इजरायलमा ऐतिहासिक अन्तराष्ट्रिय नारी दिवश सम्पन्न

11032693_1592620194317523_123647493_o   March 15, 2015     पछिल्लो समयमा वैदेसिक रोजगारी लगायत विविध शिलशिलामा प्रवासिएका नेपाली दिदीवहिनीहरुमा एकता हुन नसकेका थुप्रै खवरहरु आइरहेकै वेला वैदेशिक रोजगारीकालागि इजरायलमा रहेका नेपाली दिदिवहिनीहरुले प्रवासीएका सम्पूर्ण नेपालीहरुलाई एकताको सन्देश दिदै पहिलोपटक एकतावद्द भई ऐतिहासिक रुपमा १०५ औ अन्तराष्ट्रिय नारी दिवश मनाएका छन् ।
नारीका लागि नारी परोपकारी अक्षयकोष र नेपाली नारी आवाजको संयुक्त आयोजना तथा इजरायलमा रहेका १४ वटा सामाजिक संघसंस्थाहरू सहआयोजनामा १०५ औ अन्तराष्ट्रिय नारी दिवश तथा  मनोचिकित्सक डा. अनुपम पोखरेलसंगको अन्तक्रियात्मक कार्यक्रम सम्पन्न भएको हो ।hhhh
मार्च १३ शुक्रवार इजरायलको तेलअभिवमा सम्पन्न उक्त कार्यक्रममा इजरायलका लागि नेपाली राजदुत महामहिम प्रल्हाद कुमार प्रसाईको प्रमुख आतिथ्यता साथमा राजदुत पत्नी सिता प्रसाई, अष्ट्रेलियाको मेलवर्न Mitcham Private Hospital मा कार्यरत मनोचिकित्सक डा. अनुपम पोखरेलको विशिष्ट आतिथ्यता, नेपाली राजदुतावास इजरायलका काउन्सिलर तथा उपनियोग प्रमुख खड्ग प्रसाद दाहाल साथमा उहाँकी पत्नी लक्ष्मी दाहाल, द्वितिय सचिव रोशन खनाल, इजरायलको हादसा एन्करेनमा कार्यरत डा. श्री कृष्ण काशिछ्वा तथा श्रीमति सविता काशिछ्वा,  इजरायली नागरिक समाजसेवी मिमी सम्यूलको विशेष आतिथ्यता तथा विभिन्न सामाजिक संघसंस्थाका प्रतिनिधीहरू, समाजसेवीहरू, अनलाईन वेस न्यूज मिडियाका पत्रकारहरूको आतिथ्यता रहेको थियो ।
आशनग्रहणको कार्यक्रमसंगै आयोजक तथा सहआयोजक संघसंस्थाका प्रतिनिधीहरूको परिचयात्मक कार्यक्रमलाई गहति प्रदान गरिएको उक्त अन्तराष्ट्रिय नारी दिवश समारोहका प्रमुख अतिथी राजदुत महामहिम प्रसाई र विशिष्ट अतिथी डा. पोखरेलद्वारा कार्यक्रमको व्यानर ओपन गरेर कार्यक्रमको उद्घाटन गरिएको थियो । कार्यक्रमको शुरूवातमा राष्ट्रिय गानद्वारा राष्ट्रको सम्मान तथा १०५ औ अन्तराष्ट्रिय नारी दिवशकै दिन वलात्कारको शिकार हुदै मृत्युवरण गरेकी वाराकी ६ वर्षिया वालिका पुजा शाहको सम्झनामा एक मिनेट मौन धारण गरिएको थियो ।
इजरायलवासी नेपाली दिदिवहिनीहरूले गर्दै आईरहेका गतिविधीहरूप्रती प्रभावित भई इजरायलवासी नेपालीहरूको मानशिक स्वास्थ्य समस्याहरूलाई मध्यनजर गर्दै अष्ट्रेलियादेखि इजरायल आउनुभएका मनोचिकित्सक डा . अनुपम पोखरेलले डिप्रेसन/ मानशिक रोग, आत्तिने,डराउने रोग (Anxiety),चिन्ता, यसको परिचय र आफूले गर्न सकिने उपायहरू,आत्महत्या गर्न सक्ने अवस्थामा पुगेकाहरू तथा गहिरो डिप्रेशनमा परेकाहरूको कुराकानी कसरी थाहा पाउने भन्ने विषयमा जानकारी तथा प्रोजेक्टरद्वारा देखाउदै अभ्यास समेत गराउनुभएको थियो । उक्त अन्तरकृयात्मक कार्यक्रममा उपस्थित सहभागीहरू तथा अन्य मुलुकमा रहेकाहरूले समेत अनलाईन र टेलिफोनमार्फत समस्याहरू राखेका थिए ।
