मेवा, औषधिय गुणले भरिपूर्ण

(जानकारी शेयर गर्ने गर्नुहोला ता की तपाइको फेसबुक हेर्नेले पनि केही ज्ञान पाओस...तपाईलाई काम नलागे पनि तपाइको साथीलाई आफन्तलाई कामलाग्न सक्छ )

मेवा तराई र भित्री मधेसमा सजिलै उपलब्ध हुने फल हो । यो फल औषधिय गुणले भरिपूर्ण हुन्छ । त्यसो त, मेवाका रुखको प्रत्येक भागमा कुनै न कुनै औषधिय गुण पाईन्छ । प्राचिनकालदेखि नै मेवाको पातहरू घाउ सफा गर्न, दाद र दुखाई निको पार्न प्रयोग गरिँदै आएको पाईन्छ । यसको जरामा पिसाब लगाउने शक्ति हुन्छ । मेवामा पर्याप्त मात्रामा क्यारोटेन नामको तत्व हुन्छ, जसले शरीरमा भिटामिन ए बनाँउछ ।

यसमा पोटासियम पनि पर्याप्त मात्रामा हुन्छ । साथै भोजन पचाउन चाहिने विभिन्न तत्व हुन्छन् । काँचो मेवा खानाले कब्जियतबाट छुट्कारा दिलाउँछ । पाकेको मेवा कलेजोको विभिन्न समस्या समाधानका लागि लाभदायक हुन्छ । झाडापाखाला लागेमा बेलामा पाकेको मेवाको सेवनले पाखाला बिस्तारै कम हुन्छ । कब्जियतमा पाकेको मेवाको २० देखि २५ वटा बीउ १० देखि १५ दिनसम्म दिनको २ पटक खाँदा कब्जियत हट्छ । मेवाको पातलाई आगोमा तताएर दुखेको ठाँउमा राख्दा दुखाई कम हुन्छ ।

मेवा रक्तअल्पता अर्थात् शरिरमा रगतको मात्रा कम हुँदा पनि प्रयोग गर्न सकिन्छ । रक्तअल्पता हुँदा मेवाले औषधिको काम गर्छ । काँचो मेवाको तरकारी र पाकेको मेवा दिनमा २/३ टुक्रा खाँदा सुत्केरीको दुध बढाउँछ । शरीरमा रगतको मात्रा वृद्धि गर्छ । यसले आँखालाई समेत फाईदा पु¥याउँछ । र, रतन्धो हुनबाट जोगाउँछ ।

मेवामा पाईने विशेष तत्वले घाउमा भएका मृत कोषिकाहरूलाई हटाउँछ र घाउलाई निको पार्छ । यसका लागि केही दिनको समय भने लाग्छ । घाउलाई पहिले सफा गरेर मृत कोषहरू हटाउनुपर्छ । घाउमा पीप छ भने बिरामीलाई दिनको २/३ घण्टामा दाँया बाँया कोल्टो पारेर सुताउनुपर्छ । त्यसपछि कीटाणुरहित सफा पातलो कपडाई काँचो मेवाबाट निस्कने सेतो दुधजस्तो पदार्थमा भिजाएर घाउमा राख्नुपर्छ । यो क्रिया दिनदिनै गर्नुपर्छ । घाउ गहिरो छ भने दिनको १/२ चोटी दोहो¥याउनुपर्छ । साथै बिरामीलाई कोल्टे फर्काउनुपर्छ । पाकेको मेवाको गुदीलाई मिचेर अनुहारमा केहीबेर दल्ने र एक छिन राखेर धुने गरेमा अनुहारमा चमक ल्याउछ ।
---------------------------------------------------------------
ज्ञान बाँड्नु सबैभन्दा ठूलो धर्म हो त्यसैले सबैले लाइक तथा शेयर गर्न नभुल्नुहोला !!

0 comments

तपाईको प्रतिक्रिया फेसबूक कमेन्ट गर्नुहोस् अथवा यहाँ Click गर्नुहोस्

धेरै धेरै धन्यबाद छ हजुर लाइ यो पोस्ट पढी दिनु भएकोमा आगामी दिन मा आउदै गर्नु होला हजुर को पनि कथा कबिता मुक्कत छन् भने हामीलाई पठाउन नभुल्नु होला धन्यबाद म सबिता