मुक्तकिला मनहरु दिदीबहिनी इजरायल
साहित्यलाई माया दिने आफ्नो दुख सुख खुसि सबै कुरा मुक्त बाट प्रवासमा बसेर आफू संग रहेका प्रतिभाहरुलाई एउटै मालामा उनि पाठक सामु ल्याउने उदेश्यले संचालित यो मुक्तकिला मनहरुको हप्ताको बिहिबार पोस्ट गरिन्छ इजरायलमा हुने नेपाली दिदीबहिनी हरुले मात्र मुक्तकिला मनहरुलाई हार्दिक धन्यवाद व्यक्त गर्दै साहित्यिक सलाम व्यक्त गर्न चाहान्छु । पोस्ट गर्ने क्रममा केहि गल्ती कमजोरीहरू हुन सक्छन् मन खोलेर सल्लाह सुझाब दिनु होला, धन्यवाद|
यी मुक्तकहरू यसप्रकार छन् >>>
यी मुक्तकहरू यसप्रकार छन् >>>
ह्रदयबाट नै भन्दैछु छैन कोहीसँग प्रतिकार
जीवन रंगिन हुन्थ्यो होला भएको भए चित्रकार
आशाको फूल फुलाउँदै पिडामा नि खुशी खोज्छु
नेता हुन सकिन र त छैन जीवनमा चमत्कार !!
>>>>>>>>>>>>>>>१) राधा भट्टराई
जीवन रंगिन हुन्थ्यो होला भएको भए चित्रकार
आशाको फूल फुलाउँदै पिडामा नि खुशी खोज्छु
नेता हुन सकिन र त छैन जीवनमा चमत्कार !!
>>>>>>>>>>>>>>>१) राधा भट्टराई
जीवन के हो चिन्न सकेमा मिल्छ सधै हाँसो
नचिन्नेलाई सुन्दर जीवन नै बनिदिन्छ पासो
बाँचुन्जेलसम्म मात्र हो महत्व हुने जीबनको
एकदिन त सबैले सुम्पिनु पर्छ दैबलाई नासो
>>>>>>>>>>>>>>>>२) निलम भुसाल
नचिन्नेलाई सुन्दर जीवन नै बनिदिन्छ पासो
बाँचुन्जेलसम्म मात्र हो महत्व हुने जीबनको
एकदिन त सबैले सुम्पिनु पर्छ दैबलाई नासो
>>>>>>>>>>>>>>>>२) निलम भुसाल
भूकम्प पिडितलाई त्रिपाल माथि हिउँको छानो छ
चिसो ओड्नु चिसै ओछ्याउनु हिउँकै न्यानो छ
हिमपातसंगै संघर्ष गरिरहेका छन रोग भोगमा डुबी
न त उपचार न पेट भर्ने एक मुठी तातो मानो छ .../
>>>>>>>>>>>>>>>>>३) राजकुमारी श्रेष्ठ
चिसो ओड्नु चिसै ओछ्याउनु हिउँकै न्यानो छ
हिमपातसंगै संघर्ष गरिरहेका छन रोग भोगमा डुबी
न त उपचार न पेट भर्ने एक मुठी तातो मानो छ .../
>>>>>>>>>>>>>>>>>३) राजकुमारी श्रेष्ठ
भाग्य भन्दा कर्ममा नै विश्वास गर्छु म
आफ्नै पौरख पाखुरीको आश गर्छु म
सुक्ष्म आकांक्षाका पखेटाहरु फर्फराउदै -
जिन्दगीमा खुशी रहने प्रयास गर्छु म !
>>>>>>>>>>>>>>>४) भगवती बस्नेत
आफ्नै पौरख पाखुरीको आश गर्छु म
सुक्ष्म आकांक्षाका पखेटाहरु फर्फराउदै -
जिन्दगीमा खुशी रहने प्रयास गर्छु म !
