नेपालको मलेशियाविरुद्ध शानदार जीत मलेशियामा जारी एसीसी प्रिमियर लिग क्रिकेटको दोस्रो खेलमा नेपालले शानदार जीत हात पारेको छ ।
शुक्रबार , १९ वैशाख २०७१ २:१८ पम
नेपालले आयोजक मलेशियालाई ५ विकेटले जितेको हो । बायुमास ओभल मैदानमा १९ बैशाखमा मलेशियाले दिएको १५० रनको लक्ष्य नेपालले ७५ बल बाँकी छँदै भेट्टायो ।
नेपाललाई जिताउन मेहबुब आलमको महत्वपूर्ण योगदान रहयो । उनले ५३ रन बनाए । नटआउट रहँदै शरद भेषवाकरले २९ र विनोद भण्डारीले १३ रन जोडे ।
उपकप्तान ज्ञानेन्द्र मल्लले १३, कप्तान पारस खड्काले ११ र नरेश बुढाऐरले ८ रन बनाए । सुवास खकुरेलले भने रन जोड्न सकेनन् ।
लक्ष्य पछ्याउने क्रममा नेपालले गतिलो शुरुवात गर्न नसकेपनि आलमले नेपाललाई जीततर्फ उन्मुख गराएका थिए ।
टस जितेर पहिले ब्याटिङ गरेको आयोजक मलेशिया ४३ ओभरमै १४९ रन बनाएर अलआउट भयो । नेपाली बलर सामु मलेशियाली ब्याट्सम्यान चल्न सकेनन् ।
सोमपाली कामीले ५ विकेट लिए । १० ओभर बलिङ गरेका उनले ३ मेडन राख्दै ४७ रन खर्चिए ।
बसन्त रेग्मीले पनि ९ ओभर खेल्दै २ विकेट लिए । तीन मेडन राखेका उनले २६ रन दिए । सात ओभर बलिङ गरेका कप्तान पारस खड्काले एक विटेक लिए । उनले १२ रन मात्र खर्चिए र एक मेडन राखे ।
मेहबुब आलम र सागर पुनले पनि एक–एक विकेट लिए । आलमले ८ ओभरमा ३१ रन दि एभने सागरले ५ ओभरमा २२ रन खर्चिए ।
पहिलो खेलमा १८ बैशाखमा युएईलाई ४ विकेटले हराएको नेपालले उत्कृष्ट प्रदर्शन गरेको छ । बायुमास ओभल मैदानमा नेपालले जबाफी ब्याटिङ गर्दैछ ।
नेपालले २१ बैशाखमा ओमनसँगै खेल्नेछ ।

0 comments
तपाईको प्रतिक्रिया फेसबूक कमेन्ट गर्नुहोस् अथवा यहाँ Click गर्नुहोस्
धेरै धेरै धन्यबाद छ हजुर लाइ यो पोस्ट पढी दिनु भएकोमा आगामी दिन मा आउदै गर्नु होला हजुर को पनि कथा कबिता मुक्कत छन् भने हामीलाई पठाउन नभुल्नु होला धन्यबाद म सबिता