दुई पटक बेचिएर फर्किएकी झापाकी एक जना महिलाको पीडा
फागुन । दलाल मार्फत भारतीय बाटो भएर रोजगारको लागि खाडी मुलुक साउदी अरब पुर्याएर बेचिएकी एक महिलाले पीडकलाई कानुनी कारवाही गराउदा पनि आफुले सामाजिक र आर्थिक न्याय पाउन नसकेको गुनासो गरेकी हिमाली पोष्टमा खबर छ । झापा मेचीनगर १० की ति महिलाले दुई बर्ष अघिनै साउदी अरबबाट माइती पक्ष र विभिन्न अधिकारवादी संघ संस्थाको पहलमा लाखौं रुपैयाँ खर्चिएर घर फर्किएपनि व्यवहारिक रुपमा अझै सम्म न्याय नपाएको गुनासो गरेकी हुन् ।
उनले भनिन– मेरो जाहेरीपछि इलाका प्रहरी कार्यलय काकरभिट्टाले उसलाई पक्रियो दुई बर्षलाई जेल पनि गएको छ । तर मैंले त्यतिबेला उसलाई बुझाएको र फर्किदा लागेको साढे तीन लाख रुपैया अझै पाएकी छुइन् ।उनका अनुसार करीब तीन बर्ष अघि गाउकै रामु विष्ट भनिने एक दलालले विभिन्न प्रलोभन देखाएर भारतको बम्बइस्थित एक कोठीमा पुयाएका थिए । त्यहाँबाट ति महिलाले भाग्ने अनेक प्रयत्न गरेपनि दलालको पञ्जाबाट उम्किन सकिनन् । उनकै अगाडी विष्टले बम्बईका केही भारतीय कोठी सञ्चालकहरुसंग पैसा बुझेर छोडेका थिए । मेरै अगाडी उसले पैसा बुझेर लग्यो कति हो त्यो मैले थाहा पाइन । त्यसपछि कोठीमा मलाई के के भयो त्यो म भन्न सक्दिनं – पिडीत महिलाले बोल्दा बोल्दै घाँटी अवरुद्ध भयो । म यस्तो काम गर्दिनं म घर जान्छु भन्दा उसले मेरो कुरा सुनेन पछि मलाई उतै उतै साउदी अरब पुर्याएको रहेछ त्यहाँ पनि मैंले त्यस्तै पीडा खेप्नु पर्यो । मलाई टवाइलेटमा दुई दिन सम्म थुनेर राखे र मलाई सक्ने जति गर्थे – उनले पिडा सुनाइन् । त्यहाँबाट मैले भागेर कसो कसो गरि माइतीलाई फोन गरें पछि कहाँ कहाँबाट पहल गर्नु भयो मैंले त्यो नर्क समानको जिवन काटेर अहिले पुनर्जिवन पाएकी छु – पीडित महिलाले आफ्नो बेदना सुनाइन् ।
धेरैले आफुले भोगेका पीडा घर फर्किएर कसैलाई नसुनाउदाँ अझै धेरै नेपाली महिलाहरु यस किसिमको दलालको फन्दामा पर्ने गरेका बताउँदै आफु भने अरुलाई त्यस्तो नहोस भनेर आवश्यक ठाउँमा आफ्ना पीडाहरु राख्न नहिच्कीचाएको उनी बताउँछिन् । घरमा पति र तीन छोरा भएर पनि कसैले असल बाटो नसमात्दा आफु धेरै कमाएर आफ्नै पौरखमा बाँच्ने अठोट लिएर विदेश जान बाध्य भएको उनको भनाई थियो । उनका पति लागुऔषधको लतमा फसे । छोराहरुलाई पनि असल शिक्षा दिक्षा दिन नसक्दा असल बाटो समात्न सकेनन् । सुकुम्बासी बस्तीमा बस्दै आएकी पिडित महिला भन्छिन – उताबाट जसोतसो फर्किएँ तर त्यस यताका दिन पनि हाँसी खुशी विताउन सकेकी छुइँन । मैले पुनर्जिवन त पाएँ तर सामाजिक र आर्थिक न्याय पाएकी छुइन् ।
ति महिलालाई न्यायका लागि पहल गरिरहेकी शक्ति समुह झापाकी संयोेजक मिरा भट्टराईले पिडीत महिलालाई घर परिवार र समाजले हेयको दृष्टीले हेर्दा पीडा माथि पीडा बोझ भोग्नु परिरहेको बताउँछिन् । बिद्यमान कानुनमा पीडितहरुलाई न्याय दिने सम्बन्धि व्यवस्था अव्यवहारिक र न्यायसंगत नभएको कारण पीडितले झन् पिडीत बन्नु परिरहेको संयोजक भट्टराईको भनाई छ ।
बिष्णु पौडेल
बिष्णु पौडेल
0 comments
तपाईको प्रतिक्रिया फेसबूक कमेन्ट गर्नुहोस् अथवा यहाँ Click गर्नुहोस्
धेरै धेरै धन्यबाद छ हजुर लाइ यो पोस्ट पढी दिनु भएकोमा आगामी दिन मा आउदै गर्नु होला हजुर को पनि कथा कबिता मुक्कत छन् भने हामीलाई पठाउन नभुल्नु होला धन्यबाद म सबिता