लोकतान्त्रिक आन्दोलन सफल भएको आठ वर्ष पूरा, अझै बनाउन सकिएन संविधान -

काठमाडौं, वैशाख ११ । ऐतिहासिक लोकतान्त्रिक आन्दोलन सफल भएको आज आठ वर्ष पूरा भएको छ । यस युगान्तकारी दिनमा इमेज च्यानल परिवार समस्त ज्ञात अज्ञात शहीदप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै लोकतान्त्रिक आन्दोलनका क्रममा घाइते भई अझै उपचाररत योद्धाहरुको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछ ।
२०६२ सालको चैत २६ गतेबाट सुरु भई १९ दिनपछि आन्दोलनले सफलता प्राप्त गरेको दिनको सम्झनामा आज यो दिवस मनाईदै छ । यसका लागि सरकारले सार्वजनिक विदा पनि दिएको छ । तात्कालीन राजा ज्ञानेन्द्र शाहले जननिर्वाचित प्रधानमन्त्रीलाई बर्खास्त गरी सत्ता र शक्ति आफ्नो हातमा लिएपछि नेपाली कांग्रेससहितका तात्कालीन सात दलले विघटित प्रतिनिधि सभा पुनस्र्थापनाको माग बोकेर सडकमा ओर्लिएका थिए ।
कांग्रेसका तात्कालीन सभापति दिवंगत गिरिजाप्रसाद कोइरालाको यो अडानले यहि दिन अर्थात् बैशाख ११ गते पूर्ण रुप पाएको थियो । जनताको हातमा आफूले लिएका सबै शक्ति र सत्ता फर्काउन राजा ज्ञानेन्द्र सहमत भएपछि आन्दोलन टुंग्एिको थियो । ०६२–६३ मा भएको जनआन्दोलनमा २५ जना नेपाली सपूतले जीवन वलिदान दिए भने थुप्रै घाइते भए ।
राजा ज्ञानेन्द्रले मुलुकमा निरंकुश शासन लादेपछि विपरीत ध्रुवमा मुख फर्काएर बसेका संसदवादी सात राजनीतिक दल र माओवादी दिल्ली सम्झौतापछि एउटै विन्दुमा उभिएर लोकतान्त्रिक आन्दोलन सुरु भएको थियो ।
भारतको दिल्लीमा सात दल र माओवादीबीच निरंकुश राजतन्त्र अन्त्य गरी लोकतन्त्र स्थापना गर्न १२ बुँदे समझदारी भएपछि अगाडि बढेको शान्तिपूर्ण आन्दोलनमार्फत् नेपालीले लोकतन्त्र प्राप्त गरेका हुन् । २०६२ चैतमा आह्वान गरिएको शान्तिपूर्ण आन्दोलनका अगाडि राजाले घुँडा टेकेपछि नेपाली जनताको जीत भएको थियो ।
यसक्रममा २०६४ सालमा संविधानसभाको चुनाव भई बसेको संविधानसभाको पहिलो बैठकले २०६५ साल जेठ १५ गते मुलुकबाट अढाई सय वर्षको इतिहास बोकेको राजतन्त्र सदाका लागि अन्त्य भएको घोषणा ग¥यो । यो घोषणासँगै राजा ज्ञानेन्द्रले राजाहरुको निवास अर्थात् नारायणहिटी दरवारबाट बिदा लिए ।
अर्कातिर एक दशक लामो माओवादी सशस्त्र युद्धले शान्तिपूर्ण राजनीतिक मोड लिएको समय पनि यही थियो । यद्यपि, आठ वर्षको यस अन्तरालमा पनि संविधानसभाले संविधान बनाउन सकेको छैन । बरु दोस्रो पटक संविधानसभाको निर्वाचन गरिएको छ । तर सत्य निरुपण तथा मेलमिलाप, वेपत्ता छानबीन आयोग गठन, युद्धकालमा लूटिएका नागरिकका घरजग्गा फिर्ता र द्वन्द्व पीडितहरुको पुनस्र्थापना जस्ता काम आठ वर्ष बित्दा पनि हुन सकेका छैनन् ।
लाखौं जनता १९ दिनसम्म सडकमा ओर्लिएपछि राजाको निरंकुश शासन ढलेको खुशियाली आठ वर्षसम्मको यस अवधिमा दलका नेताहरुको चरम सत्तालिप्साको राजनीतिले क्रमशः फिका बनाउँदै लगेको देखिँदैछ
-

0 comments

तपाईको प्रतिक्रिया फेसबूक कमेन्ट गर्नुहोस् अथवा यहाँ Click गर्नुहोस्

धेरै धेरै धन्यबाद छ हजुर लाइ यो पोस्ट पढी दिनु भएकोमा आगामी दिन मा आउदै गर्नु होला हजुर को पनि कथा कबिता मुक्कत छन् भने हामीलाई पठाउन नभुल्नु होला धन्यबाद म सबिता