नेपाली चेलीको यो उच्च भावनालाई अनि नेपालको शिर उच्च राख्न सफल भएकोमा बधाई छ ।

सबिता उप्रेती अन्तराष्ट्रिय सम्मानबाट सम्मानित हुनु भएको छ नेपाली चेली अन्तरराष्ट्रिय सम्मानबाट सम्मानित
काठमान्डौ – इन्टरनेशनल सरकल फर फिजिकल्ली एन्ड मेन्टल च्यालेन्ज स्टुडेन्ट्स क्वालिटी साइकल (ICPMCSQC)- मरिसियस देशबाट नेपालको बिशेष स्कुल तथा पुनर्स्थापना केन्द्र (SSDRC) को संचालिका युवा सामाजिक अभियान्ता सबिता उप्रेती अन्तराष्ट्रिय सम्मानबाट सम्मानित हुनु भएको छ ।

ICPMCSQC को दशौ बर्षमा प्रवेश गरेको अवसरमा बिभिन्न राष्ट्रको ब्यक्त्तित्वहरुलाई सम्मान गर्ने क्रममा मे २५ देखी २९ सम्म मरिसियसमा भएको सम्मान कार्यक्रममा नेपालमा बिशेष बालबालिकाहरुको क्षेत्रमा अहम भूमिका निर्वाह गरेको भनी विगत लामो समय देखी अटिजम बालबालिकाहरुको सेवामा आफुलाई समर्पित गर्दै आउनु भएकी नेपाली चेली युवा सामाजिक अभियान्ता सबिता उप्रेतीलाई नेपालको तर्फबाट सम्मानित घोषित गरी उक्त्त सम्मान ग्रहण गर्न मरिसियस बोलाएको थियो । तर देशमा गएको आमविनाशकारी भुकम्पको कारणले गर्दा देश रोइरहेको बेला वहा सम्मान लिन मरिसियसमा उपस्थित हुन् असमर्थ हुनुभयो । वहा अगाडी भन्नुहुन्छ “ भुकम्पको कारणले गर्दा देश तहसनहस भएर रोइरहेको बेला म खुशी भएर सम्मान लिन आउन सक्दिन । म नेपालको बिभिन्न ठाउमा नेपालीहरुको दु:खमा मलम लगाउनको लागि राहत बितरण गर्न दिन रात खटिरहेको छु । त्यसैले सो सम्मान कुरियर मार्फत नेपाल पठाइदिनु भएमा SSDRC को मेरा बिशेष बालाबालिकहरुबाटको हातबाट सहर्ष ग्रहण गर्ने छु भन्ने आग्रह पछि सोही अनुरुप केही दिन अगाडि मात्र उक्त्त सम्मानपत्र कुरियर मार्फत नेपाल आईपुग्यो
सो सम्मानपत्र SSDRC को बालबालिकाहरु र अभिभावकहरु बिच तीज बिशेष अनौपचारिक दर कार्यकक्रममा SSDRC को बालबालिकाहरुको हातबाट उप्रेतिले उक्त्त सम्मान ग्रहण गर्नु भएको छ । सलाम छ नेपाली चेलीको यो उच्च भावनालाई अनि नेपालको शिर उच्च राख्न सफल भएकोमा बधाई छ ।

, , , , , ,

0 comments

तपाईको प्रतिक्रिया फेसबूक कमेन्ट गर्नुहोस् अथवा यहाँ Click गर्नुहोस्

धेरै धेरै धन्यबाद छ हजुर लाइ यो पोस्ट पढी दिनु भएकोमा आगामी दिन मा आउदै गर्नु होला हजुर को पनि कथा कबिता मुक्कत छन् भने हामीलाई पठाउन नभुल्नु होला धन्यबाद म सबिता