जोन कँडेलको परोपकारी रेष्टुरेन्ट

जोन कँडेलको परोपकारी रेष्टुरेन्ट

अविश अधिकारी
काठमाण्डौ/सोमबारको कुरा हो हामी चितवन भ्रमणको शिलशिलामा दि ग्रीन पार्क रेष्टुरेण्ट पुगेका थियौं त्यहाँ पुग्दा प्राकृतिक शैलिमा रेष्टुरेण्ट देख्यौं चारै तिर हरियालीसँगै ५ वर्ष भन्दा माथि १४ वर्ष सम्मका करिव १४ जना नानीहरु रमाईरहेको देख्यौ अनि हामीलाई जिज्ञासा लाल्यो यस्तो सुन्दर माहौल कसरी भयो ? यस्तै पृथक कुराकानी सगै हामी पनि त्यही सुन्दरतामा भावुक भयौं ।


समाज परिवर्तन गर्नुछ भने आफैबाट अनि आजैबाट सुरुवात गर्नु पर्छ भन्ने विचार युक्त भावनाले उथुल पुथुल समाजसेवी तथा युवा व्यवसायी जोन कंडेलको कथा सानो छैन । कथा भित्रको कथा लुकेको कंडेलको जीवनयात्राबाट धेरै कुरा सिक्न सक्छौं । टिकाराम कंडेल र आमा देवकली कंडेलको कोखबाट भरतपुर–५ लन्कुमा जन्म भएका जोन आठ जना छोरा मध्यका सबैभन्दा कान्छा छोरा हुन् ।

उनी भन्छन, “अर्काको देश बनाउने हैन अवसर पाए आफ्नै देश बनाउने थिएँ” भन्ने कोमल ह्दयका धनी जोन कंडेल अविवाहित हुन । देशमा राजनीतिक दल र उच्च तहका निकाय वैदेशिक रोजगारीबाट भित्रिने रेमिट्यान्समा मक्ख छन् । अझ यसो भनौं देशनै यसैले चलिरहेको छ । राजनीतिक नेतृत्वमा जिम्मेवारी नहुँदा आज देशमा चरम बेरोजगारी सिर्जना भएको छ । लाखौं युवा विदेशको भूमिमा पसिना बगाउन बाध्य छन् । आफ्नै देशमा अवसर नदिँदा अन्य देश बनाउन बाध्य बनाइएको छ ।

कंडेल भन्छन्, ‘देशमा महँगीले टिक्न सक्ने अवस्था छैन् भने,  विदेशमा भोग्ने दु:ख झनै कहालिलाग्दो छ । विदेशमा अप्ठेरो पर्दा दु:खमा साथ दिन खोलिएका दूतावास नाम मात्रका छन् । वैदेशिक रोजगारले परिवारबाट टाढा पुर्‍याएको छ । धेरैको सम्बन्ध विग्रँदो छ । परिवारीक र सामाजिक सम्मन्ध टुट्दै गएको छ । धेरैको घारबार उठिबास बनाएको छ । बाबु आमा भएर पनि धेरै सन्तान टुहुरा भएका छन् । दिन प्रतिदिन अदालतमा सम्बन्ध बिच्छेदका घटना बढ्न थालेका छन् । यसैले नेपालमा नै बसी नेपाली उत्पादनमा वृद्धी गरी स्देशमै राजगारीको अवसर सृजना गर्नु पर्छ ।

जोन अविवाहित भएकाले पारीवारीक जिम्वेवारी खासै छैन उनमा तर सामाजिक जिम्वेवारी राम्रोसँग निभाएका छन् । उनी करिव एक दशक यता सामाजिक यात्रामा होमिएका छन् हाल चितवनमा समाजसेवीहरुको अग्रपंक्ति आउने नाम हो युवा सामाजसेवी जोन कँडेल ।

उनको सेवा अरुको भन्दा पृथक र भिन्न छ । झट्ट हेर्दा  व्यापारीक  हिसावले सञ्चालन भएको देखिएता पनि दि ग्रिन पार्कबाट भएको आम्दानी उनले सेवामा नै खर्चिने गरेका छन् । भने सामाजिक कार्यलाई अझै तीव्रता दिन उनले सामुहिक प्रयास समेत गरेका छन् । उनकै अध्यक्षतामा हर्ट टु हर्ट सोसियल वेलफेयर सोसाईटी नेपालको स्थापना गरी सामाजिक रुपान्तरणको लागि एक नविन अभियानाको थालनी समेत गरेका छन् ।
आफ्नो गाउ आफै बनाउ भन्ने बिचारका साथ उनले आफ्नो टोल छिमेकमा साना देखि ठूला सामाजिक कार्यहरुमा अग्रसर हुन्छन् । उनी जति सामाजसेवी छन् उत्तिकै प्रकृति प्रेमी पनि रहेछन् । उनको अग्रसरतामा धारापानी निर्माण तथा व्यवस्थापन उपभोक्ता समिति गठन गरी भरतपुर उपमहानगरपालिका लगायतको सहयोगमा प्राकृतिक सम्पदा संरक्षण अभियान सञ्चालन सार्वजनिक जग्गाको सदुपयोग गरी ऐतिहासीक पानीको मुहान संरक्षण तथा बाल उद्यानको निमार्णाधिन अवस्थामा रहेको छ । जोनको सेवा यतिमा मात्र सिमति छैन कहिले भुकम्पपीडितको आहतमा राहत दिलाउन कुना कन्दरासम्म पुग्छन् भने जिल्लाका सवै सामाजिक संस्थामा सहयोगी हात र फराकिलो मन लिएर पुगिहाल्छन् । चितवनमा सञ्चालित एक सामाजिक संस्था साहाराको घरलाई उनले मासिक रुपमा केही न केही सहयोग गरीरहँदा रहेछन् । उनलाई भेट्न यो पंक्तिकार उनको रेष्टुरेष्टमा पुग्दा मोहल अर्कै थियो रेष्टुरेष्ट भरी साना साना बालिकाहरु मामा मामा भन्दै अघिपछि गर्दै थिए । पंक्तिकारको जिज्ञासा कुराकानीमा उनले मेटाए यिनीहरु सबै मेरा भान्जीहरु हुन साहाराको घरका ।

