इजरायलमा नेपाली नारीहरू- अनुपम पोख्रेल

इजरायलमा नेपाली नारीहरू- अनुपम पोख्रेल

  • डा. अनुपम पोखरेल अनौपचारिक तथ्याङ्क अनुसार पुगनपुग पा“च हजार नेपालीहरू रहेको इजरायलमा गत वर्ष हेल्प नेपालले दश करोडको अक्षयकोष बनाउने कार्यक्रमका लागि झण्डै ५५ लाख उठाएको थियो । झण्डै ६० हजार नेपाली बसोबास गर्ने अस्ट्रेलियाबाट उठेको एक करोड रकमभन्दा तुलनात्मक रुपमा इजरायलबाट उठेको राशी निश्चय नै ठूलो हो । इजरायलको सन्दर्भमा अर्को एउटा रोचक तथ्य भनेको उक्त पा“च हजार जनसंख्या मध्ये ८० प्रतिशत भन्दा बढी संख्या महिलाहरुको रहेछ । यस अर्थमा पनि नेपाल बाहिर रहेका युवाशक्तिमा इजरायलको नेपाली समुदाय अन्य प्रवासी नेपाली समुदायभन्दा पृथक छ र धेरै हिसावले विशेष पनि । इजरायलमा नेपालीहरू मुख्यतया बुढाबुढीको स्याहार सुसारका लागि जान्छन् । यसकारण कामको प्रकृति निर्माण तथा उद्योगमा जाने अन्य देशभन्दा फरक छ । सरसर्ती हेर्दा घरभित्र बसेर गर्ने यस्तो काम अरब राष्ट्र तथा मलेसियाको काम भन्दा सजिलो देखिन्छ । एक कामदारले एक जनालाई हेरचाह गर्नुपर्ने, त्यही घरमा बस्ने तथा खानाको व्यवस्था रोजगार दाताबाट नै हुने र कमाएको पैसा झण्डै ९० प्रतिशत बच्ने इजरायली रोजगारको विशेषता हो । तर, तुलनात्मक रुपमा यस्तो ‘सजिलो’ काम गर्न पाउने हाम्रा दिदी वहिनीहरुमा विशेषत हालैका वर्षहरूमा मानसिक समस्या बढ्दै गएको र आत्महत्याका घटनासम्म पनि हुन गएको पाइन्छ । बाहिरबाट हेर्दा सजिलो र सुकिलो काम देखिएपनि कतिपय अवस्थामा बिर्सिने या कडा मानसिक रोग लागेको ब्यक्तिसंग २४ घण्टा, सातै दिन, बाह्रै महिना, र त्यो पनि एक पछि अर्को बर्ष बिताउंदा हुने तनाब यस्तो अवस्थामा परेको मानिसलाई राम्ररी थाहा नहुन सक्छ । जागिरको कन्ट्र्याक्टमा हप्तामा दुई दिन छुट्टी लिन मिल्ने लेखिएपनि सट्टामा कामगर्ने मानिस सजिलै नपाउने, कहिले पेलाहा रोजगारदाताको कारणले र कतिपय अवस्थामा ऋणको भार चांडै बिसाउन सातै दिन काम गर्ने धेरै दृष्टान्तहरु दखियो । यस परिप्रेक्षमा इजरायलका अगुवा नेपालीहरुलाई अन्य नेपालीहरुबाट ‘मलाई मर्न मन लाग्यो,’ ‘म राम्रोसंग सोच्नै सक्दिन,’ ‘संधै रुन्छु, काम नै गर्न सक्दिन,’ लगायतका बिभिन्न प्रश्नहरुको क्रम बढ्दै गएको पृष्ठभूमिका बीचमा इजरायलमा रहेका चीर परिचित मित्र रमेश ‘चक्र’ खड्काको संयोजनमा मैले हालै इजरायल जाने मौका पाए“ । अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा नारीका लागि