>>>>>>>>>>>>>>>४) भगवती बस्नेत
जीवन शुन्य पो हुने हो की लाग्दैछ डर
रोग-भोकले उजाड हुने हो की गाउँ घर
शान्तिका अग्रदुत जन्मेको हाम्रो देश तर
सधैंको कचिङ्गलले पर्नुपर्दैछ अरुको भर !!
>>>>>>>>>>>>>>>>५) सीमा सुबेदी
रोग-भोकले उजाड हुने हो की गाउँ घर
शान्तिका अग्रदुत जन्मेको हाम्रो देश तर
सधैंको कचिङ्गलले पर्नुपर्दैछ अरुको भर !!
>>>>>>>>>>>>>>>>५) सीमा सुबेदी
बदल तिम्रो त्यो जिद्दी स्वभाव बदल
हुनेछौ खुशी मनको तनाव बदल
तिमी त्यो सुन्दर भविष्य चाहन्छौ भने
तिम्रो जीवनको हिसाब किताब बदल
>>>>>>>>>>>>>>>>६) बिमला शर्मा ढुंगाना
हुनेछौ खुशी मनको तनाव बदल
तिमी त्यो सुन्दर भविष्य चाहन्छौ भने
तिम्रो जीवनको हिसाब किताब बदल
>>>>>>>>>>>>>>>>६) बिमला शर्मा ढुंगाना
मेरो हरेक संघर्षमा मायालु साथ दिएकिछौ
अभाबको मझेरीमा मुस्कुराउँदै जिएकिछौ
यो शुन्दर धर्तीलाई अझ सुन्दर बनाउन
मेरी प्यारी छोरी तिमीले जन्म लिएकीछौ
>>>>>>>>>>>>>>>>७) लक्ष्मी अनुरागी
अभाबको मझेरीमा मुस्कुराउँदै जिएकिछौ
यो शुन्दर धर्तीलाई अझ सुन्दर बनाउन
मेरी प्यारी छोरी तिमीले जन्म लिएकीछौ
>>>>>>>>>>>>>>>>७) लक्ष्मी अनुरागी
राजनीतिले भड्खालोमा जाक्यो नेपालीलाई
जन्मथलो छोडी मुग्लान डाक्यो नेपालीलाई
बिडम्बना यै छ हजुर लुट्नै खोज्छन सबै
भाइ फुट्दा बैरीले तीर ताक्यो नेपालीलाई ||
>>>>>>>>>>>>>>>>८) सावित्रा लुइँटेल घिमिरे
जन्मथलो छोडी मुग्लान डाक्यो नेपालीलाई
बिडम्बना यै छ हजुर लुट्नै खोज्छन सबै
भाइ फुट्दा बैरीले तीर ताक्यो नेपालीलाई ||
>>>>>>>>>>>>>>>>८) सावित्रा लुइँटेल घिमिरे
उठौ सबै युवा शक्ति जाग्नु पर्छ अब
राष्टको निर्माण तिर लाग्नु पर्छ अब
सबै जातिलाई एक मालामा गाँस्दै
एकतामा देश हाम्रो हाँक्नु पर्छ अब
>>>>>>>>>>>>९) कल्पना पौडेल ( जिज्ञासु)
राष्टको निर्माण तिर लाग्नु पर्छ अब
सबै जातिलाई एक मालामा गाँस्दै
एकतामा देश हाम्रो हाँक्नु पर्छ अब
>>>>>>>>>>>>९) कल्पना पौडेल ( जिज्ञासु)
