ढकालले मनाए आश्रममा जन्मदिन

४ भदौ।
हेटौंडाका एक युवाले आफ्नो जन्मोत्सव मानवसेवा आश्रमलाई सहयोग गरेर मनाएका छन् । हेटौंडा–२ निवासी मकवानपुर जिल्ला खेलकुद विकास समितिका उपाध्यक्ष समेत रहेका दीपेन्द्र ढकालले आफ्नो ३२ औं जन्मोत्सव आश्रमलाई चामल र क्वा“टीका सामाग्री सहयोग गरेर मनाएका हुन् । शुक्रबार बिहानै श्रीमति इश्वरी कार्कीसहित मानवसेवा आश्रममा पुगेका उनले आश्रममा संयोजक रामजी अधिकारीलाई एक बोरा चामल र क्वा“टीका सामाग्री प्रदान गरेका हुन् ।
janmadin manavsewa aasramama
आश्रमले आगामी ७ गते मकवानपुरमा रहेका विभिन्न बाल आश्रम र बृद्धाश्रमा रहेका सम्पूर्णलाई एकै स्थानमा जम्मा गरेर विशेष कार्यक्रमका बीच क्वा“टी खुवाउने कार्यक्रम तय गरेको छ । सोही कार्यलाई सहयोग गर्ने उद्येश्यका साथ चामल र क्वा“टीका सामाग्री सहयोग गरिएको ढकालको भनाई छ । ‘जन्मदिन भन्दै अनेक खर्च गर्नुभन्दा आश्रमले गरेको कामलाई थोरै भएपनि सहयोग पुग्छ भन्ने सोचाईले यी सामाग्री सहयोग गरेको हु“’, ढकालले भने, ‘सबैले यस्ता विशेष दिनमा यस्ता संघसंस्थालाई सकेको सहयोग गर्नु आवश्यक छ ।’ विभिन्न कारणले सडकका पेटीहरुमा कष्टकर जीवन बिताउन बाध्य रहेकाहरुलाई आश्रमका अभियन्ताले उद्धार र पालनपोषण एवम् स्याहार सुसार गरिरहेका छन् । आश्रम यस्तै सहयोगी व्यक्ति एवम् संघसंस्थाको सहयोगबाट सञ्चालन भैरहेको आश्रमका संयोजक रामजी अधिकारीको भनाई छ ।

, , , , , ,

0 comments

तपाईको प्रतिक्रिया फेसबूक कमेन्ट गर्नुहोस् अथवा यहाँ Click गर्नुहोस्

धेरै धेरै धन्यबाद छ हजुर लाइ यो पोस्ट पढी दिनु भएकोमा आगामी दिन मा आउदै गर्नु होला हजुर को पनि कथा कबिता मुक्कत छन् भने हामीलाई पठाउन नभुल्नु होला धन्यबाद म सबिता