नारी र नारी आवाज जस्ता संस्थाहरूले अन्य १४ स्थानीय नेपाली संस्थाहरूको सहकार्यमा संयुक्त रुपमा आयोजना गरेको समारोहमा एक मानसिक रोग विशेषज्ञको रुपमा अन्तक्र्रिया गर्ने उद्देश्यसहित मेरो इजरायलको भ्रमण तय भएको थियो । नभन्दै थुप्रै नेपाली चेलीहरूलाई व्यक्तिगत रुपले भेटेर उहा“हरुको कथा÷व्यथा सुन्न पाए“ । त्यसैले पनि मेरो इजरायल अनुभव वृहत्तर नेपाली समाजस“ग साट्नु पर्छ जस्तो लागेर केही कुरा ‘सेयर’ गर्ने प्रयास गरेको छु । मानिसको हालको मनोवैज्ञानिक अवस्था उसको बाल्यकालदेखि विकसित भएको सोच्ने र समाजस“ग अन्तक्र्रिया गर्ने तरिका, ऊ भित्रका वंशाणुगत गुणहरू र ऊ वरिपरीको समाजिक अवस्थाले निर्धारण गर्दछ भन्दा अत्युक्ति नहोला । यीनै विभिन्न कारणहरू बीचले उत्पन्न भएका केही मनोवैज्ञानिक अवस्थाहरू विभिन्न मानसिक रोगका रुपमा उत्पन्न हुन सक्दछन् । मैले अनतक्र्रिया गरेका केही चेलीहरूको कथा उहाहरूको अनुमति साथ तर परिचय परिवर्तन गरेर यहा“ प्रस्तुत गरेको छु । (१) उनी १९ वर्षकै उमेरमा इजरायल आइन् । अहिले आठ वर्ष भयो, सुसारे काम गर्न थालेको । चार– पा“च वर्ष ठिकै थियो । उनको जिम्मेवारी आमाको उपचार र भाइहरूको पढाइ थियो । तीन वर्ष अगाडि आमा वित्नु भो । बाबा सानैमा वित्नुभएको थियो । उनी जेठी छोरी, जिम्मेवारी लिदै विदेश हानिइन् । आमा वितेपछि एक पटक नेपाल आइन् । भाइहरूलाई पढाउछु भन्ने संकल्पका साथ पुनः काममा फर्किइन् । उनको दिनचर्या हप्ताको सातै दिन काम गर्नु थियो । उनको ‘रोजगारदाता’ थिइिन् ९२ वर्षीया विर्सिने रोग लागेकी बुढिया । ती बुढियाका सन्तानले उनलाई अह्राइपराई गथ्र्यो । नियमित रुपमा दैनिक दुई घन्टा र हप्तामा दुई दिन छुट्टि पाउने भएता पनि शुरु शुरुमा ओभर टाइम गर्दा बढी पैसा पाउने हुदा उनले सातै दिन, चौविसै घन्टा काम गर्दै गइन् । अब उनलाई थकाई बढी लाग्न थाल्यो । क्रमिक रुपले मन अशान्त हुन थाल्यो । मुटुको धड्कन तेज हुन थाल्यो । निद्रा पातलिदै गयो । राती मर्छुकी भन्ने डर लाग्न थाल्यो । नेपालमा भाइहरूलाई आफ्नो अप्ठ्यारो भनेकी थिइनन् । यता इजरायलमा आफ्नो मनको वह पोख्ने पनि कोही थिएन । आफ्नो भविष्य कहिल्यै पहिले सोचेकी थिइनन् । अहिले आफ्नो भविष्य अन्धकार देख्न थालिन्
