निःशुल्क शिक्षा आजको आवश्यकताः उपराष्ट्रपति




निःशुल्क शिक्षा आजको आवश्यकताः उपराष्ट्रपति

काठमाडौँः उपराष्ट्रपति नन्दबहादुर पुनले सबै बालबालिकालाई शिक्षामा सर्वसुलभ र समान पहुँच पुर्याउन निःशुल्क शिक्षाको आवश्यक भएको बताएका छन् ।
कीर्तिपुर नगरपालिका–८ चम्पादेवी गोदामचौरस्थित बाघभैरव माविको स्वर्ण महोत्सवका अवसरमा शनिबार आयोजित कार्यक्रममा उपराष्ट्रपति पुनले सामुदायिक विद्यालयको शैक्षिकस्तर सुधार्नसमेत निःशुल्क शिक्षा आवश्यक रहेकामा जोड दिए ।

पुनले निःशुल्क शिक्षा नभएसम्म सबै बालबालिकाको शिक्षामा समान पहुँच नपुग्ने बताए ।
‘सामुदायिक विद्यालय सङ्कटबाट गुज्रिरहेका छन्’, उनले भने, ‘शैक्षिक अवस्थाको सुधारका लागि आगामी बजेटमा शिक्षा क्षेत्रमा यथेष्ट बजेट छुट्याउन अर्थमन्त्रीको ध्यानाकर्षण गराएको छु ।’
सोही अवसरमा उपराष्ट्रपति पुनले विद्यालयको पूर्वप्रावि कक्षाको उद्घाटन तथा स्वर्ण महोत्सव स्तम्भको शिलान्यास गरे ।
कार्यक्रममा विद्यालयका संस्थापक शिक्षक, व्यवस्थापन समितिका पूर्व अध्यक्षहरु, पूर्व प्रधानाध्यापकहरु, दाताहरुलाई प्रशंसापत्र तथा सम्मानपत्र वितरण गरिएको छ ।
कार्यक्रममा क्षेत्र नं १० का सांसद राजेन्द्रकुमार केसीले सांसद विकास कोषबाट विद्यालयलाई दुई लाख सहयोग गर्ने घोषणा गरे ।
महोत्सव आयोजक समितिका संयोजक राधाकृष्ण बस्नेत, प्रधानाध्यापक शिवहरि गिरीलगायतले विद्यालयका कार्यक्रम तथा योजनाबारे जानकारी दिए । रासस

, ,

0 comments

तपाईको प्रतिक्रिया फेसबूक कमेन्ट गर्नुहोस् अथवा यहाँ Click गर्नुहोस्

धेरै धेरै धन्यबाद छ हजुर लाइ यो पोस्ट पढी दिनु भएकोमा आगामी दिन मा आउदै गर्नु होला हजुर को पनि कथा कबिता मुक्कत छन् भने हामीलाई पठाउन नभुल्नु होला धन्यबाद म सबिता