नारीका लागि नारी एक करोड एक रूपैया परोपकारी अक्षयकोषको वार्षिकोत्सव मनाउने क्रममा संस्थाका पदाधिकारीहरूले संस्थाले एक वर्षको अन्तरालमा गरेका सामाजिक गतिविधीहरूप्रति प्रस्टाउदै वार्षिक तथा आर्थिक प्रतिवेदन र भावी कार्य योजनाको विषयहरू प्रस्तुत गरेका थिए । त्यसैगरी नारीका लागि नारी परोपकारी अक्षयकोषद्वारा नेपाली राजदुतावास इजरायल मार्फत सम्माननिय सभामुख समक्ष देशमा वढिरहेका महिला हिंसा तथा वलात्कारका घटनाहरूको विषयलाई केन्द्रित गर्दै सभामुख मार्फत संविधान सभामा बहस, छलफल र निर्णयको लागि इजरायलवासी नेपालीहरूको हस्ताक्षर सहितको ज्ञापनपत्र वुझाईएको थियो । ज्ञापन पत्र वुझ्ने क्रममा महामहिम राजदुत प्रसाईले यथासक्य सम्वन्धित निकायमा उक्त ज्ञापन पत्र पुर्याउने प्रतिवद्दता जाहेर गर्नुभएको थियो ।
703109_1592619947650881_1400198936_oकार्यक्रमलाई संवोधन गर्नुहुदै कार्यक्रमका प्रमुख अतिथी तथा नेपाली राजदुतावास इजरायलका राजदुत महामहिम प्रसाईले यसरी एकतावद्द भएर १०५ औ अन्तराष्ट्रिय नारी दिवश मनाएकोमा खुसी व्यक्त गर्दै डा. पोखरेलसंगको अन्तकृयात्मक कार्यक्रम इजरायलवासी नेपालीहरूको लागि निकै प्रभावकारी भएको वताउनुभयो ।
कार्यक्रममा उपस्थितहरुलाई स्वागत मन्तव्य दिंदै नारीका लागि नारी परोपकारी अक्षयकोषकी संस्थापक सुलोचना दाहालले आयोजक तथा सहआयोजकहरूको तर्फवाट कार्यक्रममा उपस्थित समस्त लाई स्वागत गरेकी थिइन ।
त्यसैगरी नेपाली नारी आवाजकी स्वयंसेविका अम्विका क्षेत्री र सुचित्रा खनियाले शुभकामना मन्तव्य राख्ने क्रममा नेपाली नारी आवाज र नारी दिवशको वारेमा चर्चा गरेका थिए ।
कार्यक्रमलाई थप मनोरन्जनात्मक वनाउने क्रममा ‘’खासै राम्रो नाच्न त जान्दिन म’’ भन्दै मोनिका शर्माको दमदार नृत्य रहेको थियो भने कलाकार समाज इजरायलवाट रानु सुवेदी र नविन खरेलले गितवाट मोहनी लगाउदै सवैलाई नचाएका थिए । देश विदेशमा वस्ने नेपालीहरूको सुविधालाई मध्यनजर गर्दै उक्त कार्यक्रमको रेडियो नमस्ते नेपाल डट कम र रेडियो हिमशिखर डट कमद्वारा प्रत्यक्ष प्रशारण समेत गरिएको थियो । १०५ औ अन्तराष्ट्रिय नारी दिवश मनाउनुको सार्थकतामाथि प्रस्टाउदै उक्त कार्यक्रमको संचालन संचारकर्मी शुभद्रा भण्डारीले गर्नुभएको थियो भने कार्यक्रमको समापन नारीका लागी नारीकी जेष्ठ आजिवन सदस्य हजुरी शाह कंडेलले गर्नुभएको थियो । कार्यक्रम साँझ ९ वजेदेखि राती पौने दुई वजेसम्म चलेको थियो । महिला मैत्री संविधान, प्रभावकारी कार्यन्वयन: शिक्षा स्वाभिमान र एकता महिला हिंसाको निधान भन्ने नारासंगै मनाईएको अन्तराष्ट्रिय नारी दिवश समारोहमा नारी र पुरूष एकसाथ अगाडी वढ्न सकेमात्र राष्ट्र र राष्ट्रियता अनी नेपाल आमाको शिर उचो पार्न सकिन्छ भन्दै दिदिवहिनीको पहलमा साथ दिदै सहआयोजकको रूपमा रहेका सामाजिक संस्थाहरूमा प्रवासी नेपाली नागरिक समाज इजरायल, नमस्ते नेपाल हातेमाले सामाजिक संस्था इजरायल, सोसाईटी अफ हेल्पिङ हट्स इजरायल, किरात याक्थुङ चुम्लुङ नेपाल इजरायल, हिन्दु धर्म संरक्षण अभियान इजरायल, हिन्दु जागरण अभियान इजरायल, अन्तराष्ट्रिय नेपाली कलाकार समाज इजरायल, अनेसास इजरायल, नेवा खल इजरायल , नविन प्रतिभा साँझ इजरायल , नेपाल मगर समाज इजरायल, विश्व नेपाली साहित्य महासंघ इजरायल, चितवन समाज इजरायल, र पर्वत समाज इजरायल, रहेका थिए ।,
-

,

0 comments

तपाईको प्रतिक्रिया फेसबूक कमेन्ट गर्नुहोस् अथवा यहाँ Click गर्नुहोस्

धेरै धेरै धन्यबाद छ हजुर लाइ यो पोस्ट पढी दिनु भएकोमा आगामी दिन मा आउदै गर्नु होला हजुर को पनि कथा कबिता मुक्कत छन् भने हामीलाई पठाउन नभुल्नु होला धन्यबाद म सबिता