साप्ताहिक सिर्जना "मुक्तकिला मनहरु" इजरायल

 आदरणिय अग्रज साहित्यकारहरु तथा सम्पूर्ण साहित्यनुरागी दाजुभाई, दिदीबहिनी तथा स-हृदयी साथिहरुमा साहित्यिक न्यानो अभिवादन टक्र्याउन चाहन्छु I केहि समय पहिला देखिनै हामीमाझ परिचित वनिसकेको नाम हो साप्ताहिक सिर्जना "मुक्तकिला मनहरु" I
परदेशको परिवन्दित समयलाई थोरै भएपनि छुट्टायएर साथीहरु संग रमाइलो गर्दै जे सकिन्छ साहित्यलाई नै टेवा दिने हेतुले यो ग्रुपको जन्मभएको हो यहाँ आवद्द सर्जक हरु कुनै प्रतिस्पर्धा वा पूर्ण रुपमा जानकार भएर प्रस्तुत हुदैनौ गल्ति कमीकमजोरी हुनसक्छन् अग्रज तथा जानकार हरुको प्रतिक्रिया सल्लाह सुझावको अपेक्षा गर्दछौं धन्यवाद !! मुक्तक हरु यस प्रकार छन्
१.
तिमीले जस्तै उनले पनि देख्ने उस्तै जूनतारा
देख्छु उनि एक्लो तिमी छेउ आफन्त सारा
मनग्गे होलान उनीसंग पनि लस्कर रहरका
रहर भन्दा कर्तब्यले लगाउँछन रे सदैब नारा !!
राधा भट्टराई
२.
तिम्रो जीवनमा फुल्न'नि सकिन
प्रेमिल अतितहरु भुल्न'नि सकिन
कर्म लेखा रहेनछ जीवन सारथि बन्ने
चाहेर नि तिमी साथै डुल्न'नि सकिन ..
राजकुमारी श्रेष्ठ
३.
पशुपतिमा सारै सुहाउने सुनको गजुर
मनको कुरा राख्दैछु उनकै सामु हजुर
के बाध्यता पर्यो तिमीलाई भनिदेउ प्यारा
तिम्रै बन्न सदाको लागि हुन्छु म मन्जुर
सीमा सुवेदी
४.
दिन यसै गईहाल्छ रात ढल्किहाल्छ!
जिन्दगीको एक दिन सक्किहाल्छ!!
एउटा नाम देउ जस्ले जिवीत राखोस
शरिर त के हो आखीर मक्किहाल्छ!!
मुना सिग्देल
५.
लागेन सरकार तिमीलाई लाज अलिकती
लिएर हेर त पाल बस्तीको साँझ अलिकती
नघरको बास दियौ न त न्यानो लुगाफाटा नै
खुशी बाड्न सक्यौ उनीहरु माझ अलिकती?
वसु श्रेष्ठ
६.
ढकमक्क गुराँस फुलेका वन पाखाले मन तान्यो
झिमझिम इशारा गर्ने तिम्रा आँखाले मन तान्यो
भाग्न खोजे तिमीबाट दूर-दूर,गएन तिम्रो याद-
मलाई लोभ्याउन गाएको डेउडा भाकाले मन तान्यो
सुभद्रा घिमिरे
७.
पठाएर यहाँ सुनामी कसैले
पार्यौ मुटु फेरी बिरामी कसैले
तड्पिएर आफै मरे तुल्य बन्दा
गर्न खोज्यो ज्यान लिलामी कसैले
विमला शर्मा ढुंगाना
८.
घुर्क्याउने र रिसाउने आफ्नै मान्छेले हो
गुनासो पनि बिसाउने आफ्नै मान्छेले हो
जीवन साथी भन्दा अरु नाता गहिरो हुँदैन
मायाँ गर्न नजान्दा सिकाउने आफ्नै मान्छेले हो
लक्ष्मी अनुरागी
9.
देशका रखवालाहरू खुद गर्छन् भष्टाचार,
जनताले उठाऊनु परेको छ महँगीको भार ।
सहनुको सीमा हुन्छ,अब उठ्नु पर्छ हामी,
भष्टाचार मास्नलाई जनमास बन्नुछ तयार ।।
स्मृति राई /शान्ति
१०.
घृणाको बदला माया नै उपहार तिमीलाई
सधैँ हाँसी खुशी रहने छ अधिकार तिमीलाई !
मेरो बस्ति उजाड देख्न चाहिरहयौ सधैभरी-
पीडाको बदलामा छैन कुनै प्रहार तिमीलाई !
भगवती बस्नेत
११.
हिमाली पहाडी तराई छ हाम्रो
म मेरो नभन्दा भलाई छ हाम्रो
हटाऔ म भन्नेकु विचार फालौ
नयनको इशारा लगाई छ हाम्रो
रेखा पन्त,गोर्खा, हाल इजरायल
१२.
तीखा बचन नलगाउन यो मन रुन्छ प्रिय
