गजल 5
रून्छु सधैँ सपनीमा,उनैलाई देखेर|
आउँदा उनका यादहरू, मुटु नै छेँडेर||
आउँदा उनका यादहरू, मुटु नै छेँडेर||
छट्पटिदैँ रातीमा,टाँस्दै फोटो छातीमा !
निदाउने बानी पऱ्यो, तस्वीर हेरेर !!
निदाउने बानी पऱ्यो, तस्वीर हेरेर !!
आउँछिन् उनी पलपल, यी आखाँमा झलझल !
मेट्न खोज्छु उनका याद, गजल लेखेर !!
मेट्न खोज्छु उनका याद, गजल लेखेर !!
चुम्बन गर्दै तस्वीरलाई, धिक्कार्दै यो तक्दिरलाई !
झम्टिझम्टि रून्छु तस्वीर,, छातीमा बेरेर !!
झम्टिझम्टि रून्छु तस्वीर,, छातीमा बेरेर !!
खै उनलाई कहाँ लए, आइदियो प्रलय !
मरूँ लाग्छ कैले त, भीरमा हाम् फ्येँकेर !!
मरूँ लाग्छ कैले त, भीरमा हाम् फ्येँकेर !!
सबिता अधिकारी
लमजुङ
0 comments
तपाईको प्रतिक्रिया फेसबूक कमेन्ट गर्नुहोस् अथवा यहाँ Click गर्नुहोस्
धेरै धेरै धन्यबाद छ हजुर लाइ यो पोस्ट पढी दिनु भएकोमा आगामी दिन मा आउदै गर्नु होला हजुर को पनि कथा कबिता मुक्कत छन् भने हामीलाई पठाउन नभुल्नु होला धन्यबाद म सबिता