गजल


पर्खेर बस्छु बगैँचा छेउ ,जूनेली रातमा ,
चिटिक्क परि आउनु मुटु घुमौला साथमा /
माया है बढ्छ समय कट्छ ,भुल्ने छ्यौ संसार,
हुने छ्यौ मख्खै प्याराका तिनै, रसिला बातमा /
दिन्न है लिन पीर र चिन्ता,एक रत्ती जीवन भर /
अतिनै मिठो मायाले बाँधी ,राख्ने छु आँतमा /
भावना बुझे चाहना बुझे , एकले अर्काको ,
जिन्दगी बन्छ अमृत को प्याला ,के छ र जातमा /
मान्छेको जीवन दु:ख र कष्ट ,उकाली ओराली ,
आफ्ठेरो बाटो आएमा लान्छु ,समाई हातमा /
सबिता अधिकारी(घिमिरे )
लमजुङ

0 comments

तपाईको प्रतिक्रिया फेसबूक कमेन्ट गर्नुहोस् अथवा यहाँ Click गर्नुहोस्

धेरै धेरै धन्यबाद छ हजुर लाइ यो पोस्ट पढी दिनु भएकोमा आगामी दिन मा आउदै गर्नु होला हजुर को पनि कथा कबिता मुक्कत छन् भने हामीलाई पठाउन नभुल्नु होला धन्यबाद म सबिता