नेपालीको खर्च रु.२ लाख ४ हजार

नेपालीको खर्च रु.२ लाख ४ हजार

हरेक नेपालीको वार्षिक औसत खर्च रु.२ लाख ४ हजार रहेको तथ्यांक विभागले जनाएको छ ।
तथ्यांक विभागले सार्वजनिक गरेको वार्षिक घरपरिवार सर्वेक्षण २०६९/०७० अनुसार हरेक नेपाली परिवारले वर्षमा रु.२ लाख ४ हजार खर्च गर्छन् । विभागले ४ जेठमा तथ्यांक सार्वजनिक गरेको हो ।
इन्टरनेट तस्वीर
ग्रामीण क्षेत्रमा बसोवास गर्ने परिवारको वार्षिक उपभोग खर्च भने रु.१ लाख ७३ हजार २१५ छ । तर, शहरी क्षेत्रको प्रतिपरिवार खर्च रु.३ लाख ४० हजार ६०७ पुगेको विभागले जनाएको छ ।
विभागले दैवी छनोट विधिद्वारा नेपालको ग्रामीण क्षेत्र र शहरी क्षेत्रका सय/सय वडाका तीन हजार घरपरिवारमा गरिएको सर्वेक्षणको आधारमा तथ्याङ्क सार्वजनिक गरेको हो ।
नेपालीले आफ्नो कुल पारिवारिक उपभोगको ५९.२ प्रतिशत खानामा, ११.६ प्रतिशत आवासमा, ३ प्रतिशत शिक्षामा र २६.२ प्रतिशत गैरखाद्य वस्तु तथा सेवामा खर्च गर्ने गरेको अनुमान छ ।
सर्वेक्षणअनुसार एक जना नेपालीको प्रतिव्यक्ति वार्षिक उपभोग खर्च करिब रु.४४ हजार ५९६ रहेको छ । जसमा सबैभन्दा धनी २० प्रतिशत जनसङ्ख्याको प्रतिव्यक्ति वार्षिक उपभोग खर्च रु.१ लाख २ हजार ३२७ पुगेको छ । त्यस्तै, सबैभन्दा बढी गरिब २० प्रतिशत जनसङ्ख्याको प्रतिव्यक्ति वार्षिक उपभोग खर्च रु. १७ हजार २२ रहेको छ ।
सबैभन्दा धनी २० प्रतिशत जनसङ्ख्याले कुल उपभोगको ४५.८ प्रतिशत हिस्सा ओगटेका छन् भने सबैभन्दा गरिब २० प्रतिशत जनसङ्ख्याले कुल उपभोगको अंश ७.६ प्रतिशत रहेको छ ।
नेपालको शहरी क्षेत्रमा बसोवास गर्ने सबैभन्दा गरिब १० प्रतिशत जनसङ्ख्याको प्रतिव्यक्ति वार्षिक उपभोग खर्च रु.१५ हजार ४३३ रहेको छ भने सबैभन्दा धनी १० प्रतिशत जनसङ्ख्याको प्रतिव्यक्ति वार्षिक उपभोग खर्च दश गुणा वृद्धि रु.१ लाख ५० हजार २०२ रहेको छ । सो खर्च कूल शहरी उपभोगको ६४ दशमलव हिस्सा ओगटेको छ ।
सर्वेक्षण गर्दा विगत सात दिनदेखि कुनै काम नगरेकाहरूमध्ये काम गर्न उपलब्ध नभएका तथा कामको खोजी पनि नगरेका बालक, वृद्ध अशक्त, विद्यार्थी, व्यस्त गृहणी आदिलाई आर्थिक रूपमा हाल निष्कृय रहेको श्रेणीमा सर्वेक्षणमा राखिएको छ ।
नेपालको कुल जनसङ्ख्यामा आर्थिक रूपमा सक्रिय जनसङ्ख्याको ८१ प्रतिशत छ भने बाँकी १९ प्रतिशत आर्थिक रूपमा निष्क्रिय रहेको छ । कुल जनसङ्ख्यामा रोजगार जनसङ्ख्याको अनुपात ७८ प्रतिशत रहेको छ ।
पाँच वर्ष वा सोभन्दा बढी उमेरका सबै सदस्यहरूले सर्वेक्षणका सात दिनमा कम्तीमा एक घन्टा कुनै आर्थिक काम नगरेकालाई बेरोजगार मानी विभागले तथ्याङ्क तयार पारेको छ ।
नेपालको बेरोजगारी दर ३.३ प्रतिशत पुगेको छ । पुरुषको बेरोजगारी दर ३.२ र महिलाको ३.४ रहेको छ । शहरी क्षेत्रको बेरोजगारी दर ८ प्रतिशत, शिक्षित व्यक्तिको बेरोजगारी दर ४.१ प्रतिशत रहेको छ ।
सर्वेक्षणअनुसार नेपालको अर्ध बेरोजगारी दर १३.४ प्रतिशत रहेको छ । यसैगरी कुल श्रमशक्तिमध्ये ६.९ प्रतिशतले अपर्याप्त आम्दानीमै काम गरेको देखिएको छ ।

,

0 comments

तपाईको प्रतिक्रिया फेसबूक कमेन्ट गर्नुहोस् अथवा यहाँ Click गर्नुहोस्

धेरै धेरै धन्यबाद छ हजुर लाइ यो पोस्ट पढी दिनु भएकोमा आगामी दिन मा आउदै गर्नु होला हजुर को पनि कथा कबिता मुक्कत छन् भने हामीलाई पठाउन नभुल्नु होला धन्यबाद म सबिता