मन्द मुस्काउदै उनले थपे, ‘म निरन्तर सेवामा लाग्नुमा उनीहरुको ठुलो हात रहेको छ उनीहरुको मामा भएको नाताले उनीहरुको भविष्य प्रति चिन्ता गर्नु र उनीहरुलाई खुसी पार्नु मेरो पनी कर्तव्य हो । हप्तामा एकपटक त भउनपा ११ मा रहेको साहाराको घरमा पुगेकै हुन्छु महिना दिनमा भान्जीहरुलाई स्वाद फेर्न रेष्टुरेष्टमै बोलाउँछु । आज मजदुर दिवसको अवसर पारी उनकै माध्यमबाट श्रमका लागी कतार पुगेको नेपालीको छोरो कृष्ण रिजालले बालिकाहरुलाई भोजन तथा स्टेशनरीका लागी सहयोग गरेका रहेछन । यसैका लागी ग्रिन पार्क पुगेका रहेछन् बालिकाहरु ।

मास्टर गर्न काठमाण्डौ छिरेका उनी व्यवस्थापन शास्त्रमा स्नातकोत्तर गरेका छन् । काठमाण्डौ मै रहेर अक्सन इन्स्सिच्यूटबाट ब्यवसाय सुरुवात गरेका उनी बेकरी क्याफे, अक्सन सहकारी, कलेजमा लगानी र अहिले दि ग्रीन पार्क रेष्टुरेन्ट सन्चालन गरीरहेका छन् । आफ्नो रेष्टुरेण्टबाट बिक्री भएको प्रत्येक चुरोटबाट रु. दुई रुपैयाँ क्यान्सर रिलिफ फण्डमा सहयोग गर्दै आइरहेका छन् । समाज पहिले जस्तो रहेन ब्यक्तिगत लाभ हावी हुँदै गएको छ युवा पलायन स्लो पोइजननै भएको छ राष्ट्रको लागि यसले नेपालमा भावी अर्थतन्त्र नाजुक नै देख्दै छु नेपाल कृषि प्रधान देश हो यहाँको जमिन बाजो हुनु र जमिन किनबेचको बस्तु हुनु, लगानी उत्पादन मुखी होइन जग्गामा लगानी गरिनु अर्थतन्त्रको लागि घातक सावित हुनु उनको ठम्याई छ । सरकारी जागिरेले एक टुक्रा जग्गा किनी एउटा सानो घर बनाउने सपना नदेखे पनि हुने भयो । यो डरलाग्दो अर्थतन्त्र हो । यो रेमिटेन्सको असर हो । सरकार सत्ता मोह र युवा विदेश मोहमा अशक्त छ यो दुबै मोह एउटै प्रबृतिको हो यसले राष्ट्रलाई झनै नाजुक बनाउने कंडेलको बुझाई छ ।

उनि थप्छन ‘म रेष्टुरेन्टमा मदिरा मात्र हैन विदेशमा जस्तै फुड कल्चरको विकास होस भन्ने चाहन्छु यसैले मापासे जाँचले रेष्टुरेण्ट ब्यबसाय घटे पनि दिर्घकालमा यसको सकरात्मक असर देखिको छु । प्राय: फोन आउँछ घरबाट तर म रेष्टुरेण्टमा छु भन्न सकेको छैन किनकी रेष्टुरेण्ट प्रतिको मानिसहरुको सोचाई अझै पनि सकरात्मक छैन त्यस्तो सोच हटाउने प्रयासमा छु ।’ कंडेलले भन्छन्, अब शिक्षित युवाले राम्रो नराम्रो छुट्याउने र स्वदेशी उत्पादनलाई प्रोसाहन दिने गर्नु पदर्छ यसैले मैले नैपालमा नै बनेको जुत्ता प्रयोग गदै आएको छु रेष्टुरेण्टमा पनि नेपाली गुणस्तर सामाग्री प्रयोग गदै आएको छु, यो त मेरो सुरुवात हो सबैले यस्तै प्रयोग गर्ने हो भने अवस्य नेपाली उत्पादनले नेपालमै ठाउँ पाउने छन् ।

अन्त्यमा, यस्ता ह्दयका खानी महापुरुष अझै धेरै जन्म लिउन । हरेका ब्यवसायिक यात्रा र सामाजिक यात्राले सगरमाथाको शिखर चुम्न सकोस् अझै धेरै सामाजिक कार्यमा मन जओस  युवा ब्यवसायी तथा समाजसेवी जोन कंडेललाई हाम्रो पनि शुभकामना ।

प्रकाशन मितिः २०७३ वैशाख २४ 

, ,

0 comments

तपाईको प्रतिक्रिया फेसबूक कमेन्ट गर्नुहोस् अथवा यहाँ Click गर्नुहोस्

धेरै धेरै धन्यबाद छ हजुर लाइ यो पोस्ट पढी दिनु भएकोमा आगामी दिन मा आउदै गर्नु होला हजुर को पनि कथा कबिता मुक्कत छन् भने हामीलाई पठाउन नभुल्नु होला धन्यबाद म सबिता