विश्वासले भरिएको दिल सिसा सरी टुटाउनेलाई ,
भन्नुछैन केहि चोखो माया उपहासमा उडाउनेलाई |
जिन्दगीमा पहिलोपटक उसैसग सुन्दर सपना साँचे,
बधाईछ धेरै धेरै त्यो सपनाको महल फुटाउनेलाई ||
>>>>>>>>>>>>>१०) स्मृति राइ
भन्नुछैन केहि चोखो माया उपहासमा उडाउनेलाई |
जिन्दगीमा पहिलोपटक उसैसग सुन्दर सपना साँचे,
बधाईछ धेरै धेरै त्यो सपनाको महल फुटाउनेलाई ||
>>>>>>>>>>>>>१०) स्मृति राइ
दु:ख के हो परेपछी थाहा हुन्छ
मेहनेत केहो गरेपछी थाहा हुन्छ
सत्कर्म गरौँ , पुण्य यहि पाउछौ
स्वर्ग छ छैन त मरेपछी थाहा हुन्छ
>>>>>>>>>>>>>>>११) रजनी शर्मा
मेहनेत केहो गरेपछी थाहा हुन्छ
सत्कर्म गरौँ , पुण्य यहि पाउछौ
स्वर्ग छ छैन त मरेपछी थाहा हुन्छ
>>>>>>>>>>>>>>>११) रजनी शर्मा
आखाँमा आँसु सुकेपनी मनको सागर सुकेकोछैन
पिंडा लुकाउँछु भन्दा पनि उदाशिपन लुकेकोछैन
डर लाग्छ कुर्कुच्चा जस्तै चिरिन्छ की यो मन
नियतीले पाखा लगाए पनि शीर मेरो झुकेकोछैन !!
>>>>>>>>>>.>>>>>>१२) केशु पोखरेल ( खनाल )
पिंडा लुकाउँछु भन्दा पनि उदाशिपन लुकेकोछैन
डर लाग्छ कुर्कुच्चा जस्तै चिरिन्छ की यो मन
नियतीले पाखा लगाए पनि शीर मेरो झुकेकोछैन !!
>>>>>>>>>>.>>>>>>१२) केशु पोखरेल ( खनाल )
बिगतको चोटको ब्यथा हामी दुबैको उस्तै छ
पिडै पिडाले कोरेको कथा हामी दुबैको उस्तै छ
नमेट्न मिल्ने नफेर्न मिल्ने हामी बिचको सम्बन्ध
आ -आफ्नै मर्मको गाथा हामी दुबैको उस्तै छ।
>>>>>>>>>>>>>>>>>>१३) सबिता अधिकारी(घिमिरे)
पिडै पिडाले कोरेको कथा हामी दुबैको उस्तै छ
नमेट्न मिल्ने नफेर्न मिल्ने हामी बिचको सम्बन्ध
आ -आफ्नै मर्मको गाथा हामी दुबैको उस्तै छ।
>>>>>>>>>>>>>>>>>>१३) सबिता अधिकारी(घिमिरे)
बुझ्नै नसक्ने कूरा कती छन् कती!
पिड्युँ पछि छुरा कती छन् कती !!
हो मान्छेले मानवता बिर्सीए पछी !
छँदै बा,आमा टूहूरा कती छन कती!
>>>>>>>>>>>>>>>१४) मुना सिग्देल
पिड्युँ पछि छुरा कती छन् कती !!
हो मान्छेले मानवता बिर्सीए पछी !
छँदै बा,आमा टूहूरा कती छन कती!
