सिड्नीमा तिजको रहर
सिड्नीमा तिजको रहर
हरितालिका तिज आउन तीन साता बाँकी भएपनि अस्ट्रेलियामा तिजको चहलपहल प्रारम्भ भैसकेको छ।
एनआरएन अस्ट्रेलियाको भगिनी संस्था नारी निकुन्जको आयोजनामा शनिबार सिड्नीमा भब्य तिज कार्यक्रम सम्पन्न भयो। करिब तीन सय महिलाहरुको बाक्लो उपस्थितिमा तिजका भिन्न भाका र लयमा कम्मर मर्काउदै नेपाली आमा दिदी बहिनीहरुले तिजको रहर पुरा गरेका छन्।
सिड्नीको ग्रानभील अवस्थीत ब्लाउजा हलमा कचाकच भरिएको महिलाहरुको भिडले करिब चार घन्टा तिजका भिन्न भाकामा नाचगान गरेर रमाइलो गरेका थिए। प्रवासको ब्यस्त जिवनलाई थाँती राखेर नेपाली लोकलयमा धोको फुकाएर नाचेको दृष्य साच्चीकै हेर्न लायक थियो। नेपाली कला संस्कृतीलाई जोगाउने हाम्रो उद्देस्य अनुरुप महिलाहरुको माहन चाडलाई प्रवासमा पनि निरन्तरता दिने हाम्रो प्रयास हो, नारी निकुन्ज अस्ट्रेलियाकी उपाध्यक्ष दिपा खरेल सापकोटाले बताइन्।
नेपालको पुनःनिमार्णमा सहयोग पुर्याउने उद्देस्यले समेत आयोजना गरेको यो कार्यक्रममा सहभागि भइ सहयोग तथा सदभाव प्रकट गरिदिएकोमा उपाध्यक्ष सापकोटाले सबैलाई धन्यबाद दिइन। माइती र बाबु आमाको न्यास्रो मेट्ने भाकाका तिजका गित र आधुनीक तिजका भाकाले करिब चार घन्टा घन्केको कार्यक्रमबाट उठेको रकम भूकम्प प्रभावित क्षेत्रको पुन निमार्णमा खर्च गरिने उपाध्यक्ष सापकेाटाले जानकारी गराइन। सात समन्द्र पारी अस्ट्रेलियामा आएर पनि सामुहीक रुपमा तिजको मौका पारेर रमाइलो गर्न पाउनु सौभाग्यको बिषय भएको सहभागी गैह् आवासिय नेपाली संघकी केन्द्रीय सचिव रन्जु थापाले बताइन्।
उनले एनआरएनको अभियान अन्तर्गत महीला शसक्तीकरणको एउटा पाटोको रुपमा यो कार्यक्रम रहेको समेत बताउछीन्। यस्ता कार्यक्रमले हाम्रो समाजलाई जोड्ने र संस्कृती बचाउने काम गर्छ, सचिव थापाले नारी निकुन्जको कार्यको सह्रना गर्दै भनिन्।
0 comments
तपाईको प्रतिक्रिया फेसबूक कमेन्ट गर्नुहोस् अथवा यहाँ Click गर्नुहोस्
धेरै धेरै धन्यबाद छ हजुर लाइ यो पोस्ट पढी दिनु भएकोमा आगामी दिन मा आउदै गर्नु होला हजुर को पनि कथा कबिता मुक्कत छन् भने हामीलाई पठाउन नभुल्नु होला धन्यबाद म सबिता