दक्षिण एसियाली उद्यमी महिलाको सम्मेलन काठमाडौंमा
निर्मला ठकुराठी
काठमाडौं, असोज ६ । दक्षिण एसियाली उद्यमी महिलाको तीन दिने सम्मेलन काठमाडौंमा सुरु भएको छ । फेडेरेसन अफ बिजनेस एन्ड प्रोफेसनल ओमेन नेपाल र गरिबी निवारण कोषको संयुक्त आयोजनामा सुरु भएको सम्मेलनमा नेपाल, पाकिस्तान, बङ्गलादेश, भुटान, श्रीलङ्का, म्यानमार र भारतका गरी जम्मा २२ जना उद्यमी महिलाको सहभागिता रहेको फेडेरेसन अफ बिजनेस एन्ड प्रोफेसनल ओमेन नेपालकी सल्लाहकार बिना प्रधानले बताउनुभयो ।
सम्मेलनमा सहभागि महिलाले दक्षिण एसियाली महिलाले गर्ने कामको भूमिका, उनिहरूको भोगाइ, अवस्था, सफलता, चुनौती र आफ्ना अनूभव साटासाट गर्नेछन् ।
फेडेरेसन अफ बिजनेस एन्ड प्रोफेसनल ओमेन नेपाल र गरिबी निवारण कोषको लगानीबाट उद्यम सुरु गरी अहिले राम्रो उद्यमी बनेका नेपालका बिभिन्न जिल्लाका १५ जना उद्यमी महिलाको पनि सहभागिता रहेको सल्लाहकार प्रधानले बताउनुभयो ।
संस्थाले महिलालाई उद्यमशिल बनाउन आवश्यक पर्ने सुरुको लगानी, आवश्यक सिप र स्रोत साधनको सहयोग गरी २५० जना गृहिणी महिलालाई उद्यमी बनाएको सल्लाहकार प्रधानले बताउनुभयो । गृहिणी महिलाको कामको मुल्याङ्कन नभएका कारण सीप र आर्थीक लगानी प्रदान गरी उद्यमीमा रुपान्तरण गर्न संस्थाले बिशेष काम गरिरहेको छ ।
२७ सेप्टेम्बरमा महिला ससक्तिकरण र उद्यमशिलताका बिषयमा अमेरीकामा हुने यू एन सम्मेलनमा पनि यो बिषय उठाउँने सल्लाहकार प्रधानले बताउनुभयो । यो भन्दा अगाडीको सम्मेलन बङ्गलादेशमा भएको थियो । सम्मेलन ७ गते सम्म चल्नेछ ।
प्रकाशित मिति २०७२ असोज ६ गते बुधवार
- f
0 comments
तपाईको प्रतिक्रिया फेसबूक कमेन्ट गर्नुहोस् अथवा यहाँ Click गर्नुहोस्
धेरै धेरै धन्यबाद छ हजुर लाइ यो पोस्ट पढी दिनु भएकोमा आगामी दिन मा आउदै गर्नु होला हजुर को पनि कथा कबिता मुक्कत छन् भने हामीलाई पठाउन नभुल्नु होला धन्यबाद म सबिता