स्वागत गरिएको थियो र मुक्तक संग्रह भित्र समावेश भएका मुक्तककारहरुलाई महामहिमको हातबाट प्रमाण पत्र र दोसल्ला ओढाएर सम्मान पनि गरीएको थियो ।
GFNL PROGRAM1मुक्तक संग्रहका सर्जक तथा अन्य साहित्य अनुरागीहरुले कार्यक्रमको बिचबिचमा मुक्तक, गित, कविता, गजलहरु बाचन गरेर कार्यक्रमको रौनक बढाएका थिए । कवि समा श्रीको विदेशीएकी आमाले घरमा रहेकी छोरीलाइ कल्पना गरेर लेखीएको कविता बाचन गर्दा उपस्थिति सबैको मन छोएको थियो भने सर्जकहरु नितु खतिवडा, केशु पोख्रेल, रजनि शर्मा लगायतले आ आफ्नो रचनाहरु बाचन गर्नु भएको थियो । सबिता  अधिकारीले  आमा  को यादमा  गजल  बाचन गनु भयो |
कार्यक्रमका प्रमुख अतिथि महामहिम प्रल्हाद कुमार प्रसाईले पछिल्लो समयमा नेपाली साहित्यमा मुक्तक फस्टाएको वताउँदै मुक्तक, तथा अन्य साहित्य रचनाहरुमा भरसक सरल र मिठा शब्दहरु प्रयोग गरी यसरीनै प्रकाशन गर्दै लैजाँदा सबैको मन मुटु छुने र साहित्यको पनि जगेर्ना हुने कुरा दर्साउदै आफुपनि साहित्यको विध्यार्थी भएकोले साहित्य निक्कै मन पर्ने बताउदै साहित्य प्रति युवापुस्ता तथा विदेशी भुमीमा रहनु हुने सर्जकहरुको झुकाव र आकर्षण देखेर आफूलाई निक्कै खुसी लागेको बताउनु भयो र यसरी संस्थाले आफुलाई अभिनन्दन गरेकोमा निक्कै खुसी ब्यक्त गर्दै आफु र आफ्नो धर्म पत्निको तर्फबाट संस्थाको उत्तर उत्तर प्रगतीको कामना गर्दै सयुक्त मुक्तक संग्रह मतनाका सबै मुक्तककार सर्जकहरुको नाम पढेर सुनाउनु भएको थियो ।GFNL PROGRAM4
अन्त्यमा कार्यक्रमको अध्यक्षता गर्नु भएकी संस्थाकी अध्यक्ष सावित्रा लुइँटेल घिमिरेले कार्यक्रमको समिक्षा तथा शुभकामना मन्तव्य राख्दै “मतना” संग्रहमा विदेशमा रहेर मुक्तकहरुमा कोहि सिकारु, कोहि स्थापित मुक्तककारहरु मतना सहयात्राभित्र अटाएका र यसभित्र केही कमिकमजोरीहरु रहेका भए भुलसुधारीने भन्दै कामको ब्यस्थताका बावजुतपनि कार्यक्रममा उपस्थिति हुनु भएकोमा उपस्थिति सम्पुर्णलाई धेरै धेरै धन्यवाद दिदै कार्यक्रम समाप्त भएको घोषणा गर्नु भएको थियो ।
कार्यक्रमलाई कुशल्तापुर्वक संस्थाका उपाध्यक्ष दिपेन्द्र थापा र सचिव गणेश गौतम सागरले संचालन गर्नु भएको थियो ।


   





 


































































0 comments

तपाईको प्रतिक्रिया फेसबूक कमेन्ट गर्नुहोस् अथवा यहाँ Click गर्नुहोस्

धेरै धेरै धन्यबाद छ हजुर लाइ यो पोस्ट पढी दिनु भएकोमा आगामी दिन मा आउदै गर्नु होला हजुर को पनि कथा कबिता मुक्कत छन् भने हामीलाई पठाउन नभुल्नु होला धन्यबाद म सबिता