२८ बर्षपछि जहाज आउँदा बेहुलीझैं स्वागत

२८ बर्षपछि जहाज आउँदा बेहुलीझैं स्वागत
काठमाडौ, वैशाख १४ - नेपाल वायु सेवा निगमले २८ बर्षपछि नयाँ जहाज भित्र्याएको छ । चीनको कनुमिङबाट उडेको निगमको जहाज आज दिउँसो पौने २ बजे त्रिभुवन विमानस्थल ओलिएको हो । जहाज ५८ सिट क्षमताको छ ।नयाँ जहाज आउँदा त्रिभुवन बिमानस्थलमा जहाजलाई पखालेर पूजा गरिएको थियो । पञ्चेबाजा बजाएर जहाजको स्वागत गरिएको थियो ।निगमले जहाजलाई बुधबारबाट नियमित उडानमा प्रयोग गर्ने तयारी गरेको छ । निगमले २०४२ सालमा ९ एन एबीएक्स नामक जहाज खरिद गरेपछि पहिलो पटक नयाँ जहाज पाएको हो ।चीन र निगमबीच ऋण र अनुदान गरी ६ जहाज किन्ने सहमति भएको हो । आज आएको जहाज चीनले अनुदानबापत् दिएको हो । चीनले अर्को १९ सिटे जहाजसमेत अनुदानमा दिने भएको छ ।नयाँ जहाज थपिएपछि आन्तरिक उडानमा निगमको वर्चश्व बढ्ने विश्वास व्यक्त गरिएको छ ।आजको जहाजले नेपाल उड्ययन प्राधिकरणको जाँचपछि मात्रै उडान सञ्चालन अनुमति पाउनेछ ।

0 comments

तपाईको प्रतिक्रिया फेसबूक कमेन्ट गर्नुहोस् अथवा यहाँ Click गर्नुहोस्

धेरै धेरै धन्यबाद छ हजुर लाइ यो पोस्ट पढी दिनु भएकोमा आगामी दिन मा आउदै गर्नु होला हजुर को पनि कथा कबिता मुक्कत छन् भने हामीलाई पठाउन नभुल्नु होला धन्यबाद म सबिता