दुश्मनलाई झैँ गर्दा झन बिक्षिप्त हुन्छ प्रिय
धरोधर्म तिमी बाहेक अरु सोच्नै सक्दिन अब
रातदिन मेरो मनले तिमीलाई नै छुन्छ प्रिय
निलम भुसाल
१३.
तिम्रो यादमा रातदिन कति रोएँ होला
आँशुले मुहार रातदिन कति धोएँ होला
बुझ्न चाहेनौं या बुझेनौं मेरो मनको कुरा
बियोगमा तिम्रो तस्बिर कति छोएँ होला
सबिता अधिकार घिमिरे
१४.
तिमले फेर्ने सास भित्र अटेकिछे तिम्री प्रिया
जिवनलाइ डोर्‍याउन डटेकिछे तिम्री प्रिया
म पनि त बिछोडले तिमी जस्तै जल्छु राजा
कर्मशिल छौ र गर्वले खटेकिछे तिम्री प्रिया
- बबिता A
१५.
आज एउटा अमर काहानी लेख्नु छ
भोली सन्तति ले उज्यालो देख्नु छ
लागी पर्छु रहेसम्म श्वास एकै मुठी
आँधीहुरी बाधा अड्चन् सबै छेक्नु छ
सावित्रा लुइँटेल
१६.
मेरो लागि औंसी होइन जून लिएर आउ
कृष्ण झै बाँसुरी मधुर धुन लिएर आउ
खडेरीले सताएको धेरै भयो जिन्दगीमा
आउछौ भने प्रेमील मनसुन लिएर आउ !!
सानू पौडेल
१७.
बुझ मन भित्रको माया देखिदैन बताईनौ भने
साच्चै लाग्दैन पत्यार नजिक आइ सताइनौ भने
नकचरो होईन वास्तविक कुरा खुलेर भन्छु
पछुताउनु पर्ला नि मौकामा माया जताइनौ भने
भबानी अधिकारी नेपाल
१८.
कहिले बगैचामा सुन्दर फुल फुल्छ कहिले उजाड लाग्दो
कहिले खुसी खुसी जीन्दगी त कहिले उदास लाग्दो
अचम्मकै छ यो दुनिया अचम्मको छ कहानी फरक फरक
कहिले प्रिय संग मिलन त कहिले बिछोड अनि उराठ लाग्दो
लिला रिजाल
१९.
हृदयमा नमेट्टिने अनौठो छाप लाउनेलाई
सल्लाई कोरि यो दिलमा राप लाउनेलाई
नगर बकम्फुसे घिनलाग्दो त्यो अहमत्याइँ ,
मान्छे गनिन्दैन स्तर हेरि नाप लाउनेलाई !!
२०.
स्वार्थीलाई आफ्नै भाग प्यारो हुन्छ
कस्तुरीलाई आफ्नै राग प्यारो हुन्छ
चौरासी ब्यन्जनमा पनि नेपालीलाई
आफ्नै माटोको सिस्नु साग प्यारो हुन्छ
केशु पोख्रेल
२१.
काम भन्दा कुरा मात्र ठुला ठुला छाट्छन्
त्यहि कुराले मिल्दो साथी पनि फाट्छन्!
भन्छन् समय ख़राब छ भर कसैको पर्नु हुन्न
सोझा साझा मान्छेलाई त छिन मै ढाट्छन्!!
शान्ता खवास
२२.पुग्छ मलाई ओत लाउन छाना माथि खर भए
महलनै पो किन चाहियो सानो एउटा घर भए
जीवन रुपी यात्रा भरि हात थामि संगै हिड्ने
दुख सुखमा साथ दिने श्रीमानको भर भए
कल्पना पौडेल "जिज्ञाशु "
२३.
आधि रातमा झस्काएर उठाउने सपना यो कस्तो?
पागल झैँ एक्लै धुरुधुरु रुनु पर्ने यतना यो कस्तो!
हरेकपल तिमि मेरो कल्पना मात्र आउछौ किन!!
पल पल तिम्लाई मात्र देख्ने कल्पना यो कस्तो!
निशा क्षेत्रि कटुवाल
२४.
कोहि मुटुभित्र पिडा लिएर हाँस्छन्
कोहि भित्रभित्रै आँसु पिएर हाँस्छन्
अनौठो छ मान्छे भित्रको चेतना पनि
कोहि अरुलाई चोट दिएर हाँस्छन्
रजनी शर्मा
धन्यवाद !!

0 comments

तपाईको प्रतिक्रिया फेसबूक कमेन्ट गर्नुहोस् अथवा यहाँ Click गर्नुहोस्

धेरै धेरै धन्यबाद छ हजुर लाइ यो पोस्ट पढी दिनु भएकोमा आगामी दिन मा आउदै गर्नु होला हजुर को पनि कथा कबिता मुक्कत छन् भने हामीलाई पठाउन नभुल्नु होला धन्यबाद म सबिता