गजल----

थियो राज हाली ,मुहाली कसैको ,
भयो भुल्न गार्हो ,जवानी कसैको /
,
थिए ओठ राता ,नसालू नयन थे ,
दिने मात गाला ,गुलावी कसैको /
,
सिकारी नजर को ,म प्यारो थिएँ खुब ,
र आफू नि बन्थेँ ,सिकारी कसैको /
,
जसै साँझ पर्थ्यो ,म डुल्थेँ बगैँचा ,
थियो मन्द हावा ,सुराकी कसैको /
,
यता आउ भन्थिन ,उता जान खोज्दा ,
सहेको थिएँ खुब, रवाफी कसैको /
,
मिठो नाच नाच्यौँ ,दुबै मस्त मा थ्यौँ ,
अहो नाच्न खप्पिस ,म साथी कसैको /
,
नहोस् दुख्ख सम्झेर ,सेवार्थ खातिर ,
बनेको छु सेवक ,सिपाहीँ कसैको /
,
म प्यारो छु उन्को ,उनैको हुँ राजा ,
गरेँ जिन्दगी भर ,गुलामी कसैको /
(पहिले को गजल मा काफिया दोहोरिएका
ले प्यारो भाई राजा गजलकार "रमेस गोठालो"
को सल्लाह र सुझाव लिएर पुन पोस्ट गरेको छु,
धन्यवाद )
हरि प्र ओली
हाल साउदी अरब 

0 comments

तपाईको प्रतिक्रिया फेसबूक कमेन्ट गर्नुहोस् अथवा यहाँ Click गर्नुहोस्

धेरै धेरै धन्यबाद छ हजुर लाइ यो पोस्ट पढी दिनु भएकोमा आगामी दिन मा आउदै गर्नु होला हजुर को पनि कथा कबिता मुक्कत छन् भने हामीलाई पठाउन नभुल्नु होला धन्यबाद म सबिता