बलात्कारविरुद्ध महिलाहरुको अभियान शुरु महिला मानवअधिकार रक्षकहरुको सञ्जालले ‘बलात्कारविरुद्ध राष्ट्रिय अभियान’ शुरु गरेको छ ।

मंगलबार , १६ वैशाख २०७१ २:०२ पम
महिला मानवअधिकार रक्षकहरुको सञ्जालले १६ बैशाखदेखि बलात्कारविरुद्धको राष्ट्रिय अभियान शुरु गरेको हो । अयिभानअन्तर्गत बैशाख महीनाभर धर्ना, जेठ लागेपछि आमरण अनशन शुरु गरिने अभियानकी अध्यक्ष रेणु राजभण्डारीले जानकारी दिइन् । अहिले राजधानीको भद्रकालीमा अनिश्चितकालीन धर्ना शुरु भएको छ ।
अभियानअन्तर्गत बलात्कारसम्बन्धी हालको विभेदपूर्ण कानुनमा संशोधन गरी ३५ दिने हदम्यादको खारेज गरेर पीडितले जुनसुकै समय पनि उजुरी दिनसक्ने व्यवस्था तथा द्रुतन्याय प्रणाली (फास्ट ट्रयाक कोर्ट) चाँडो गठन गरी बलात्कारबाट प्रभावितहरुसँग सम्बन्धित सबै घटनाको प्रभावकारी फैसलाको माग गरिएको छ ।
त्यस्तै, बलात्कार सम्बन्धी अनुसन्धान प्रक्रियालाई संवेदनशील र प्रभावकारी बनाउन नेपाल प्रहरीका लागि वैज्ञानिक पद्धतिको निर्देशिका निर्माण तथा द्वन्द्वकालमा भएका सबै यौन हिंसाको अनुसन्धानका लागि निष्पक्ष उच्चस्तरीय राष्ट्रिय समिति गठनलगायत माग गरिएको छ ।

0 comments

तपाईको प्रतिक्रिया फेसबूक कमेन्ट गर्नुहोस् अथवा यहाँ Click गर्नुहोस्

धेरै धेरै धन्यबाद छ हजुर लाइ यो पोस्ट पढी दिनु भएकोमा आगामी दिन मा आउदै गर्नु होला हजुर को पनि कथा कबिता मुक्कत छन् भने हामीलाई पठाउन नभुल्नु होला धन्यबाद म सबिता