विधवा बुहारीको विवाह गरिदिने सासु अभिनन्दित




विधवा बुहारीको विवाह गरिदिने सासु अभिनन्दित

गुल्मी। विधवा बुहारीलाई छोरी मानेर विवाह गरिदिने सासुलाई गुल्मीका अधिकारकर्मी महिलाले अभिनन्दन गरेका छन्। रेसुङ्गा नगरपालिका २ बाघमारे निबासी लक्ष्मी नेपालीले आफ्नो जेठो छोराको मृत्य भएपछि बुहारी उषाको विवाह गरिदिएर समाजमा उदाहरणीय काम गरेको भन्दै उनलाई अभिनन्दन गरिएको हो।
अमरकल्याण महिला विकास बुहुउद्देश्यीय सहकारी संस्थाको समन्वयमा अखिल नेपाल महिला संघ, अखिल नेपाल महिला संघ (क्रान्तिकारी) एकल महिला समूह, दलित महिला संघ, सञ्चारिका समूह, संघर्षशील महिला बन गुल्मीले आयोजना गरेको कार्यक्रममा गुल्मीका सांसद कमला विश्वकर्मा र प्रमुख जिल्ला अधिकारी प्रदिपराज कँडेलले लक्ष्मी नेपाली र श्रीमान इश्वरी नेपालीलाई अभिनन्दन गर्नुभएको हो।
Laxmi 11
२०६३ साल असारमा आफ्ना छोरा प्रदिप नेपालीसँगै घर भित्रिएकी बुहारी विधुृवा भएपछि छोरी उनको उज्वल भविष्यको कामना गर्दै लक्ष्मीले धुर्कोट रजस्थल १ का आशिष नेपालीसँग विवाह गरीदिएकी थिईन्। बुहारीको विवाह गरीदिने नेपाली दम्पतीलाई सम्मान गर्दै सांसद विश्वकर्माले सामाजिक रुपमा उदाहरणीय काम गरेकोमा बधाई दिनुभएको थियो।
समाज परिवर्तनका लागि भूमिका निर्वाह गर्ने नेपाली दम्पत्ती जस्तै अन्य व्यक्तीलाई पनि नागरिक अभिनन्दन सहित सम्मान गरेर काम गर्ने हौसला राज्यले पनि बढाउनुपर्ने उहाँको भनाइ थियो। ‘बुहारीलाई छोरी मानेर विवाह गरीदिने सासु नेपालमा छैनन्। लक्ष्मीले हिम्मत साथ बुहारीको दोस्रो विवाह गरीदिएर देश विदेशमा राम्रो सन्देश गएको छ, उहाँले भन्नुभयो। उषाको जस्तै विवाह भएको छोटो समयमै विधवा बनेका बुहारीहरूलाई लक्ष्मीले जस्तै अर्को घरबारको व्यवस्था गरीदिनुपर्ने सांसद कमला विश्वकर्माको भनाइ छ।
बुहारी विवाह गरीदिने सासुका बारेमा महिला खबरमा समाचार आएपछि आफूहरूले नागरिक अभिनन्दन कार्यक्रम गरी सम्मान गरेको संयोजक संस्था अमर कल्याणकी अध्यक्ष गंगा थापाले बताउनुभयो।
उहाँले समाजमा उदाहरणीय काम गर्नेलाई प्रोत्साहन गर्नुपर्ने बताउनुभयो। गुल्मी जिल्लाका अधिकारकर्मी महिलाले सामाजिक रुढीवादी परम्परा र कु संस्कारविरुद्धमा आँट र साहस बटुलेर विधुवा बुहारीको विवाह गरीदिने सासु र ससुरालाई समाज परिवर्तनको वाहकका रुपमा नागरिक अभिनन्दनसहित सम्मान गरीएको ती संघ संस्थाका प्रतिनिधिले बताए।
छोराको मृत्युपछि कलिलै उमेरमा विधवा बनेकी बुहारीको मेहनेत, माया र ममताका कारण भविष्यको चिन्ता लागेर आफूले छोरीजस्तै मानेर विवाह गरीदिएको सासु लक्ष्मीले बताउनुभयो। ‘अहिले त उनीहरूको जीवन राम्रोसँग चलेको छ, २ वर्षको नाति पनि छ’ उहाँले भन्नुभयो ।
कार्यक्रममा उषाले आफ्नो दाम्पत्य जीवन खुसी साथ चलेको बताउनुभयो। उषाले भन्नुभयो ‘अहिले बाबु जन्मिएको छ, हामी निकै खुसी छौँ’ पहिलाको घरमा माइती सम्झेर आउने जाने गरीरहन्छु।’/mahilakhabar.

,

0 comments

तपाईको प्रतिक्रिया फेसबूक कमेन्ट गर्नुहोस् अथवा यहाँ Click गर्नुहोस्

धेरै धेरै धन्यबाद छ हजुर लाइ यो पोस्ट पढी दिनु भएकोमा आगामी दिन मा आउदै गर्नु होला हजुर को पनि कथा कबिता मुक्कत छन् भने हामीलाई पठाउन नभुल्नु होला धन्यबाद म सबिता