सांसदलाई मेरो प्रश्न मेरो कोख बेच्ने अधिकार तिमीलाई कस्ले दियो ??
सांसदलाई मेरो प्रश्न मेरो कोख बेच्ने अधिकार तिमीलाई कस्ले दियो ??
कोख बेची आमाले आफ्नो जिन्दगी गुजार्न्न भन सक्नु हुन्छ ? कोख बेच्ने अधिकार सम्बिधान मा लेख्ने होला भनि के जनता भोट दियको हो? के अझै पनि हामी नारी हाम्रा अङ्ग बेचिने चिज बस्तु हुन ?? समस्त महिलाहरु आफ्नो देश संग आज यही प्रश्न गरिरहेका छन ।आज हामी नेपाल नेपाली मनमा शान्तिको अनुभूति गर्नुको साटो आगो बलेको छ । हामी नारीको निम्ती हाम्रो कोखको अधिकार यहाँहरु तय गर्नु हुन्छ ? के तपाईंहरु आफ्नो हजुरआमालाई, आफ्नो आमा, छोरि श्रीमतीलाई यो अधिकार दिन स्क्नुछ ? के तपाई को नजरमा महिलाको अधिकार घेरा राख्नु के हामी महिला को माग यही अधिकार हो? हामी २,४सब्द लेखन मन लाग्यो यति मुटु जलेको छ | जुन समाजमा आज पनि नारी प्रति गरिने हरेक कार्य बिबेद पूर्ण छ । कोख धर्तीको माटो जस्तो देखुन भयो ?? यस्तो लेखि सबिधान आएमा हामीले जलाउनु पछ नेता जी ! "कोख भाडा" मा भन्ने शब्दले आज हाम्रो मनमा ठुलो चोट परेको छ के नारीको कोख यौबन बैश भाडाका लागि हो| हामी उपभोग का साधन हौ??| हामी नारीले के पुरुष ले जसो भन्छ तेही मात्र गर्नु पर्ने हो ? सांसद ज्युहरु के तपाईहरुकी श्रीमती ले भोली कोख बेच्न तयारी हुँदा के सजिलै दिन सक्नुछ कि ? यस्तो कानुन ल्याउनु ब्भन्दा अगाडी घर मा संस्कार र समाज धानेर बसेकी ति बुढी आमालाई सोध्नु भू ? कि श्रीमतीको कोख बेची बिदेश मा घुम्न ?चिल्लो कार र महल मा जिबन बिताउनुहुन्छ ? नारी अधिकारको निम्ति कानुन यही हो के हामी नेपाली महिला यत्ती नै गरीब छौ कि सिता र भ्रीकुटी जन्माउने कोख अब भाडा मा नलाई कुनै उपाएनै छैन?? नारी हुनुको अर्थ नै सृस्टि गर्नुहो प्रक्रितिको बर्दान हो । संतान जन्माउनु नारिको नैस्र्गिक अधिकार हो । कोख नारीको सम्मान हो ईज्जत हो मान हो प्रतिश्ठा हो । तपाईं नेताहरु ले हामी गरीब नीपाली नारीहरुलाई बांच्न सिकाएको तरिका यही हो ? आज घर गएर सोध्नुहोस त तपाईं कि श्रीमती र छोरी आफ्नो कोख बेच्न राजी छन ? देस चलाऊन संसद मा पुगेका नेता जि अब नेपाली नारी तेती सोझा र लाटा छैनन कि तिमी ले उनिहरुलाई नियम र तरिका पुर्याएर बेचेको सहुन । कोख बेची हिडेको म त के कुनै पनि स्वाभिमानी नेपाली ले सहन सक्दैन । दुख पिडा गरिबि सहै छ तर अस्मिताको किन बेच अह !! के सम्झेर र हाम्रो कोखको मुल्य तोक्नु भो ?? बुद्द का उपदेस का सिताका पवित्रता र भिमसेन र कुवर जन्माउने आमाको कोखको मुल्य कती ?? नेपाली महिला तपाईको कोहि होइन्न के आधरमा कानुन बनानु भयो ?कानुन लेख्ने अधिकार छ भन्दै मा आमा बेच्नु भो आफु जन्मेको कोख बेच्नु भयो ? धिक्कार छ यहाँ जस्ता छोरालाई । आज आफु जन्मे कै कोख बेच्ने ति आमाले आफ्नो कोख को नालायक तिमीलाई कती सरापेकी होलिन । मनमा आज पिडाको सागर छ , चुप बस्न नसकेर र यो पत्र तिमीलाई लेख्दै छु संसद जि । हामी हाम्रो महिला दिदीबहिनी खोख भाडा दिने अधिकार नेता जी को जिम्मेवारी होईन हाम्रो कोख खेतको बियाड होइन । हामी बच्चा उत्पादन गर्ने मिसिन होइनौ । सृस्टि चलाऊने सुत्रधार हौ । यस्तो कानुको आजै निरस्त गर्नु होस यदी तिम्रो बा ले पनि यस्तै कानुन भनाएका भए न तिमी हुन्थ्यौ न तिम्रा संतान । कोख बेचेका पैसा ले आमा युरोपको कुनै जुवा घर वा नाइट कल्ब मा भुल्लीरा खेकी हुन्थिन अनि तिमी यो धर्तिको भार बन्नु अगाडि नै सक्की सकेका हुन्त्यौ ।नेपाल आमा नेपाली छोरि कोख को मोलतोल गरी भ्रष्टाचारको बिस्तार हरुलाई बाच्ने आधार को कानुनन आयोे भने नेपाली छोरिको खबदार |
सबिता अधिकारी
लमजुङ हाल (इजरायल)
लमजुङ हाल (इजरायल)
0 comments
तपाईको प्रतिक्रिया फेसबूक कमेन्ट गर्नुहोस् अथवा यहाँ Click गर्नुहोस्
धेरै धेरै धन्यबाद छ हजुर लाइ यो पोस्ट पढी दिनु भएकोमा आगामी दिन मा आउदै गर्नु होला हजुर को पनि कथा कबिता मुक्कत छन् भने हामीलाई पठाउन नभुल्नु होला धन्यबाद म सबिता