रामहरी सुवेदी साईबर सुरक्षामा पिएचडी गर्ने पहिलो नेपाली

चितवनका रामहरी सुवेदी साईबर सुरक्षामा पिएचडी गर्ने पहिलो नेपाली

साउन १३
नेपाली इञ्जिनियर रामहरि सुबेदीले नेपालको साईबर सुरक्षामा अमेरिकाको विश्व विद्यालयबाट विद्यावारिधि प्राप्त गरेका छन् । चितवन गुञ्जनगर घर भएका सुवेदीले अमेरिका स्थित नर्थसेन्ट्रल युनिभसिर्टी फेनिक्स एरिजोना अमेरिकाबाट सुवेदीले सुबेदीले विद्यावारिधि गरेका हुन् । साईबर सुरक्षा विषयमा विद्यावारिधि गर्ने सुवेदी पहिलो नेपाली हुन । मानव विकासका लागि कम्प्युटर अहिलेको समयमा एक अभिन्न अंग भइसकेको भएता पनि कतिपय अवस्थामा प्रयोगकर्ताबीच असमझदारी तथा ज्ञानको कमिका कारण अनलाइन तथा इन्टरनेटमा सूचनाको सुरक्षा संबेदनशील भैसकेकाले आफूले यस विÈयमा अनुसन्धान गरेको डा. रामही सुवेदीले बताए । बढ्दो साइबर अपराध, यसबाट हुन सक्ने हानी तथा नोक्सानी नेपाल प्रहरीका लागि चुनौती सावित भएको डा. सुवेदीको ठम्याई छ । कसैलाई साइबर अपराध अन्तर्गत कारवाही अगाडी बढाईए पनि कानूनको अभावमा उसले सहजै उन्मुक्ति पाउने ब्यवस्था रहेको पनि सुवेदीले बताए । नेपालमा रहदा सामाजिक काममा सक्रिय सुवेदी दुईदशक अघि अध्ययनका लागि अमेरिका गएका थिए । सन् १९९३ मा अमेरिका गएका हुन । उनले नेपाललाई मुख्य केन्द्र बनाएर अनुसन्धान गरेका थिए ।
1507123611698885_10153454889066000_5652267241053115750_o
अमेरिका म्यारिल्याण्डको भूगर्भ प्रक्षेपण केन्द्र र नासामा बिगत ७ बर्ष देखि कम्प्युटर सुरक्षा बिभागमा सिष्टम इन्जिनियरको रुपमा कार्यरत थिए । अनलाईन मिडिया डिसीनेपाल डटकमका संञ्चालक समेत रहनुभएका रामहरि सुबेदी अनुसन्धानमुलक तथ्यका आधारमा साईबर सुरक्षामा पिएचडी गर्ने पहिलो व्यक्ति हुन् । मानव विकासका लागि कम्प्युटर अहिलेको समयमा एक अभिन्न अंग भइसकेको भएता पनि कतिपय अवस्थामा प्रयोगकर्ताबिच असमझदारी तथा ज्ञानको कमिका कारण्ँ अनलाइन तथा इन्टरनेटमा सुचनाको सुरक्षा संबेदनसिल भैसकेकाले आफुले यस विषयमा अनुसन्धान गरेको जानकारी डा. सुवेदीले दिए । साइबर अपराधलार्ई प्रभावकारी बनाउन विद्युतीय कारोबार ऐन तत्कालै संशोधन गर्नुपर्ने आवश्यकता रहेको डा. सुवेदीको अनुसन्धानले देखाएको छ

0 comments

तपाईको प्रतिक्रिया फेसबूक कमेन्ट गर्नुहोस् अथवा यहाँ Click गर्नुहोस्

धेरै धेरै धन्यबाद छ हजुर लाइ यो पोस्ट पढी दिनु भएकोमा आगामी दिन मा आउदै गर्नु होला हजुर को पनि कथा कबिता मुक्कत छन् भने हामीलाई पठाउन नभुल्नु होला धन्यबाद म सबिता