सूचना____________________सूचना__________________सूचना

सूचना____________________सूचना__________________सूचना

सम्पूर्ण आदरणीय मित्रहरुलाई नमस्ते नेपाल अन्तरास्ट्रिय साझा चौतारीको सुचना !
यही मे १५ तारीक नमस्ते नेपाल अन्तराष्ट्रीय साझा चौतारी स्थापना भएको १ वर्ष पुरा हुदैछ ! यस प्रथम बार्षिकउत्सबको उपलक्ष्यमा विभिन्न कार्यक्रम सगै ‘अनलाइन हाजिरी जवाफ प्रतियोगिता’ को आयोजना गरिएको हुनाले यस प्रतियोगितामा भाग लिन इच्छुक मित्रहरुले मे ७ तारिक भित्र आयोजक सग सम्पर्क गरि नाम टिपाउनु हुन अनुरोध गर्दछौ !
आयोजक :- नमस्ते नेपाल हातेमालो सामाजिक सस्था
स्थान :- नमस्ते नेपाल अन्तराष्ट्रीय साझा चौतारीको कार्यक्रम
कार्यक्रम मिति :- मे ०९,१० र ११ तारिक २०१४
समय :- नेपाली समय बेलुकी ११:४५ (सधैको कार्यक्रम समय)
प्रतियोगिता skype conference call को माध्यमबाट हुनेछ !
प्रतियोगितामा सहभागी भइ उत्कृष्ठ स्थान हासिल गर्नुहुने ४ जनालाई प्रमाण-पत्र सहित नगद पुरस्कारको पनि व्यवस्था गरिएको छ !

प्रथम पुरस्कार :- नगद रु.१०,००० (दश हजार)
द्दितीय पुरस्कार :- नगद रु. ८,००० (आठ हजार)
तृतीय पुरस्कार :- नगद रु. ७,००० (सात हजार )
सान्त्वना पुरस्कार :- नगद रु ५,००० (पाँच हजार )

यदि हजुरहरु यस प्रतियोगितामा भाग लीनको लागि आफ्नो नाम टीपाउन चाहनुहुन्छ या बिस्तृत जानकारी लीन चाहनुहुन्छ भने नमस्ते नेपाल को स्काइप आईडी Namaste.nepal79 मा कल गर्न सक्नुहुन्छ त्यस्तै आयोजक टिमका कोहीपनि प्रतिनिधि साथीहरु या कार्यक्रम संचालक जो कोहि सग सम्पर्क गर्न सक्नुहुनेछ !

यसरि ९ , १० र ११ तारिक हाजिरी जवाफ प्रतियोगिता हुनेछ भने १२ गते देखि १७ गते सम्म बार्षिकोत्सव बिशेष विभिन्न कार्यक्रमको आयोजना हुने जानकारी गराउदछौ !
१२ तारिक - लघु नाटक र त्यसपछि अन्ताक्षरी
१३ तारिक - बुद्द जयन्ति बिसेष (भगवान बुद्द सम्बन्धि लेख, रचना .गीत साथै शुभकामना आदान प्रदान कार्यक्रम)
१४ तारिक - १ वर्ष सम्म भएका गतिबिधि सहितको प्रतिबेदन साथै अनलाइन कार्यक्रमले दोश्रो वर्षमा प्रवेश गरेको उपलक्ष्यमा शुभकामना प्रदान कार्यक्रम
१५ तारिक - लोक दोहोरि (आफ्नो रोजाइको भाकामा)
१६ तारिक - हाजिरी जवाफ प्रतियोगिताको नतिजा प्रकाशन सहित प्रमाणपत्र र पुरस्कार वितरण कार्यक्रम
१७ तारिक - नमस्ते नेपाल परोपकार अक्षय कोषमा संग्लग्न भइ सहयोग गर्नु हुने सहयोगी दाता हरुलाई सम्मान-पत्र प्रदान साथै श्रोतहरु संगको भलाकुसारी
यी सम्पूर्ण कार्यक्रम रेडियो नमस्ते नेपाल बाट लाइभ प्रसारण हुनेछ !
सुन्दै गर्नुहोला रेडियो नमस्ते नेपाल
(नमस्ते नेपाल अन्तरास्ट्रिय साझा चौतारी परिवार )

,

0 comments

तपाईको प्रतिक्रिया फेसबूक कमेन्ट गर्नुहोस् अथवा यहाँ Click गर्नुहोस्

धेरै धेरै धन्यबाद छ हजुर लाइ यो पोस्ट पढी दिनु भएकोमा आगामी दिन मा आउदै गर्नु होला हजुर को पनि कथा कबिता मुक्कत छन् भने हामीलाई पठाउन नभुल्नु होला धन्यबाद म सबिता