सनराइज बैंकले ११ प्रतिशत बोनस र १० प्रतिशत हकप्रद दिने -
काठमाडौं, वैशाख २१ । सनराइज बैंकले गत वर्षको नाफाबाट ११ प्रतिशत बोनस शेयर दिने भएको छ । बैंककोे आइतबार सम्पन्न छैठौ वार्षिक साधारणसभाले शेयरधनीलाई बोनस शेयरपछि १० प्रतिशत हकप्रद शेयर जारी गर्ने प्रस्ताव समेत पारित गरेको छ ।
बैंक २०६९ असारको तुलनामा ७० आषाढमा खुद नाफा १ सय ८० प्रतिशतले बढाएर ३१ करोड १६ लाख रुपैयाँ बराबर पुर्याउन सफल भएकोपनि जानकारी गराइएको छ । अध्यक्ष मोतीलाल दुगडले बैंकको प्रगति विवरण प्रस्तुत गरेका थिए ।
बैंक यस अवधिमा निक्षेप र कुल कर्जा तथा सापट पनि २४–२४ प्रतिशतले बढाउन सफल भएको जनाइएको छ । बैंकले यस अवधिमा खुद व्याज अन्तर ४ दशमलव ६६ प्रतिशतमा सीमित राखेको पनि जनाएको छ । -
0 comments
तपाईको प्रतिक्रिया फेसबूक कमेन्ट गर्नुहोस् अथवा यहाँ Click गर्नुहोस्
धेरै धेरै धन्यबाद छ हजुर लाइ यो पोस्ट पढी दिनु भएकोमा आगामी दिन मा आउदै गर्नु होला हजुर को पनि कथा कबिता मुक्कत छन् भने हामीलाई पठाउन नभुल्नु होला धन्यबाद म सबिता