  •  (२) उनी ३५ वर्षकी भइन् । सात आठ वर्ष भयो आएको । श्रीमान कुनै काममा पनि टिकेनन् । नेपालमा श्रीमान र दुई बच्चाहरूलाई छोडेर उनी इजरायल आइन् । दुई वर्ष अघि नेपाल जा“दा श्रीमानले सोधे– विदेशमा जोस“ग पनि सम्बन्ध राखे हुन्छ रे, को–को स“ग सुतिस ? श्रीमानले छुन पनि चाहेनन् । तर उनले नै पठाएको पैसाले मोटरसाइकल भने फेरि फेरि चढे । घरको आर्थिक बोझ उनीमै थियो । गह्रौ मन लिएर इजरायल फर्किइन् । पहिले नै आत्तिने स्वभावकी उनी आत्तिने समस्या झन् बढ्यो । थकाइ बढी लाग्न लाग्यो । काममा ध्यान दिन गाह्रो भयो । उनीपनि छुट्टी नलिई सातै दिन काम गर्थिन । काममा गल्ती हुन थाल्यो । झर्किने स्वभाव आयो । त्यसपछि कामबाट निकाल्दिने हुन कि भन्ने डर बढ्यो । भविष्य अन्धकार देख्न थालिन् । मर्ने विचार आउन थाल्यो । तेल अविवमा डाक्टरलाई देखाएको, औषधि दियो । तर नेपालमा भएका साथीहरूले औषधी नखान सल्लाह दिए । मानसिक अवस्था खस्कदो छ । खाली रोएरै दिन वित्दैछ । (३) उमेर ३८ वर्ष । आठ वर्ष अगाडि इजारयल आएको । नेपालमा छोरा छोडेर आएकी थिइन् । श्रीमानले पहिल्यै छोडेका थिए । आमाबाबु र छोरा दुबै थरीलाई खर्च पठाउने जिम्मा उनको थियो । चार वर्षदेखि मन साह्रै उदास हुन थाल्यो । मर्ने विचार पटक पटक आएको थियो । छोरालाई सम्झेर जेनतेन काम गरिरहिन् । उपचार गर्न खोजेको, मालिकले ‘त“ काम गर्न आएको, काम गरिराख’ भन्यो । हाल आएर उनमा साइकोसिस (पागलपन)का लक्षण देखापरी अस्पतालमा भर्ना हुनुपरेको छ । आफ्नो मनको दुःख साट्ने कुनै साथी छैन । माथि बर्णित उदाहरणहरू, र खासगरि शुरुका दुई मैले तीन दिन इजरायलको बसाई क्रममा धेरैको मुखबाट पटक–पटक सुनें । प्रायजसोमा तीन चार वर्षको लगातार सातै दिनको काम पश्चात शरीर र मश्तिष्कले तनाव र दबाब धान्न नसकेको देखियो । कतिपयमा परिवारको लागि ठूलो त्याग गरेर विदेशीएको नारीका पतिहरूले उनीहरुलाई हेय दृष्टिले हेर्नाले उनीहरुमा तनाब झन् बढेको पाइयो । त्यस्तै लामो समयसम्म आफ्ना सन्तानबाट टाढा रह“दा छोराछोरीमा उत्पन्न भएको विभिन्न प्रकारका व्यावहारिक समस्याले आमाहरुमा आत्मग्लानी उत्पन्न भएको पनि पाइयो । लामो समयसम्म घरभित्रै बस्नु र घामको प्रकाश अगाडि नपर्ने अवस्थाले भिटामीन डीको कमी भएको अनुमान पनि गर्न सकिन्थ्यो भने कतिपय थकावटबाट ग्रस्त भएकाहरू थिए । त्यस्तै कसै–कसैले नेपालमा हु“दा मानसिक रोगको उपचार गराएको तर इजरायल गएपछि छोडेकोले रोग बल्झेको पनि पाइयो ।