>>>>>>>>>>>>>>>१४) मुना सिग्देल
पिरतीले घाँटी रेटी दिए उनले मेरो
आँसु पिलाई प्यास मेटी दिए उनले मेरो
कलि युगको देबी देवता स्वार्थी भएका छन्
बरदान हैन भेटि मात्र लिए उनले मेरो
>>>>>>>>>>>>>>१५) रेखा पन्त
आँसु पिलाई प्यास मेटी दिए उनले मेरो
कलि युगको देबी देवता स्वार्थी भएका छन्
बरदान हैन भेटि मात्र लिए उनले मेरो
>>>>>>>>>>>>>>१५) रेखा पन्त
तराई बल्यॊ पहाड बल्यो लड्यॊ जात जाति
जता ततै ढले सपुत नेपालीकै खति
एकल पहिचान भनि उफ्रे अवसरवादीहरु
पन्छाइ दिए जनताले ढले भत भति
>>>>>>>>>>>>>>१६) बबिता श्रेष्ठ
जता ततै ढले सपुत नेपालीकै खति
एकल पहिचान भनि उफ्रे अवसरवादीहरु
पन्छाइ दिए जनताले ढले भत भति
>>>>>>>>>>>>>>१६) बबिता श्रेष्ठ
हाँस्य कलाकार र मन्त्रीज्युको एकै हुन्न बोलि
जनताको भरोसामा नखेल नेताज्यू होली
राज्यको ढिकुटी स्वाह पार्ने डुगुरे मुसाहरु
सुन ए राष्ट्रघाती के गति होला देशको भोलि !!
>>>>>>>>>>>>>>>१७) अम्बिका याम्फु "अनमोल "
जनताको भरोसामा नखेल नेताज्यू होली
राज्यको ढिकुटी स्वाह पार्ने डुगुरे मुसाहरु
सुन ए राष्ट्रघाती के गति होला देशको भोलि !!
>>>>>>>>>>>>>>>१७) अम्बिका याम्फु "अनमोल "
सधैं हत्या हिंसा चल्छ बुद्ध को देशमा
सडकमा आगो बल्छ बुद्धको देशमा
स्वंयमको चाहाना पुरा गर्नलाई
पुर्खाको धरोहर ढल्छ बुद्धको देशमा
>>>>>>>>>>>>>>>१८) सानु पौडेल
सडकमा आगो बल्छ बुद्धको देशमा
स्वंयमको चाहाना पुरा गर्नलाई
पुर्खाको धरोहर ढल्छ बुद्धको देशमा
>>>>>>>>>>>>>>>१८) सानु पौडेल
आफ्नै बिचारका मालिक कति कति
यस्तै अहमताले बिग्रिएको छ मति!!
को भन्दा को कम छन् देंशका नेताहरू
यस्तै चाल हो भने के हुन्छ देशको गति !
>>>>>>>>>>>>>>>>१९) शान्ता खबास
यस्तै अहमताले बिग्रिएको छ मति!!
को भन्दा को कम छन् देंशका नेताहरू
यस्तै चाल हो भने के हुन्छ देशको गति !
>>>>>>>>>>>>>>>>१९) शान्ता खबास
खाली खुट्टा तुषारो माड्दै पाइला चाल्न सिकेको छु
थाप्लोमा भारी बोकेर चुलो बाल्न सिकेको छु
भुल्ने छैन आमा तिमीले दिएका अर्ति बुद्दी र उपदेश
त्यसैले त भत्केका घर आफैं टाल्न सिकेको छु
>>>>>>>>>>>>>>>>२०)सुभद्रा घिमिरे
थाप्लोमा भारी बोकेर चुलो बाल्न सिकेको छु
भुल्ने छैन आमा तिमीले दिएका अर्ति बुद्दी र उपदेश
त्यसैले त भत्केका घर आफैं टाल्न सिकेको छु
>>>>>>>>>>>>>>>>२०)सुभद्रा घिमिरे
खुशिमा झुमेको छु सदैब जमाउन पाए
असहाय हुँदा यिन्कै हात समाउन पाए
चाहिन्छ के अरु दुई वचन मिठो बोले त
सन्तानले दिने खुशी मा नै रमाउन पाए
>>>>>>>>>>>>>>२१) भवानी अधिकारि नेपाल
असहाय हुँदा यिन्कै हात समाउन पाए
चाहिन्छ के अरु दुई वचन मिठो बोले त
सन्तानले दिने खुशी मा नै रमाउन पाए
>>>>>>>>>>>>>>२१) भवानी अधिकारि नेपाल
बिना को जीवन एक्लै के गर्नु बाचेर पनि!!
