काठमाडौं । २५५८ औ बुद्ध जयन्ती देशभर बिभिन्न कार्यक्रममको आयोजना गरी मनाइदैछ । नेपालको मध्य पश्चिम क्षेत्र तराइमा अवस्थित लुम्बिनीमा शाक्यवंशीय राजा सुद्दोदन र रानी मायावतीका पुत्रकारुपमा बैशाख शुक्लपूर्णिमाका दिन जन्मिनु भएका राजकुमार शिद्धार्थ बोधगयामा ज्ञान प्राप्त गरेपछि गौतम बुद्धका नामले विश्वमा प्रख्यात हुनु भएको थियो । जन्म, ज्ञानप्राप्ती र महापरिनिर्माण जस्ता तीन वटा महान घटना बैशाख शुक्ल पूर्णीमाकै दिन भएकाले आजको दिनलाई बुद्धको जीवनको अपूर्व संयोगका रुपमा पनि लिइन्छ । एशियाका ज्योतिकारुपमा सुप्रख्यात भगवान गौतम बुद्धले ८० वर्षको उमेरमा काशी नगरमा महापरिनिर्वाण प्राप्त गर्नुभएको थियो । भगवान गौतम बुद्धद्धारा प्रतिपादित धर्म र उपदेशहरु नेपालका साथै भारत चीन श्रीलकां बर्मा, थाइल्याण्ड लाओस, भियतनाम, क्याम्बोडिया, भूटान , जापान, मंगोलिया कोरिया लगायत विश्वका विभिन्न मुलुकहरुमा बुद्ध धर्मको रुपमा विस्तार भएका छन् । २५५८ बुद्ध जयन्तीको उपलक्ष्यमा देशभरका विभिन्न बौद्ध विहार मठ र गुम्बाहरुमा धार्मिक समारोहको आयोजना गरिदैछ । विशेष गरी बौद्ध तीर्थका रुपमा रहेको भगवान बुद्धको जन्मस्थल लुम्बिनीमा आज विश्वका बौद्ध धर्मावलम्बी, भिक्षु भिक्षुणी तथा श्रद्धालु भक्तजनहरुले बुद्ध प्रति श्रद्धा भक्ति भाव प्रकट गर्ने गर्छन । शान्ति भूमि लुम्बिनीमा हुने विशेष कार्यक्रमको प्रधानमन्त्री सुशील कोईरालाले उद्घाटन गर्ने कार्यक्रमको रहेको छ । विहान ६ बजे संघ दानबाट शुरु हुने कार्यक्रम मायादेवी मन्दिर परिसरमा महायानी, बज्रयानी र थेरबादी बौद्ध गुरु तथा भिक्षु लामाहरुको पुजा पाठ हुने छ । हिन्दू धर्म अनुसार बुद्धलाई विष्णु भगवानको नवौं अवतारका रुपमा मानिदै आइएको छ । २५५८ बुद्ध जयन्तीको अवसरमा शुभकामना सन्देश दिदै राष्ट्रपति डाक्टर रामवरण यादवले विविधतायुक्त नेपाली समाजमा गौतम बुद्धको मार्गदर्शनले सम्पूर्ण धर्मावलम्बी, जातजाति भाषाभाषीबीच सहिष्णुताको परम्परा अभिवृद्धि गरी देशमा शान्ति, समृद्धि र सुव्यवस्था कायम गर्न प्रेरित गर्नेछ भन्ने आशा लिएको बताउनु भएको छ ।
२५५८ औ बुद्ध जयन्ती देशभर बिभिन्न कार्यक्रममको आयोजना गरी मनाइदै
0 comments
तपाईको प्रतिक्रिया फेसबूक कमेन्ट गर्नुहोस् अथवा यहाँ Click गर्नुहोस्
धेरै धेरै धन्यबाद छ हजुर लाइ यो पोस्ट पढी दिनु भएकोमा आगामी दिन मा आउदै गर्नु होला हजुर को पनि कथा कबिता मुक्कत छन् भने हामीलाई पठाउन नभुल्नु होला धन्यबाद म सबिता