ईदमा सार्वजनिक बिदा दिने सरकारको निर्णय

ईदमा सार्वजनिक बिदा दिने सरकारको निर्णयकाठमाडौं– सरकारले मुस्लिम धर्मावलम्बीको पर्व ईदमा जेठ २३ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ।

बिहीबार मन्त्रिपरिषदका निर्णय सार्वजनिक गर्दै सञ्चार तथा सूचना प्रविधि मन्त्री एवं सरकारका प्रवक्ता गोकुल बाँस्कोटाले मुस्लिम समुदायको ठूलो पर्व ईद उल फित्रको अवसरमा जेठ २३ मा बिदा निर्णय भएको बताए। 
ईदमा बिदाको माग गर्दै मुस्लिम संघका प्रतिनिधिले केही दिनअघि मात्रै प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गरेका थिए। भेटमा ओलीले आफूले बिदाको विषयमा पुनर्विचार गर्ने आश्वासन दिएका थिए। बिदाका लागि मुस्लिम आयोगले समेत सिफारिस गरेको थियो। 
यस्तै, सरकारले लुम्बिनी विकास कोषका सदस्य सचिव विष्णुप्रसाद ढकाललाई पदबाट हटाउने निर्णय गरेकाे छ।

0 comments

तपाईको प्रतिक्रिया फेसबूक कमेन्ट गर्नुहोस् अथवा यहाँ Click गर्नुहोस्

धेरै धेरै धन्यबाद छ हजुर लाइ यो पोस्ट पढी दिनु भएकोमा आगामी दिन मा आउदै गर्नु होला हजुर को पनि कथा कबिता मुक्कत छन् भने हामीलाई पठाउन नभुल्नु होला धन्यबाद म सबिता