न्त्रिपरिषद बैठक सम्पन्न ,३९ जना सहसचिवको पदस्थापन र सरुवा गर्ने निर्णय -

काठमाडौं, १९ वैशाख । मन्त्रिपरिषदको आज बसेको वैठकले ३९ जना सहसचिवको पदस्थापन र सरुवा गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरवारमा आज बसेको बैठकले विभिन्न मन्त्रालयमा रहेका सहसचिवहरुको पदस्थापन र सरुवाको निर्णय गरेको हो ।26bfb309696ba93d1463a3673c9c3a57
यसैगरी, बैठकले रक्षा मन्त्रालयमा देवेन्द्र सिटौलालाई कायम मुकायम सचिवको जिम्मेवारी दिने निर्णय पनि गरेको छ । एसियाली विकास बैकले विभिन्न परियोजनाका लागि दिन लागेको ३ अर्ब रुपैयाँ लिन पनि बैठकले स्वीकृति दिएको छ ।
यस्तै, विशिष्ट नागरिकको उपचारमा सहयोग गर्ने निर्णय अन्तर्गत एमाले संसदीय दलका नेता केपी ओलीको उपचारमा लाग्ने सबै खर्च र एअरएम्बुलेन्सको रकम सरकारले ब्यहोर्ने छ ।
त्यस्तै, कांग्रेस नेता गोविन्दराज जोशीको उपचारका लागि पाँच लाख रुपैयाँ उपलब्ध गराउने र एअरएम्बुलेन्समा लागेको खर्च तिरिदिने निर्णय सरकारले गरेको छ । यस्तै, काग्रेसकै अर्का नेता सिद्धराज ओझाको उपचारका लागि पाँच लाख रुपैयाँ उपलब्ध गराउने निर्णय पनि मन्त्रिपरिषद बैठकले गरेको छ ।
-

0 comments

तपाईको प्रतिक्रिया फेसबूक कमेन्ट गर्नुहोस् अथवा यहाँ Click गर्नुहोस्

धेरै धेरै धन्यबाद छ हजुर लाइ यो पोस्ट पढी दिनु भएकोमा आगामी दिन मा आउदै गर्नु होला हजुर को पनि कथा कबिता मुक्कत छन् भने हामीलाई पठाउन नभुल्नु होला धन्यबाद म सबिता