गजल

                               
गजल
यो हलचल गर्ने जवानिको मात उस्तै छ !
औसिको एकान्त सुनसान रात उस्तै छ !!

भुनभुन गर्ने भमराको घेरा भित्र बगैचामा !
फर्कियको फुलको मालीलाइ साथ उस्तै छ !!

खुल्ला आकशमा रमाउदै मायालु मनले !
त्यो कोमल स्पर्सले चुमेका हात उस्तै छ !!

सुसेली हाली बनपाखामा बासुरी बजाउदै !
डाडै बसी बोलाउने सालको पात उस्तै छ !!

मन मुटुमा साझाउदै दुख सुखको साथिले !
सँगइ बसी गर्ने मिठा मिठा बात उस्तै छ !!
दिपक सिह रम्बा

, , , , , ,

0 comments

तपाईको प्रतिक्रिया फेसबूक कमेन्ट गर्नुहोस् अथवा यहाँ Click गर्नुहोस्

धेरै धेरै धन्यबाद छ हजुर लाइ यो पोस्ट पढी दिनु भएकोमा आगामी दिन मा आउदै गर्नु होला हजुर को पनि कथा कबिता मुक्कत छन् भने हामीलाई पठाउन नभुल्नु होला धन्यबाद म सबिता