लमजुङमा राँधीखोला आयोजनाले विद्युत उत्पादन शुरु गर्यो -

लमजुङ, जेष्ठ ४ । लमजुङको घेर्मू गाउँ विकास समितिमा निर्माण गरिएको ४ दशमलब ४ मेगावाट क्षमताको राँधीखोला जलविद्युत आयोजनाले विद्युत उत्पादन शुरु गरेको छ । उत्पादित विद्युत केन्द्रीय प्रशारण लाईनमा जोडिएको छ ।
३३ केभीए क्षमताको आफ्नै सवस्टेशन मार्फत् ५ मेगावाट क्षमताको सिउरी खोलाको थाकनबेसीस्थित सवस्टेशनमा लगेर मिसाईएको हो । पूरा क्षमता ४ दशमलब ४ मेगावाट भएपनि अहिले पानी कम हुँदा २ दशमलव २ मेगावाट मात्रै विद्युत उत्पादन भएको आयोजनाका प्रवन्धक गिरीराज अधिकारीले जानकारी दिए ।
सिउरी खोलाको सवस्टेशनमा जोडिएको ९ दशमबल ४ मेगावाट विद्युत ४ मेगावाट क्षमताको खुदी जलविद्युत आयोजना हुँदै नेपाल विद्युत प्राधीकरणको उदिपुर सवस्टेशनमा जोडिएको छ ।
स्वदेशी लगानीमा बनाइएको आयोजनामा ६३ करोड रुपैयाँ लागेको छ । आयोजनामा स्थानीयको १५, एचटेक कम्पनीको १२, लमजुङ विद्युत विकास कम्पनी लेड्केको ७२ तथा स्याँगे साना जलविद्युत आयोजनाको १ प्रतिशत शेयर रहेको छ ।

0 comments
तपाईको प्रतिक्रिया फेसबूक कमेन्ट गर्नुहोस् अथवा यहाँ Click गर्नुहोस्
धेरै धेरै धन्यबाद छ हजुर लाइ यो पोस्ट पढी दिनु भएकोमा आगामी दिन मा आउदै गर्नु होला हजुर को पनि कथा कबिता मुक्कत छन् भने हामीलाई पठाउन नभुल्नु होला धन्यबाद म सबिता