हुनत अन्य देशमा जाने कामदारको हकमा पनि माथि बर्णित विभिन्न समस्याहरू देखापरेका हुन सक्दछन् । तर आमाहरू विदेशिदा बाबु विदेशीएको भन्दा बढी नकारात्मक असर बालबालिकालाई परेको देखिन्छ । हुन त वैदेशिक रोजगारले परिवारमा ल्याएको विखण्डन आजभोलि निकै सुनिन्छ । समग्रमा हाम्रो समाजमा पति विदेशींदा पत्निले पतिलाई विदेशमा अन्य सम्बन्ध गासेको भन्ने आरोप लगाएको तुलनात्मक रुपमा कमै सुनिन्छ । तर पत्नी विदेशींदा पतिको यस्तो प्रकारको आरोपले उसै त पति र परिवारबाट टाढा रहेको मन छिया छिया भएको दुखद दृष्टान्तहरु मैले देखें । इजरायलमा नारीका लागि नारी र नारी आवाज जस्ता संस्थाहरूले विभिन्न सामाजिक तथा मनोवैज्ञानिक अप्ठेरोमा परेका दिदी वहिनीहरूलाई गरेको सहायता अतुलनीय छ । इजारायल स्थित नेपाली दुतावासको भूमिका पनि अत्यन्त सकारात्मक पाइयो । आत्महत्याको सोच आएको व्यक्तितालाई बचाउन कहिलेकाही परालको त्यान्द्रो नै काफि हुन्छ । तर उहांहरूले दिन सक्ने सेवा सीमित छ । अन्तक्र्रियाले चेतना बढाउन सहायता गर्छ । मानसिक समस्या उत्पन्न भएको अवस्थामा मनोपरामर्श या उपचार नै चाहिन्छ । मानसिक समस्याको शुरुको अवस्थामा मनोपरामर्श पनि उपचारको महत्वपूर्ण पाटो हो । भाषा र सस्कृति नबुझेका मनोविज्ञले उचीत परामर्श दिन सक्दैनन् । त्यसैले रेमिट्यान्सले हामीलाई धानीरहेको छ भन्ने नेता, प्रशासक र अर्थविद्हरुले नेपाली कामदार जाने हरेक देशका नेपाली दूतावासमा कम्तिमा एकजना मनोविज्ञलाई नियुक्ती दिनेतर्फ सोच बनाएमा धेरै नै फलदायि हुनसक्ने देखिन्छ । मनोविज्ञलाई दिनुपर्ने तलब तथा सुविधाको खर्च भन्दा एउटा कामदारको आत्महत्या रोकिएर उक्त कामदारको परिवार, समाज र राष्ट्रले पाउने फाइदा निकै बढी हुनेछ भन्ने नीति निर्माताहरुले बुझेमा राम्रो हुने थियो । यसरी नियुक्त मनोविज्ञले उक्त राष्ट््रमा स्वतन्त्ररुपले काम गर्न नपाएको अवस्थामा पनि उक्त राष्ट््रको स्वास्थ्य संरचनासंग मिलेर नेपाली कामदारको स्वास्थ्यमा ठूलो सहायता पुर्याउन सक्ने थिए । यसलाई विदेशीएको लालबुझक्डको दिवास्वप्न नठानी राष्ट्र्ले चाहेमा सम्भव हुनसक्ने र आवश्यक सेवाको रुपमा लिइएमा धेरै कामदारको कल्याण हुने थियो । नेपाली भाषामा मानसिक समस्या र उपचारको बारेमा जानकारी चाहिएमा www.mentalhealthnepal.com मा हेर्नुहोला । (लेखक अस्ट्रेलियाको मेलवर्नमा मानसिक रोग विशेषज्ञ छन् । )

0 comments

तपाईको प्रतिक्रिया फेसबूक कमेन्ट गर्नुहोस् अथवा यहाँ Click गर्नुहोस्

धेरै धेरै धन्यबाद छ हजुर लाइ यो पोस्ट पढी दिनु भएकोमा आगामी दिन मा आउदै गर्नु होला हजुर को पनि कथा कबिता मुक्कत छन् भने हामीलाई पठाउन नभुल्नु होला धन्यबाद म सबिता