यस वर्ष पनि कृषि तालिमका लागि नेपाली युवाहरु इजरायलमा पठाइने

यस वर्ष पनि कृषि तालिमका लागि नेपाली युवाहरु इजरायलमा पठाइने



ए वान रिपोर्टर मदनकृष्ण सिलवाल
काठमाडौं १८ वैशाख । साना किसान विकास बैंकले ३ सय ६० युवाहरुलाई कृषि तालिमका लागि इजरायली दुतावासको सहकार्यमा इजरायल पठाउने भएको छ । ती युवाहरुलाई इजरायलका किन्नरेट कलेज, रामाता नेगेभ डेजर्ट एग्रिकल्चरल रिसर्च सेन्टर, आभारा इन्टरनेसनल सेन्टर फर एग्रिकल्चरल टे््रनिङ सेन्टर र स्दोत नेगेभ रिजनल काउन्सिलमा तालिम दिइने जनाएको छ ।
बैंकका अनुसार यस वर्ष झापा, मोरङ, सुनसरी, इलाम, उदयपुर, सप्तरी, सिरहा, मकवानपुर, धादिङ, सुनसरी, मकवानपुर, धादिङ, चितवन, गोर्खालगायत १७ जिल्लाबाट प्रशिक्षार्थीलाई सहभागी गराउने योजना छ ।
‘प्रशिक्षार्थीलाई आउँदो अक्टोबरसम्ममा तालिममा सहभागी गराउनेछौं,’ विज्ञप्तिमा उल्लेख गरिएको छ ।
बुधबार आयोजित पत्रकार सम्मेलनमा नेपालका लागि इजरायली राजदूत हनन गोडरले कृषकलाई लक्षित गरेर साना किसान कृषि प्रशिक्षार्थी कार्यक्रमको आयोजना गरेको बताए ।
‘हामी करीब ६० वर्षदेखि विभिन्न्न कार्यमा सहकार्य गर्दै आएका छौं । त्यसको निरन्तरता कृषि हो’, उनले भने, ‘उद्यमी उत्पादन नगरी मुलुक विकास हुँदैन । थप उद्यमी उत्पादन भएको देख्न चाहन्छौं ।’ उनले कृषि क्षेत्रलाई विकासको इन्जिन बताउँदै कृषकलाई यसतर्फ लाग्न आग्रह गरे ।
कृषि मन्त्रालयका सहसचिव रामप्रसाद पुलामीले इजरायलबाट फर्केर आउने प्रशिक्षार्थीलाई छुट्टै योजना ल्याउन सहयोग गर्ने बताए ।
यस कार्यक्रमअन्तर्गत जिल्लामा सञ्चालित साना किसान कृषि सहकारी संस्थामा आवद्ध परिवारका युवाहरुलाई विभिन्न १०÷११ महिनाको उन्नत कृषि तालिममा पठाइन्छ । गोला प्रथाबाट छनोट भएका प्रत्याशीहरुलाई सम्बन्धित इजरायलको कलेजका प्रतिनिधिले अन्तर्गर्ता लिने बैंकले जनाएको छ।
 

,

0 comments

तपाईको प्रतिक्रिया फेसबूक कमेन्ट गर्नुहोस् अथवा यहाँ Click गर्नुहोस्

धेरै धेरै धन्यबाद छ हजुर लाइ यो पोस्ट पढी दिनु भएकोमा आगामी दिन मा आउदै गर्नु होला हजुर को पनि कथा कबिता मुक्कत छन् भने हामीलाई पठाउन नभुल्नु होला धन्यबाद म सबिता