बनेनन् बालमैत्री विद्यालय, पानी खान पनि लाम बस्नुपर्ने

बनेनन् बालमैत्री विद्यालय, पानी खान पनि लाम बस्नुपर्ने
 संखुवासभा : जिल्लाभरका विद्यालयको भौतिक संरचना अझै बालमैत्री बन्न सकेका छैनन्। प्रत्येक आर्थिक वर्षमा निर्माण हुने दर्जनौं विद्यालय भवन, भौतिक संरचना बालमैत्री बन्न सकेका छैनन्। कक्षामा बस्ने डेक्स, बेन्च, भर्याङ, खुड्किला, खानेपानीका धारा, शौचालयको प्यान, खेलमैदान साधारण पक्ष बालमैत्री नबन्दा बालबालिकाले समस्या भोग्न बाध्य छन्।
जिल्लामा सरकारी र सामुदायिक गरी चार सय १७ वटा र २८ वटा निजी विद्यालय सञ्चालनमा छन्। सञ्चालित अधिकांश विद्यालयको भौतिक संरचना बालमैत्री नभएको अभिभावकको गुनासो छ। उच्च माध्यमिकदेखि आधारभूत शिक्षा प्रदान गर्ने विद्यालयमा समेत एउटै स्टेटमेन्टमा भवन र अन्य सामग्री तयार हुने गरेको छ। पानी खान पनि लाम बस्नुपर्ने अवस्था छ।
कालिका मावि जलजला २ याङसिजुङका अभिभावक पासाङ शेर्पा बालबालिकाका लागि सहज हुने गरी कुनै पनि संरचना तयार हुँदैन र माथिल्लो निकायबाटै स्टेटमेन्ट नदिने गरेको उनको तर्क छ। गत वर्ष मात्र भवन निर्माण गरेको यो विद्यालयले आफूले चाहेअनुसार भवन निर्माण गर्न नसकेको बताए।
प्राविधिक स्टेटमेट जिल्ला शिक्षा कार्यालयले खटाउने गरेकाले विद्यालयले भनेअनुसार गर्न नसकिने विद्यालयका प्रधानध्यापक थलबहादुर अधिकारीले बताए। जिल्लामा अधिकांश विद्यालय शिशु कक्षादेखि पढाइ हुने विद्यालय छन्। अझ विद्यालयले बालबालिकाका लागि भनी टाटीले बेरी तयार गरिएको अस्थायी कक्षा कोठामा पढाइ गर्ने गरेका छन्।
डेक्स र बेन्च बालबालिका लागि प्रयोग योग्य छैनन्। जिल्ला बालकल्याण समिति कार्यालयका प्रमुख बालअधिकृत सुमन अधिकारीले बालमैत्री विद्यालय तय गर्न कार्यालयले पहल गरेको बताए। शिक्षा कार्यालयसँग परामर्शमा यो वर्ष कम्तीमा दुई विद्यालय बालमैत्री बनाउने तयारी भएको उनले बताए। बालमैत्री विद्यालय कार्ययोजना निर्देशिका अनुसार कक्षा कोठा, शौचालय, खेलमैदान, शिक्षकलाई बालमैत्री शिक्षालगायत विषयमा जानकारी गराउन लागिएको उनले बताए।
जिल्ला शिक्षा अधिकारी पूर्णबहादुर दर्जीले भने बालबालिकाको हित हुने गरी विद्यालयका भौतिक संरचना निर्माण गर्न निर्देशन दिएको र बालमनोविज्ञान बुझ्न शिक्षकलाई पटकपटक तालिम दिइसकेकाले विद्यालय नै यसमा लागि पर्नुपर्ने बताए। जिल्ला शिक्षा कार्यालयको तथ्यांकअनुसार विद्यालय जाने उमेरका बालबालिकामध्ये ४६ हजार एक सय ३८ माध्यमिक तहसम्म भर्ना भएका छन्। जसमा छात्र २२ हजार सात सय ४९ र छात्रा २३ हजार तीन सय ८९ रहेका छन्। बालविकास केन्द्रमा पाँच हजार सात सय ६७ बालबालिका अध्यनरत छन्

0 comments

तपाईको प्रतिक्रिया फेसबूक कमेन्ट गर्नुहोस् अथवा यहाँ Click गर्नुहोस्

धेरै धेरै धन्यबाद छ हजुर लाइ यो पोस्ट पढी दिनु भएकोमा आगामी दिन मा आउदै गर्नु होला हजुर को पनि कथा कबिता मुक्कत छन् भने हामीलाई पठाउन नभुल्नु होला धन्यबाद म सबिता