इजरायललाई कर्म भुमि बनाएर साहित्य विधा अन्तर्गत मुक्तक विधामा कलम चलाउदै आउनु भएका मुक्तकिला मनहरु




इजरायललाई कर्म भुमि बनाएर साहित्य विधा अन्तर्गत मुक्तक विधामा कलम चलाउदै आउनु भएका मुक्तकिला मनहरु


" मुक्तकिला मनहरु " ले यहाहरु माझ मुक्तक लिएर आईसकेकाछौ !
सम्पूर्ण साहित्यिक मनहरुले स्विकार गरि सल्लाह र सुझाबको अपेक्षा गर्दछौ !!
मुना सिग्देल
कर्तब्य पुरा गर अधिकारका लागी!!
म सलाम गर्छु तिम्रो बिचारका लागी!!
ज्यानै दिने बाचा गर्दै नगर कहिले
बिस्वास देउ जिउने आधारका लागी
रेखा पन्त
गुमेका मेरा खुशी फर्काइदिने धेरै पाए
लाउदै गुन छर्दै नुन चर्काइदिने धेरै पाए
मक्काइदिए सिंगो शरीर धमिराले जस्तो
निमोठी जरा उखेलेर मर्काइदिने धेरै पाए
Bimala Sharma Dhungana
बन्द भए राजनिजी खेल बन्ने थियो देश
निकाल्न सके स्वदेशमै तेल बन्ने थियो देश
रुदैछीन् आज नेपाल आमा देखेर अशान्ति
गर्न सके आपसमा मेल बन्ने थियो देश
Radha Bhattarai
माया दियौ बिस्वाश गर्यौ के दिउँ तिमीलाई
बेरंग छन मनका भित्ता काँह सजाउँ तिमीलाई
कुनै दिन त्यही विश्वास ओझेलमा पर्यो भने
तिमी आफैं भन ! के भन्दै फकाउँ तिमीलाई !!
आफैंले सुनेका कत्ति कुराहरु झेल हुन सक्छ
आँखाले देखेका दृश्यहरु पनि खेल हुन सक्छ
पक्षमा समय रहँदै कर्तब्य बोध भएन भने
सुन्दर जिन्दगी पश्चातापको भेल हुन सक्छ
कोलाहल र हाहाकारको थलो भयो मेरो देश
छिमेकीको बारी जोत्ने हलो भयो मेरो देश
बैरीहरुको चंगोल बाट कसो गरि छुट्ने होला
फेरी उसकै घर थाम्ने बलो भयो मेरो देश ||
बिश्वास गर्यो जसलाई यहा उल्टै लुटेर जान्छ
तब आफ्नै संग पनि भरोसा उठेर जान्छ
पछुताउनु सिवाय केही हुन्न मान्छे संग यहाँ
थोरै पाउने चाहानामा जब धेरै छुटेर जान्छ
भबानी अधिकारी नेपाल
के के भएन देशमा हडताल चक्काजाम यसरी
प्रक्रिया चलिरहेको छ ग्यासमा लामो लाम यसरी
न बल्छ छ चुलो न चल्छ सवारी भर छैन बिजुली
बिजोग यस्तो अब पर्ला त मुख भित्र माम यसरी
Khatiwada Sanu
राष्ट्रियता भुली देशलाई सिद्याउँन खोज्छन
सिधासादा सरल जिबन बङ्ग्याउँन खोज्छन|
कपुत सन्तान जन्मेपछि कसलाई दोषी भन्नु
सतित्तो आमाको आफ्नै नङग्याउँन खोज्छन||
ठाक ठुक त अवश्य हुन्छ सम्बन्ध जोडियो भने
शंकाले डेरा बनाउछ नै सीमारेखा मोडियो भने
धेरै अधिकार जमाउनु नी राम्रो होइन प्रेममा
मन्त्री कुर्सी त खोसिन्छ यहाँ सपथ तोडियो भने !
Neelam Bhusal
