मुक्तकिला मनहरुले लेख्नु भएका मुक्तकहरु इजरायलका दिदीबहिनीहरुको



 साहित्यिक मनहरुमा !
सदाको बिहिबार झैँ आज पनि मुक्तकिला मनहरुले लेख्नु भएका मुक्तकहरु लिएर
म यहाँहरु माझ आएकीछु ! कमी कमजोरी मनग्गे होलान , साहित्यिक मनहरुबाट सल्लाह ,सुझाब हौसलाको अपेक्षा गर्दछु !!
...............
एक
.......
कोहि आई बास गर्यो मनको दहमा
हलचल गराई गयो मुटुको तहमा
सगरमा हेर्छु आँखाको गहीराई नाप्छु
न भेटे कतै न देखे कतै न पाएँ गहमा !!
राधा भट्टराइ
ईटहरी
>>>>>>>>>>>>>>
दुई
......
भो मलाई अब नबोलाउ आफ्नै बाटो जान्छु म त
दु:ख गरी आफ्नै ठाउँमा खोले फाँडो खान्छु म त
भाग्यमा रहेनछ भेट्न तिमीलाई लेखेको भन्दै
दुरी टाढा भए पनि भगवान सरी ठान्छु म त !!
राजकुमारी श्रेष्ठ (क्षितिज पारी )
गोरखा -हाल इजरायल
>>>>>>>>>>>>>>>>
तीन
.........
बुझ्न चाहेन उसले जन्मको बन्धनलाई
सुनेन जीवन भरी आमाको क्रन्दनलाई
अर्कैको कुरामा भात्काएछ आफ्नै मझेरी
अझै चिन्न सकेन श्रीखण्ड चन्दनलाई !!
लक्ष्मी अनुरागी
बोहोराटार काठमाडौँ
>>>>>>>>>>>>>>
चार
..........
असल भन्दा पनि मान्छे खराब कति कति
बिना गल्ती दिन्छन् यहाँ दबाव कति कति
जीन्दगीका पानाहरु पल्टाएर हेर्दा खेरी
देखें मैले नमिलेका हिसाब कति कति !!
बिमला शर्मा ढुंगाना
काठमाण्डौ
हाल :- ईजरायल
>>>>>>>>>>>
पाँच
.........
प्रभाती किरणले फूललाई छोईदिंदा
बर्षाले मनका रंगिन सपना धोईदिंदा
कति पिडा हुन्छ होला त्यो कोमल मुटुमा
मैले आशु झारेर तिम्रो सामू रोईदिंदा !!
तारा कट्टेल
झापा
>>>>>>>>>>>>>>>

