कैलाली घटनाको जिम्मेवारी आन्दोलनको नेतृत्वले लिनुपर्छ -

राम ढुंगाना

ram dhungana
केही महिना पहिला अन्तराष्ट्रिय आतंककारी संगठन आइएसआइले आफ्नो कब्जामा लिएको जोर्डनी पाइलटलाई फलामको पिंजडाभित्र थुनेर बाहिरबाट आगो लगाइ क्रुर तरिकाले हत्या गरेको थियो । त्यो घटनाको विश्वभरबाट निन्दा र भर्त्सना भयो ।
हेर्दै कहाँली र डर लाग्दो त्यो हत्याको भिडियो हेरिसकेपछि मैले मनमनै सोचेको थिए, धन्न हाम्रो नेपाली समाज यो हदसम्म क्रुर छैन । कुनै पनि नेपालीहरुले यस्तो क्रुर र मानवताको धज्जी उडाँउने काम गर्न सक्दैनन् । नेपालीहरु क्रुरताको त्यो अन्तिम सिमाना पार गर्न सक्दैनन् । जुन आइएसआइका आतंककारीहरुले गरे । तर मैले त्यतिबेला सोचेको कुरा केहि महिनापछि नै झुटो साबित भयो ।
हिजो सुदुरपश्चिमको टिकापुरमा भएको बिभत्स घटना, जुन घटनामा नेपाल प्रहरीका बहालवाला एसएसपीदेखि जवानसम्म र दुर्इ बर्षको निर्दोष बालक समेत मारिए । एउटा सच्चा नेपालीले कल्पना सम्म गर्न नसक्ने घटना सुनियोजित ढंगले त्यहाँ घट्यो । जनताहरुकै जनधनको सुरक्षाका लागि खटाइएका सुरक्षाकर्मिलार्इ बिभत्स ढंगले जिउँदै जलाएर मारियो । भाला घोपेर , बन्चरोले काटेर मारियो । सुन्दा र देख्दा त्यो दृश्यले आंङ नै सिरिंङ भयो । दुई बर्षको दुधे बालक जस्ले राम्रो सँग आँखाले संसार हेर्न जानिसकेको छैन, उसलाई फक्रिनै नदिइ कोपिलामै निमोठियो । त्यो मृतक बच्चाको फोटो हेर्दा मन ढडेर खरानी झै भयो ।
२०४६ सालको जन–आन्दोलनमा प्रहरीलाई घिसारी–घिसारी मारियो । माओवादी द्दन्द् हुँदा उनीहरुको निशानामा देशका सुरक्षाकर्मिहरु माओवादीको पहिलो तारो भए । कैयौ सुरक्षाकर्मी मारिए । हिजो फेरि टिकापुरमा थारुहरुको बिसौं हजार भिडले आफ्नै राष्ट्रको सुरक्षाकर्मीको निर्मम हत्या गरे ।
प्रहरीलाई निशाना बनाएर आक्रमण गर्नेहरु लाई प्रश्न, ‘यदि भोलिको दिनमा तिमीहरुको घरमा चोरी भयो, लुटपाट डकैती भयो, बिभिन्न किसिमका झैझगडामा न्याए माग्न प्रहरीकोमा नजाने हो ? अब उप्रान्त प्रहरी प्रशासन तिमीहरुलार्इ नचाँहिने हो ?
जोसुकै हुन्, विभिन्न माग राखि आन्दोलन गरिरहेका सबैको दुश्मन प्रहरी नै हो त ? समस्याहरुको जड प्रहरी नै हुन् त ? देशमा आपतबिपत पर्दा बिभिन्न किसिमका प्रकृतिक प्रकोपमा आफ्नो ज्यानको बाजी लगाएर जनताको उद्दारमा दिनरात खटिने राष्ट्र सेबकहरु नै सबैको दुश्मन किन ?