कसरी पुरा होलान देखेका सपना साचेर पनि!!
तिमि छौ क्षितिज पारि म भन्दा कयौ कोस टाडा @
मूल्य यहाँ के हुन्छ र;; तिमिबिना हासेर पनि!!
>>>>>>>>>>>>>>२२) निशा क्षेत्री कटुवाल
कसरी पुरा होलान देखेका सपना साचेर पनि!!
तिमि छौ क्षितिज पारि म भन्दा कयौ कोस टाडा @
मूल्य यहाँ के हुन्छ र;; तिमिबिना हासेर पनि!!
>>>>>>>>>>>>>>२२) निशा क्षेत्री कटुवाल
कतै लुटमारछ कतै बफादारछ
दुधको साछी बिरालो खबदारछ
खोक्रो भाषण र झुटो आस्वासनले
हेर्नुस,न सबै जनताहरु दिक्दारछ
>>>>>>>>>>>>>>>२३) नाना रोदुंग
दुधको साछी बिरालो खबदारछ
खोक्रो भाषण र झुटो आस्वासनले
हेर्नुस,न सबै जनताहरु दिक्दारछ
>>>>>>>>>>>>>>>२३) नाना रोदुंग
मेरो जस्तै कोमल मुटु उन्को पनि भैदिए
आँशु संगै भए भरको सबै पीडा लैदिए
अतित सम्झी किन यस्तो पिरोलिनु पर्थ्यो
कास! सधैं हाम्रो त्यही वालापन रै'दिए ।
>>>>>>>>>>>>>>>२४) दिया तिवारी
आँशु संगै भए भरको सबै पीडा लैदिए
अतित सम्झी किन यस्तो पिरोलिनु पर्थ्यो
कास! सधैं हाम्रो त्यही वालापन रै'दिए ।
>>>>>>>>>>>>>>>२४) दिया तिवारी
सधैँ हाँस्छु बेली,चमेली भएर
उज्यालो म पार्छु ,उजेली भएर
पठाउछु खुसीले,शुभेच्छा घरैमा
कुरा गर्छु माता,सहेली भएर ll
>>>>>>>>>>>>>>>२५) सानु खतिवडा
उज्यालो म पार्छु ,उजेली भएर
पठाउछु खुसीले,शुभेच्छा घरैमा
कुरा गर्छु माता,सहेली भएर ll
>>>>>>>>>>>>>>>२५) सानु खतिवडा
लुटपाट घरमा होस् या खेतमा खजाना त आखिर देशकै खाली हुन्छ
मान्छेहरुको एक हुल सडकमा उत्रेपछि प्रजातन्त्र माथी गाली हुन्छ !
तेसैले ए सुट बुट धारी बर्दीवालाहरु हो चौकिदार बनेर लुट्न बन्द गर
याद राख तिमी त केवल सेवक मात्रै हौ लोकतन्त्रमा जनता नै माली हुन्छ !!
>>>>>>>>>>>>>>>>>>>२६) लिला रिजाल
मान्छेहरुको एक हुल सडकमा उत्रेपछि प्रजातन्त्र माथी गाली हुन्छ !
तेसैले ए सुट बुट धारी बर्दीवालाहरु हो चौकिदार बनेर लुट्न बन्द गर
याद राख तिमी त केवल सेवक मात्रै हौ लोकतन्त्रमा जनता नै माली हुन्छ !!
>>>>>>>>>>>>>>>>>>>२६) लिला रिजाल
0 comments
तपाईको प्रतिक्रिया फेसबूक कमेन्ट गर्नुहोस् अथवा यहाँ Click गर्नुहोस्
धेरै धेरै धन्यबाद छ हजुर लाइ यो पोस्ट पढी दिनु भएकोमा आगामी दिन मा आउदै गर्नु होला हजुर को पनि कथा कबिता मुक्कत छन् भने हामीलाई पठाउन नभुल्नु होला धन्यबाद म सबिता