..........
जिन्दगीले जति ठक्कर दिए पनि सहेको छु
तालजस्तो जम्दिन म नदिसरी बगेको छु !
धर्तिभै हेर्दै छु म सारा तिम्रो गतिबिधि-
देख्ने छैनौ महसुस गर पवनभै बहेको छु !!
भगवती बस्नेत
काठमाण्डौ
>>>>>>>>>>>
सात
.........
आँखा भरी तस्विर त्यही मन भित्र हलचल हुन्छ
हाम्रो छुट्टै संसार भित्र पिरतीको महल हुन्छ
मेरो जिउने आधार अनि मेरो सारा संसार हजुर
हजुर मेरो साथ हुँदा हर प्रहर सफल हुन्छ !!
सावित्रा लुइँटेल घिमिरे
झापा -बिर्तामोड
>>>>>>>>>>>>>>>
आठ
...........
सपना साकार उनैका हुन्छन् जसले परिश्रममा बिस्वास गर्छन्
आंफ्ना लागि मात्र नभई सबैमा खुसियालीको आभाष छर्छन्
जिन्दगीको उकाली ओरालीमा सधै एकनास चाही हुदैन रहेछ
सम्हालिनु पर्छ हरेक मोडमा बाधाहरु त मोडैपिच्छे आई पर्छन् !!
●●●●नीलम भुसाल●●●●
भरतपुर-2 चितवन
हाल- इजरायल
>>>>>>>>>>>>>>>>
नौ
.......
जव हाम्रो सम्बन्धमा थोरै दूरी बढ्यो
अनी हेर ति शत्रुका चुरि-फुरी बढ्यो
मैले बुझ्न सकिन की तिमीले बुझेनौ
थाहा छैन मनमा किन यस्तो हुरी बढ्यो।।
दिया चापागाई
पर्बत
हाल :- ईजरायल
>>>>>>>>>>>>>>
दश
..............
थाहा छ धर्तीमा छु, आकासलाई भेट्दिन म
भो पुग्यो मलाइ, अब कुनै शपना देख्दिन म
हे मेरा मनका तरंगहरु , मलाई बगार लैजा
अब तलाई कुनै पनि बन्धनले छेक्दिन म !!
स्वेता खरेल
झापा
>>>>>>>>>>>>
एधार
.........
पिरतीको हावाहुरी चाल्न थाल्यो मनमा
अतितका ज्वालाहरु बल्न थाल्यो मनमा
बेचैनीले आज भोली जेल्न थाल्यो सारै नै
जिद्दीपनका खम्बाहरु ढल्न थाल्यो मनमा !!
सुलोचना दाहाल
बिराटनगर
>>>>>>>>>>>
बाह्र
........
कसम तिम्रो माया तराजुमा जोख्न सक्दिन म
चाहेरनी मेरा मनका व्यथा पोख्न सक्दिन म
छामी हेर तिम्रो मुटु म कति माया गर्छु तिमीलाई
कसम आँधी जस्तै मनको बेग रोक्न सक्दिन म !!
केशु पोखरेल भरतपुर - चितवन
>>>>>>>>>>>>>>>>
तेह्र
........
मनको राजा भेट्नलाई चरी बनी आउँनु प्रिया
सधैं भरी सपनीमा परी बनी आउँनु प्रिया
बिना बादल बैशाख जेठको खडेरीमा पनि
हर्षका साथ रुझाउने झरी बनी आउँनु प्रिया !!
सुभद्रा घिमिरे
ललितपुर
सुभद्रा घिमिरे
ललितपुर
>>>>>>>>>>>>>>>>>>>>>>
चौध
......
छिनेको सारंगी को तार बनायौ
नभेट्ने नदीको किनार बनायौ
राजगद्दी र सन्यासी भाबीको खेल
दुख पीर दर्द भाको निधार बनायौ !!
.
रेखा पन्त गोर्खा
हाल इजरायल
>>>>>>>>>>>>>>>>>>>>>
पन्ध्र
.........
कस्तो आयो चलन चल्ती यहाँ
भर्छन सबै आफ्नै खल्ती यहाँ
बुझेर पनि बुझ पचाउँछन् किन ?
बारम्बार डोर्याउँछन गल्ति यहाँ !!
सीमा सुबेदी
ललितपुर नेपाल
>>>>>>>>>>>>>
सोह्र
........
पैसा कमाउन मान्छे जिन्दगी दाउ मा लगाउँछ
फेरी पाउन त्यै जिन्दगी पैसा सखाप बनाउँछ
