नारीका लागि नारी''द्वारा इजरायलमा विशेष साँस्कृतिक साँझको आयोजना
रु १ करोडको परोपकारी अक्षयकोष समुद्घाटन गरिदै
एन आई न्यूज इजरायल
आगामी जुन १३ शुक्रवार वेलुका इजरायलको तेलअभिवमा''राष्ट्रिय सम्वृद्धिका लागी नारी एकता“ भन्ने मुल नारासंगै नारीहरूका समस्या समाधानको लागि नारीहरूकै हातेमालोको महशुस गरी स्थापना गरिएको “नारीका लागी नारी” एक करोड १ रुपैयाँको परोपकारी अक्षय कोष समुद्घाटन तथा वृहत् साँस्कृतीक साँझको आयोजना गरिएको छ ।
इजरायलका लागि नेपाली राजदुत महामहिम प्रल्हाद कुमार प्रसाई ज्यूको प्रमुख आतिथ्यमा सम्पन्न हुन गइरहेको सो कार्यक्रममा ''नारीका लागी नारी'' परोपकारी अक्षयकोषको विधिवत् रूपमा समुद्घाटन तथा इजरायलमा रहेका नेपाली कलाकारहरूको धमाकेदार प्रस्तूती समेत रहनेछ ।
कार्यक्रमलाई व्यवस्थित र मनोरन्जनात्मक वनाउनको लागि इजरायलमा रहेका परोपकारी अक्षय कोषका अभियन्ताहरू लागिपरिरहेका छन् । इजरायलमा रहेका नेपाली कलाकारहरूले गित, नाटक, नृत्य, चुड्किला, कविता, गजल जस्ता मनोरन्जनात्मक कोशेलीहरू पस्किदै कार्यक्रमलाई ऐतिहासिक वनाउनको लागि समयमा नै तयारी गरिसकेको केही कलाकारहरूले जनाएका छन् ।
दिनहुँजसो वाहिर आउने गरेका नारी शोषण दमनका समाचारहरूले हाम्रो समाजलाई धमिल्याईरहेको छ । जहाँ नारीहरू सक्षम हुदैनन् त्यहाँ समाज र राष्ट्रको विकास सम्भव छैन भन्ने कुरालाई मध्यनजर गर्दै देश तथा विदेशमा रहेका सकृय तथा परोपकारी मन भएका नारीहरूद्वारा स्थापना गरिएको “नारीका लागी नारी” नामक गैर नाफामुलक सामाजिक संस्थाले घोषणाको छोटो अवधीमै धेरैको मन जित्न सफल भई विविध सामाजीक कार्यहरूमा हात लम्काईसकेको छ ।
आयोजक कमिटीले, उक्त कार्यक्रममा सहभागिता जनाई नारीहरूले थालेको महान् कदममा साथ दिदै सल्लाह सुझाव एवं प्रतिकृयाहरू दिनुहुन इजरायलमा नेपालीहरूमाँझ रहेका विभिन्न संघसंस्थाका प्रतिनिधीहरू, मिडियाकर्मीहरू लगायत सम्पूर्ण इजरायलवासी नेपाली दाजुभाई तथा दिदिवहिनीहरूलाई हार्दिक अनुरोध तथा निमन्त्रणा (चुले निम्तो ) गरेको छ । सो कार्यक्रम व्यक्तिविशेष कुनै फाईदाको लागि नगरिएको सवैमा अवगत गराउदै सो दिन इजरायलमा रहेका विभिन्न संघसंस्थाहरू, वुद्दिजीवी वर्गहरू तथा व्यक्तिविशेषलाई कुनैपनि कार्यक्रमहरू नराखिदिनुहुन समेत अनुरोध गरिएको छ ।
व्यक्तिगत रूपमा या संस्थागत रूपमा कला प्रस्तूत गरी मनोरन्जन दिलाउन चाहने कलाप्रेमीहरूले मातृभुमी विषेश झल्किने खालका गीत नृत्य, कविता, नाटक तथा साहित्यिक मनोरन्जनात्मक विधाहरूमा तयारी गरी जुन १ तारिखसम्म सम्वन्धित व्यक्तीहरूसंग सम्पर्क गर्न अनुरोध गरिएको छ ।
नोट :- कार्यक्रममा प्रवेश निशुल्क रहेको जनाईएको छ ।
सम्पर्क व्यक्तिहरू
सावी पाठक:-- 0548720254, 0544673404
(0548720252 )viber
काजल घिमिरे : --0587878806
नितु खतिवडा : --0536274207
कार्यक्रम निम्न मिती स्थान र समयमा निर्धारण गरिएको जनाईएको छ ।
मिती :---जुन १३ शुक्रवार २०१४
स्थान : तेलअभिव ,लेवेन्दा
समय :- वेलुका ८ वजेवाट शुरु
0 comments
तपाईको प्रतिक्रिया फेसबूक कमेन्ट गर्नुहोस् अथवा यहाँ Click गर्नुहोस्
धेरै धेरै धन्यबाद छ हजुर लाइ यो पोस्ट पढी दिनु भएकोमा आगामी दिन मा आउदै गर्नु होला हजुर को पनि कथा कबिता मुक्कत छन् भने हामीलाई पठाउन नभुल्नु होला धन्यबाद म सबिता