आखिर प्रहरी पनि विदेशी हैनन् । तपार्इ हाम्रै दाजुभार्इ हुन् । तपाई हामीबिच हाम्रै समाजमा हुर्केर, देशको सेवा गर्दै आफ्नो घर–परिवार पाल्ने गरिब जनताका छोराछोरी हुन् । आफ्नै देशका सुरक्षाकर्मीमाथी जाइलाग्ने ज्युदै आगो लगाउने कार्य गर्ने नामर्दहरु हुन् । कायरहरु हुन् । तिननीहरु लाई मानिसको दर्जा दिन सकिदैन । पशु हुन् तिनिहरु । मानव र मानवता बिरोधी ।
घटनाको सम्पूर्ण जिम्मेवारी त्यो भिडको नेतृत्वकर्ताले लिनु पर्छ । यदी आफ्नो पछाडि लागेको भिड आफूले भनेको मान्दैन, अनियन्त्रित हुन्छ र सम्हाल्न सकिदैन भने किन नेतृत्व गर्ने ? आन्दोलनका नेताले घुसपैठ भएको बताइरहेका छन् । यदी त्यहाँ घुसपैठ भएको थियो र तपार्इहरु लाई त्यो घुसपैठि कसले गर्यो थाहा छ भने नाम दिएर कारबाहिको लागि प्रहरी प्रशासनलाइ सहयोग गर्नुस् । नभए आफ्ने नेतृत्वमा घटाइएको घटना हुँदै नभएको नाम मात्रैको घुसपैठिको टाउकोमा लगेर नखन्याउनुस् । घटनाका सम्पूर्ण दोषिहरु लाई कुनै पनि बहानामा उन्मुक्ति दिनु हुँदैन । तिनीहरुलाई कानुनको दायरामा लेराउनै पर्छ । यदी दोषीहरु लाई कारबाहि गरिएन र यत्तिकै छोडियो भने अन्यत्र पनि यस्तो घटना नदोहरियला भन्न सकिन्न । घटनाले सम्पुर्ण सच्चा देश प्रेमि नेपालीहरुको शिर निहुँरिएको छ । मन रोएको छ । छाति चर्किएको छ । बर्षौदेखि आपसी सद्दभाव कायम राखेर एक–अर्कालाई खाँचो पर्दा सहयोग आदान–प्रदान गर्दै मिलेर बसेको समाजलाई तोड्ने काम भएको छ । यो पक्कै पनि राम्रो र शुभ संकेत हैन । यदि यस्तै प्रकारले हिंसा भड्किदै जाने हो र नेपालीहरु बिभिन्न जातजाति धर्म र समुदायहरुमा बिभाजन हुँदै जाने हो भने नेपाल देश खाडलमा नजाकिएला भन्न सकिन्न ।
हामिले देख्दै र हेर्दै आइरहेका आन्तरिक द्दन्द् ग्रस्त अफ्रिकि मुलुकहरु जस्तै नेपालको नाउँ पनि द्दन्दरत र गृहयुद्द भइरहेको मुलुकहरुको सूचिमा अग्रपंक्तिमा नआउला भन्न सकिने अबस्था रहेन ।
त्यसैले सबैले संयम धर्यता अपनाऊ । समाजमा लागेको डढेलोले एउटा पक्षलाई मात्रै ढडाँउदैन । आगोको राफले सबै पोलिन्छन् । सबै पक्ष मिलेर बस्नुको बिकल्प छैन । कैलालीको टिकापुरमा भएको घटनामा बिरगति प्राप्त गर्ने सम्पूर्ण सुरक्षाकर्मीलाई चिरशान्तिको कामना गर्छु । घाइतेहरुको शिघ्र स्वास्थ्य लाभ र शोकाकुल परिवारजनहरुमा धैर्य धारण गर्ने शक्ति मिलोस् । जय नेपाल
-

, , , , , ,

0 comments

तपाईको प्रतिक्रिया फेसबूक कमेन्ट गर्नुहोस् अथवा यहाँ Click गर्नुहोस्

धेरै धेरै धन्यबाद छ हजुर लाइ यो पोस्ट पढी दिनु भएकोमा आगामी दिन मा आउदै गर्नु होला हजुर को पनि कथा कबिता मुक्कत छन् भने हामीलाई पठाउन नभुल्नु होला धन्यबाद म सबिता