चैत्र १६, २०७२ काठमाडौं,– नेपाल वादोरियो कराते संघले संचालन गरेको ग्रेडिङ्गबाट १९ जना खेलाडी दिक्षित भएका छन् । उनीहरूलाई १९औँ दिक्षान्त समारोहमा विभिन्न डानको प्रमाणपत्र बितरण गरिएकोे हो । नेपाल कराते महासंघको महासचिवसमेत रहेका प्रमुख प्रशिक्षक हरिशरण के.सि.अनुसार चार जनाले चौथो डान, चार जनाले तेस्रो डान, आठ जनाले दोस्रो डान र तिन जनाले पहिलो डान प्राप्त गरे । चौथो डान प्राप्त गर्नेमा उदयपुरका सुर्यकुमार राई, सिन्धुपाल्चोकका चित्रप्रसाद श्रेष्ठ, सिन्धुलीका रमेश ढुङ्गेल र सन्तोष माझी छन् । दोलखाका सिमोन खत्री, रौतहटका बिष्णुलाल श्रेष्ठ, सुनसरीकि बुनु राई र दोलखाका नेत्रबहादुर भुजेल तेस्रो डानमा पदोन्नति भए । दोस्रो डानबाट दिक्षित हुनेमा काभ्रेका लक्ष्मण तामाङ, रौतहटका शम्भु चौधरी, काठमाडौंकी रोएक्ता सिंह, काभ्रेका निमा तामाङ, नुवाकोटका मनोज लामा, ओखलढुंगाका मोहन तामाङ, काठमाडौंकी पुजा गुरुङ्ग र सिन्धुलीका पुरुशोत्तम पोखरेल छन् । यसैगरी रौतहटका बिक्रम राई नुवाकोटकि कृश्चला लामा र नुवाकोटका जोगमेहर लामाले पहिलो डान पाए । साभार =नेत्रबहादुर भुजेल
नेपाल वादोरियो कराते संघले संचालन गरेको ग्रेडिङ्गबाट १९ जना खेलाडी दिक्षित भए
0 comments
तपाईको प्रतिक्रिया फेसबूक कमेन्ट गर्नुहोस् अथवा यहाँ Click गर्नुहोस्
धेरै धेरै धन्यबाद छ हजुर लाइ यो पोस्ट पढी दिनु भएकोमा आगामी दिन मा आउदै गर्नु होला हजुर को पनि कथा कबिता मुक्कत छन् भने हामीलाई पठाउन नभुल्नु होला धन्यबाद म सबिता