(गजल

(गजल)
मेरो घरमा नआउनु है रात परे पछि !
श्रापि त्यो पिऊँ लाग्छ बात परेपछि !
खान त खान्छौं हामी नछुटिने कसम ;
जिउने रहर मरि जान्छ घात परेपछि !
मैन भइ पग्लिन्छ मन तिमी साथ हुँदा ;
बेहोसी मन सम्हालिन् उन्मात परेपछि !
अन्धो हुने रहेछ चोखो पिरती जीवनमा ;
मुटुमा माया नै मायाको खात परेपछि !
तिम्रो न्यानो अधरमा स्वोर्गको प्याला छ ;
विकर्षण नहुने आकर्षित जात परेपछि !
राजकुमारी श्रेष्ठ (क्षितिज पारि )
गोरखा

0 comments

तपाईको प्रतिक्रिया फेसबूक कमेन्ट गर्नुहोस् अथवा यहाँ Click गर्नुहोस्

धेरै धेरै धन्यबाद छ हजुर लाइ यो पोस्ट पढी दिनु भएकोमा आगामी दिन मा आउदै गर्नु होला हजुर को पनि कथा कबिता मुक्कत छन् भने हामीलाई पठाउन नभुल्नु होला धन्यबाद म सबिता