चार श्रीमती भित्र्याउने सर्वोच्चका श्रीमान
१४ बैशाख, काठमाडौं । सर्वोच्च अदालतका न्यायाधीशका लागि न्यायपरिषदले गरेको सिफारिसको विरोधमा नेपाल बार एशोसिएसनले आइतबार सल्लाहकार एवं बरिष्ठ अधिवक्ताहरुसँग छलफल गर्दैछ । न्यायपरिषदले सिफारिस गरेका आठ न्यायाधीशमध्ये केहीले चारवटी श्रीमती भित्र्याएको, बलात्कारीलाई थुनामुक्त गराएको र केहीले अदालतमा महिला कर्मचारीमाथि हातपात गरेकोसम्म बात लगाइएको छ ।
आइतबार अपरान्ह ४ बजे बार एशोसिएसनको कार्यालयमा सिफारिसमा परेको न्यायाधीशको उछितो काढ्ने गरी हुने छलफलमा मिडियालाई सहभागी नगराइने बारका पदाधिकारीले बताएका छन् । मिडियालाई छलफलमा सहभागी गराउँदा बरिष्ठ अधिवक्ताहरुले खुलेर कुराकानी नगर्ने भएकाले मिडियालाई प्रवेश नगराइने बताइएको छ ।
न्यायपरिषदको बैठकले सर्वोच्च अदालतका न्यायाधीशका लागि वैद्यनाथ उपाध्याय, गोपाल पराजुली, दीपकराज जोशी, गोविन्दकुमार उपाध्याय, ओमप्रकाश मिश्र, चोलेन्द्र समशेर राणा, देवेन्द्र गोपाल श्रेष्ठ र जगदीश शर्मलाई सिफारिस गरेपछि नेपाल बारले यो निर्णयको चर्को विरोध गर्दै आएको छ । वकिलबाट पनि न्यायाधीश नियुक्त नगरिएकोमा वार असन्तुष्ट बनेको हो । साथै सिफारिसमा परेकामध्ये ६ जना न्यायाधीशहरु असल चरित्रका नभएको बारको आरोप छ ।
चोलेन्द्र र दीपकराजलाई भ्रष्टाचार मुद्दामा कारवाहीको सिफारिस भएको, दीपकराजले लागू औषधका अपराधीलाई छाडेकोे, गोपाल पराजुलीले चारपटक बिहे गरेको आरोप छ । गोविन्द माधव नेपालका दाजु हुनुका साथै उनले महिला कर्मचारीमाथि हातपात गरेको अारोप छ
न्यायपरिषदको निर्णयपछि संसदीय सुनुवाइ विशेष समितिले आठैजना न्यायाधीशको सार्वजनिक सुनुवाइका लागि सूचना निकालिसकेको छ । संसदले न्याय परिषदको निर्णय उल्टाउनुपर्ने पूर्वप्रधान न्यायाधीश मीनबहादुर रायमाझीले सार्वजनिक अभिव्यक्ति दिइसकेका छन् ।
बहुविवाह र महिलामाथि हातपातको आरोप
नेपाल बारका एक पदाधिकारीले दिएको जानकारी अनुसार न्यायपरिषदले सिफारिस गरेकामध्ये वैद्यनाथ उपाध्याय मिश्रबाहेक अन्य ६ जनामाथि प्रश्न उठेको छ ।
चोलेन्द्र र दीपकराजलाई जेपी गुप्ताको भ्रष्टाचार मुद्दामा कारवाहीको सिफारिस भएको, दीपकराजले इलाममा कार्यरत हुँदा लागू औषधका अपराधीलाई छाडेकोे, गोपाल पराजुलीले चारपटक बिहे गरेको र बलात्कारीलाई थुनामुक्त गरेको लगायतका आरोप लगाइएको छ ।
त्यसैगरी गोविन्दकुमार उपाध्याय एमाले नेता माधवकुमार नेपालका दाजु हुनुका साथै उनले दिपायलको मुख्य न्यायाधीश भएका बेला महिला कर्मचारीमाथि हातपात गरेको नेपाल बारका नेताले बताए
0 comments
तपाईको प्रतिक्रिया फेसबूक कमेन्ट गर्नुहोस् अथवा यहाँ Click गर्नुहोस्
धेरै धेरै धन्यबाद छ हजुर लाइ यो पोस्ट पढी दिनु भएकोमा आगामी दिन मा आउदै गर्नु होला हजुर को पनि कथा कबिता मुक्कत छन् भने हामीलाई पठाउन नभुल्नु होला धन्यबाद म सबिता