नेपाली कांग्रेसको संसदीय दलको नेतामा पार्टी सभापति शेरबहादुर देउवा निर्वाचित


12963872_1044854722265568_5285005264383269629_n
सबिता अधिकारी
काठमाडौं चैत्र २४, २०७२- नेपाली कांग्रेसको संसदीय दलको नेतामा पार्टी सभापति शेरबहादुर देउवा निर्वाचित भएका छन् । बरिष्ठ नेता रामचन्द्र पौडेललाई ७२ मत अन्तरले पराजित गर्दै उनी निर्वाचित भएका हुन् ।
देउवाले १ सय ३९ मत पाए भने पौडेलका पक्षमा ६७ मत पर्‍यो । जम्मा २०७ कांग्रेस सांसद रहेकामा अस्वस्थ भएका नरहरि आचार्यबाहेक सबै सांसदले मतदान गरेका थिए । पार्टी छोडेको घोषणा गरेका सुरेन्द्र चौधरीले पनि मतदान गरेका थिए ।
पार्टी सभापतिमा पनि देउवाले पौडेललाई नै पराजित गरेका थिए । संविधानसभापछि भएको संसदीय दलको निर्वाचनमा देउवा तत्कालीन सभापति सुशील कोइरालासँग १६ मतले पराजित भएका थिए । सुशीलको निधन भएपछि दलको नेता खालि थियो ।
पहिलो संविधानसभामा भने संसदीय दलमा पाैडेलले देउवालाई पराजित गरेका थिए ।

, , ,

0 comments

तपाईको प्रतिक्रिया फेसबूक कमेन्ट गर्नुहोस् अथवा यहाँ Click गर्नुहोस्

धेरै धेरै धन्यबाद छ हजुर लाइ यो पोस्ट पढी दिनु भएकोमा आगामी दिन मा आउदै गर्नु होला हजुर को पनि कथा कबिता मुक्कत छन् भने हामीलाई पठाउन नभुल्नु होला धन्यबाद म सबिता