प्रेमले पुर्यायो पूँजीबजार
प्रेमले पुर्यायो पूँजीबजार
काठमाडौ, जेठ ४
गत फागुन १ गते जन्मदिनको केक काट्न केही घन्टाअघि चितवनका राजेश भण्डारीलाई उनकी प्रेमीकाले शेयर दलालकहाँ पुर्याइन्। भण्डारीसँगै सोमबार पुतलीसडकमा भेटीएकी नुवाकोटकी पवित्रा थपलियाले भनिन्,' उहाँलाई बर्थ डे गिफ्ट नै शेयर किनेर दिए।'सँगै रहेका भण्डारीले थपिहाले,' मैले पनि भ्यालेन्टाइन डेका अवसरमा उनलाई शेयरनै गिफ्ट दिएको थिए।' उनीहरु दुबै जना बालाजुस्थित ग्रामीण आदर्श बहुमुखी क्याम्पसमा स्नातक तहका विद्यार्थी हुन्।
लमजुङका केशर रोकाले दोलखाकी प्रेमिका सुप्रभा खड्काको नाममा गतसाता मात्रै शेयर किनिदिए। त्यसको दुई दिनमै शुप्रभाका चारजना साथी आफ्ना प्रेमीलाई लिएर ब्रोकरकहाँ पुगीहाले। 'सरले कलेजमा पनि शेयर किन्न भन्नुभएको थियो,' शुप्रभाकी साथी राधिका खनालले भनिन्,' उस(शुप्रभा)ले किनेपछि जोश आयो।' राधिकासँगै बसेका चुडामणि ढुंगाना अलि बढी व्यावहारिक कुरा गरे,' हामी विद्यार्थीसँग धेरै पैसा त हुँदैन तर अलिकति भएपनि लगानी गर्दा राम्रै अनुभव हुँदो रहेछ।
विगत २/३ वर्षयता पूँजिबजारमा बाक्लिन थालेको विद्यार्थीको उपस्थितिले बजारलाई आधारभूत रुपमा बलियो हुन त मद्दत गरेको नै छ, यस्ता रमाइला कहानी पनि बनेका छन्। आजको अभियान दैनिकमा खबर छापिएको छ।

0 comments
तपाईको प्रतिक्रिया फेसबूक कमेन्ट गर्नुहोस् अथवा यहाँ Click गर्नुहोस्
धेरै धेरै धन्यबाद छ हजुर लाइ यो पोस्ट पढी दिनु भएकोमा आगामी दिन मा आउदै गर्नु होला हजुर को पनि कथा कबिता मुक्कत छन् भने हामीलाई पठाउन नभुल्नु होला धन्यबाद म सबिता