तिमिसंग साथ बिताऊने सपना देख्न छोड्दैछु अचेल
मनको उजाड़ फूलवारीलाई एक्लै एक्लै गोड्दैछु अचेल
मुटु दुख्ने पीड़ा नै रहेछ आखिर!! माया भन्ने चीज पनि
त्यसैले त भड़किएका पाइलाहरु सहि बाटोमा मोड्दैछु अचेल
Subhadr ghimire
रगत जाँचे जस्तै गरि आँशु जाँच्ने भै दिए
त्यो मुटुको चाल संगै पीडा नाप्ने भै दिए
जीवन सार्थक हुन्थ्यो होला यो धर्तीमा जन्मनुको
दाँत माझे जस्तै गरि आत्मा माझ्ने भै दिए
म लाखौ रमितेहरुको भिड्मा छु
हिजो भन्दा आज झनै पिरमा छु!!
अनायसै दुखेर आउछ र्किन होला
बगीरहने खोलाको तिरमा छु!!
आकासमा मडारिएको कालो बादल भएछु
जिन्दगीको पीडा पोख्ने गीत गजल भएछु
नजरभरी फूलफुली छातीभरी सजियौ तिमी,
तिम्रै नयनको सिँगार भर्ने कालो गाजल भएछु !!
Rajani Sharma
धेरै सुनियो मानवअधिकारका कूरा
भाषण मै सिमित ति बेकारका कुरा
गरिवको नाममा डलर खाने ले नै
गर्छन् गरिवका सपना साकारका कुरा
Bhagawati Basnet
नमस्कार सम्पूर्ण मुक्तकिला मनहरुमा,
बर्षौ देखि गोर्खालीले रगत बगाएको उपहार
छिमेकीले देखाई रहेछन् नसोचेको व्यवहार !
कालो बजारी भ्रष्टचारी मौलाउदो छ मेरो देशमा -
दानवहरुको राजमा कसरि पाइन्छ मानव अधिकार !!
Lila Rijal
राम्रा विचार सुन्न पाउन बर्षौं कुर्नु पर्छ क्यार
हावादारी कुरा गरे निदमा घुर्नु पर्छ क्यार !
विचार र विकासको त खडेरी नै परे जस्तो
राम्रो नेता पाउन हाम्लाई साइत जुर्नु पर्छ क्यार!
नाना रोदुङ्
निराशाको बादल फाली
बिस्वाशको दियो बालि
बैरिहरु पराजित गर्न
जुट्न पर्छ मेची काली
Keshu Pokharel Khanal
नारी बिनाको घर, कुवा बिनाको पानी हुन्छ
सुख दुख सबैको आफ्नै कहानी हुन्छ
गिद्दे नजर होइन, सम्मान गर्न सिक
नारी भित्र शृष्टि बचाउने निशानी हुन्छ
पिरतीमा खाइने कसम बाचाबाट डर लाग्छ
धोका हुन्छ झर्छन् आसुँ आखाँबाट डर लाग्छ
सुरुवात हो रमाइलो फुर्क्याएर सिरमा राख्छन
मन भरिन्छ धकेल्दिन्छन छाँगाबाट डर लाग्छ

sabita adhikari (ghimire)
पिडामा सान्ति दिने धुन कता गयो आज
खुसिको भेल आउने जाने खेल रहिछ
सन्देश दिने काग पनि कता गयो आज
मुटु पोल्छ बिदेसिमा को हुन्छ आफ्नो



0 comments

तपाईको प्रतिक्रिया फेसबूक कमेन्ट गर्नुहोस् अथवा यहाँ Click गर्नुहोस्

धेरै धेरै धन्यबाद छ हजुर लाइ यो पोस्ट पढी दिनु भएकोमा आगामी दिन मा आउदै गर्नु होला हजुर को पनि कथा कबिता मुक्कत छन् भने हामीलाई पठाउन नभुल्नु होला धन्यबाद म सबिता