-

भाद्र ४, २०७२- देविका केसी, गायिका गायनमा सक्रिय हुनुभएको कति भयो ? म विगत १३ वर्षदेखि लोक तथा दोहोरी गायनमा सक्रिय छु । यो अवधिमा मैले दर्जनौं लोक-दोहोरी गीत गाइसकेकी छु भने थुप्रै एल्बम पनि सार्वजनिक गरेकी छु । त्यसबाहेक मैले तीज विशेष गीतहरू पनि गाइरहेकी छु । तपाईंले त तीज गायिकाकै छवि बनाउनुभएको रहेछ नि ? मलाई अधिकांश दर्शक तथा श्रोताले तीज गायिका नै भन्नुहुन्छ । मैले पशुपति शर्मादेखि एकनारायण भण्डारीजस्ता लोकपि्रय गायकहरूसँग तीज गीत गाइसकेकी छु । गत वर्षको मेरो तीज गीत 'बुहारीको पोइ' अत्यन्त लोकपि्रय भएको थियो । यसपटकको तीजका लागि के गर्दै हुनुहुन्छ ? यसपटकको मेरो तीज सांगीतिक रूपले विशेष हुने भएको छ । यसपटक मेरा चारवटा तीज एल्बम सार्वजनिक हुँदैछन् । यतिबेला म ती गीतका म्युजिक भिडियोहरू निर्माण गरिरहेकी छु । कस्ता एल्बम तयार पार्दै हुनुहुन्छ ? लोकपि्रय पत्रिका 'साप्ताहिक' को सहकार्यमा पशुपति शर्माको स्वरसहितको एल्बम 'दुनियाँ लडाउने पैसो' तयार पारेकी छु । त्यसबाहेक शरद पाण्डेसँग 'मोबाइल चाहियो', सन्दीप न्यौपानेसँग 'रातो सारी' तथा एकनारायण भण्डारीसँग 'जुँगा उम्रेको' शीर्षकका एल्बम सार्वजनिक हुँदैछ । तीजका गीतमा अश्लीलता भित्रिएको जस्तो लाग्दैन ? म आफूले गाउने गीतमा प्रायः गाउँले तथा ठेट शब्दहरू समावेश गर्छु । गाउँघरतिर दैनिक रूपमा बोलिने त्यस्ता शब्द तथा भाषा सहरमा अश्लील सुनिन सक्छ वा सुनिएको हुनुपर्छ, किनभने मेरा गीत अश्लील भए भन्नेहरू गाउँमा भन्दा सहरमा बढी छन् । म दाबी गर्छु, मैले नेपाली मौलिक कला-संस्कृति झल्कने गीत मात्र गाइरहेकी छु । सांगीतिक कार्यक्रममा कत्तिको सक्रिय हुनुहुन्छ ? स्वदेशका कार्यक्रममा त व्यस्त छु नै, विदेशका कार्यक्रममा पनि सहभागी भैरहेकी छु । अमेरिका, क्यानाडा, जापान, युरोपसहित एसियाका अधिकांश देश पुगेर आफ्ना लोकपि्रय गीत-संगीत प्रस्तुत गरिरहेकी छु । यसपटकको तीजमा पनि म कतार हुँदै क्यानाडा पुग्दैछु ।

, , , , , ,

0 comments

तपाईको प्रतिक्रिया फेसबूक कमेन्ट गर्नुहोस् अथवा यहाँ Click गर्नुहोस्

धेरै धेरै धन्यबाद छ हजुर लाइ यो पोस्ट पढी दिनु भएकोमा आगामी दिन मा आउदै गर्नु होला हजुर को पनि कथा कबिता मुक्कत छन् भने हामीलाई पठाउन नभुल्नु होला धन्यबाद म सबिता