बाँच्छ यसरी सान ले लाग्छ उ कहिल्यै मर्दैन
मर्दा यसरी मर्दछ सारा अस्तित्व नै बगाउँछ !!
-बबिता(A) सितापाइला काठमाण्डौ
>>>>>>>>>>>>>>>>>>>>>>>>
सत्र
.......
फरक केही होला र नङ उस्तै खुर उस्तै
लाग्छ अपनत्व नभए नजिक उस्तै दुर उस्तै
बेमेल धनले कि मनले गरायो अन्योल परिरहेछु
देखिन परिवर्तन आफुमा चाल उस्तै शुर उस्तै !!
भबानी अधिकारी नेपाल
हाल :- ईजरायल
>>>>>>>>>>>>>
अठार
.........
मान्छेहरु भन्छन शंकाले लंका जलाउँछ
हो साँच्चै विश्वासले नै संसार चलाउँछ
तर पुग्नु पर्ने भविष्यको ठाँऊ सोचेर हेर्दा,
वर्तमानमा हिड्नु पर्ने बाटोले मनै गलाउँछ !!
आम्विक याम्फु "अनमोल "
काठमान्डौ नेपाल
हाल ईजरायल
>>>>>>>>>>>>>>>>>>>
उन्नाईस
.............
भुईचालोले चर्किएको मेरो सानो घर थियो
त्यहि माथी चौतारीमा पिपल सँगै बर थियो
अनायसै यहाँ हुरी वतास आई उढाएर लग्यो
बा+ आमा बस्ने विस्वासीलो एउटा भर थियो !!
शान्ता खवास
झापा
हाल : इजरायल
>>>>>>>>>>>>
बिस
.......
तिम्रो लागि खुसि बोकी आउँनेछु केहिदिनमा
मनको गाठो खोल्न पाउँनेछु केहिदिनमा
प्रदेशको दुख सुख तीतोसत्य सबै बिस्तारै
कस्तो हुँदोरहेछ पिडा सुनाउँनेछु केहिदिनमा !!
सबिता अधिकारी( घिमिरे)
लमजुङ हाल इजरायल
सबिता अधिकारि [ घिमिरे ]
हाल :- ईजरायल
>>>>>>>>>>>>>
एक्काईस
..............
सबैलाई खुसी मिल्थ्यो संसारमा यसरी नै
यि आँसुको मुल्य भए बजारमा यसरी नै
सोच्छु दिन र रात कहाँ पुगेर अडिएला
म जस्तै बगिरहेछ हतारमा यसरी नै !!
मुना सिग्देल
मोरँग उर्लाबारी
हाल - ईजरायल
>>>>>>>>>>>
बाईस
.......
भिरमा फूल्ने गुँरास बेलिमा खोज्छौ अरे
मेरो मनको अत्तर चमेलिमा खोज्छौ अरे
खुल्ला गगनमा चम्किला सीतारा संगै
हृद्यको गहिराई परेलीमा खोज्छौ अरे ||
-सानु खतिवडा
हेटौडा
हाल :- ईजरायल
>>>>>>>>>>>>>
तेईस
.........
बेहिसाब पर्बाह नै नगरी प्रेमको प्याला पिउँन खोज्छन
खाएर धोका छिया छिया भएपछि फाटेको मन सिउँन खोज्छन
कहाँ सुन्छन र अरुका कुरा बसेकाछन मनभित्र ठुलो भ्रम पालेर
समझदार त म मात्र छु बाँकी सब बेकम्मा सम्झेर जिउँन खोज्छन !!
लिला सुबेदी
काठमाण्डौ
>>>>>>>>>>>>>
चौबिस
........
पिडा भयो तड्पी बाँच्दा दैब मृत्यु मलाई देऊ
आगो लाउछु आफै बरु लौन कोही सलाई देउ
पल पल मरेर म बाँचेकी छु यो संसारमा
एकै चोटी दुखोस बरु साच्चै भन्छु जलाई देउ
कल्पना पौडेल 'जिज्ञासु'
गैडाकोट ४ नवलपरासी
हाल :- ईजरायल !!
>>>>>>>>>>>>>>>>>

,

0 comments

तपाईको प्रतिक्रिया फेसबूक कमेन्ट गर्नुहोस् अथवा यहाँ Click गर्नुहोस्

धेरै धेरै धन्यबाद छ हजुर लाइ यो पोस्ट पढी दिनु भएकोमा आगामी दिन मा आउदै गर्नु होला हजुर को पनि कथा कबिता मुक्कत छन् भने हामीलाई पठाउन नभुल्नु होला धन्यबाद म सबिता