इजरायल पठाइदिने भन्दै रकम असुल्ने राजधानीमा सक्रिय: बिभाग भन्छ कसैलाई पैसा नदिनु! -

१५ चैत, काठमाडौं । केयरगिभरमा इजरायल पठाइदिने भन्दै ठगी गर्ने क्रम बढेको छ । वैदेशिक रोजगार विभागकाअनुसार पछिल्ला समयमा ‘इजनरायल पठाइदिन्छु’ भन्दै ठगी गर्ने धेरै व्यक्ति र संस्था सक्रिय छन् । यस्ता प्रलोभन देखाउने कसैसँग रकमको कारोबार नगर्न वैदेशिक रोजगार विभागले सार्वजनिक आह्वान नै गरेको छ । ‘कसैले पनि चाहाँदैमा इजरायल कामदार पठाउन सक्दैन । इजरायल जानका लागि सरकारी प्रक्रिया पुरा गर्नुपर्छ । त्यसैले कुनै पनि व्यक्ति वा संस्थालाई रकम दिन वा नलिने सूचित गरिन्छ’ विभागले जारी गरेको विज्ञप्तीमा भनिएको छ । वैदेशिक रोजगारीमा राम्रो आम्दानी हुने भएकाले इजरायल पठाउन सेटिङ मिलाउने भन्दै पछिल्लो समयमा युवाहरुलाई ठगिएको छ । विभागले गैरकानुनी रुपमा रकम लिने र दिने व्यक्तिलाई वैदेशिक रोजगारीको अवसरबाट बञ्चित गर्नेसम्मको चेतावनी दिएको छ । कसैले यस्तो कार्य गरेको सूचना भएमा नजिकको प्रहरी कार्यालयमा वा विभागमा जानकारी दिएर सहयोग गर्न अनुरोध गरिएको छ । यसअघि सरकारले इजरायलसँग गरेको समझदारीपछि पहिलो चरणमा इजरायल जानेहरुको प्रक्रिया अन्तिम चरणमा पुगेको छ ।अनलार्इनमा खबर छ। बैशाख भित्रमा ६० जना नेपाली कामदार केयरगिभरका रुपमा इजरायल उड्ने विभागका महानिर्देशक केदार बोगटीले बताए । इजरायल लैजान सरकारी तवरबाट परीक्षाको योग्यताक्रमको आधारमा मात्रै कामदार छनौट गरिएको छ । -

, ,

0 comments

तपाईको प्रतिक्रिया फेसबूक कमेन्ट गर्नुहोस् अथवा यहाँ Click गर्नुहोस्

धेरै धेरै धन्यबाद छ हजुर लाइ यो पोस्ट पढी दिनु भएकोमा आगामी दिन मा आउदै गर्नु होला हजुर को पनि कथा कबिता मुक्कत छन् भने हामीलाई पठाउन नभुल्नु होला धन्यबाद म सबिता