अभिषेक-ऐश्वर्या दुबै एकअर्काका पहिलो रोजाई थिएनन् प्राय मानिसहरु भन्छन्, आफ्नो पहिलो माया कहिले भुल्न सकिँदैन

अभिषेक-ऐश्वर्या दुबै एकअर्काका पहिलो रोजाई थिएनन् प्राय मानिसहरु भन्छन्, आफ्नो पहिलो माया कहिले भुल्न सकिँदैन तर बलिउडका दुई दुई ठूला हस्ती अभिषेक बच्चन र ऐश्वर्या राय बच्चनले यस कुरालाई अस्वीकार गरेका छन् ।
दुबैजनाको विहे भएको ७ साल भइसकेको छ, दुबैजना अहिले छोरी आराध्या बच्चनका साथ खुसीसाथ बसिरहेका छन् । अहिले मानिसहरु उनीहरुलाई बलिउडका एकले अर्कालाई बनाएको जोडी भन्ने गरेका छन् ।
दुबैको माया, सर्मपण र समझदारीको मानिसहरु प्रशंसा गरिरहेका छन् । तपाइँहरुलाई दुबैको प्रेमबारे थाहा छ या छैन । तपाइँलाई बताइदिउँ ऐश्वर्या र अभिषेक दुबैजना एक दोस्रोका पहिलो रोजाई भने होइन् ।
ऐश्वर्यासँग विहे गर्नुभन्दा अघि अभिषेकको मगनी करिश्मा कपुरसँग भएको थियो । तर मगनी भएपछि र विहे हुनअघि यस्तो केही भयो जसको कारण दुबै अलग भए । अहिलेसम्म पनि यी दुईबीचको ब्रेकअपको भित्री कहानी भने कसैलाई थाहा छैन ।

करिश्मासँग ब्रेकअप भएपछि अभिषेकका लागि जया बच्चनले रानी मुखर्जीलाई रोजेको खबर आयो तर यो खबर पनि केही समयपछि अफबाहमा परिणत भयो ।
अर्का तिर अभिषेककी जीवन साथी बन्नुअघि ऐश्वर्या राय सुपरस्टार सलमान खानकी प्रेमिका थिइन् । कुनै बेला यस्तो थियो, दुबैजनाको मायाको कसमसमेत मानिसहरु खाने गर्थे । तर सलमानको आक्रमक रुपका कारण ऐश्वर्याले सलमानसँगको सम्बन्ध तोडेकी थिइन् ।

सलमानसँग अलग भएकी ऐश्वर्या र अभिषेकबीच ‘ढाई अक्षर प्रेम के’ सेटमा नजर जुधेको थियो । ‘गुरु’ फिल्मको सफलतापछि यी जोडी आज भन्दा सात सालअघि सबै रीतिरिवाज पूरा गरेर तन मन र धनका साथ एक दोस्रोलाई अपनाए । त्यति मात्र होइन एक दोस्रोलाई आफ्नो मायामा सर्मपणका साथ अपनाई यो जोडी अहिले बलिउडमा सबैको आकर्षणको केन्द्र बनेको छ । उनीहरुले यो साबित गरे कि जोडी माथिबाटै बनाएर आएको हुन्छ, जसलाई जो सँग मिल्नुछ, मिलेरै छाड्छ ।
आज दुबैजना एकसाथ हुँदा धेरै खुसी छन् । उनीहरुको खुसीको साथमा उनीहरुलाई चाहने मानिस पनि कम्ता खुसी छैनन् । यी दुबैको जोडी जीवन्त रही टिकिरहोस्, इश्वरसँग यही प्राथना गरौं 

,

0 comments

तपाईको प्रतिक्रिया फेसबूक कमेन्ट गर्नुहोस् अथवा यहाँ Click गर्नुहोस्

धेरै धेरै धन्यबाद छ हजुर लाइ यो पोस्ट पढी दिनु भएकोमा आगामी दिन मा आउदै गर्नु होला हजुर को पनि कथा कबिता मुक्कत छन् भने हामीलाई पठाउन नभुल्नु होला धन्यबाद म सबिता